महासंघ, परिसंघ र चेम्बको एउटै स्वरः घरजग्गा कर्जामा लाग्‍ने जोखिमभार घटाउ, ऋण लगानी बढाउ

निजी क्षेत्रका प्रतिनिधिमुलक संगठनले संयुक्त सुझाव पेश गर्दै घरजग्गामा प्रवाह हुने जोखिमभार घटाउन र ऋण लगानी बढाउन आग्रह गरेका छन् । 

367B408218B985F-icon.png
726views
F1CC5CD4B6E8060-fncci,-cni-and-chembar.jpg

काठमाडौं । निजी क्षेत्रका तीन ठूला प्रतिनिधिमूलक संस्थाहरु नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्सले घरजग्गा क्षेत्रमा प्रवाह हुने कर्जालाई खुकुलो बनाउन सुझाव दिएका छन् । 

आगामी वर्षका लागि मौद्रिक नीति ल्याउने गृहकार्य गरिरहेको नेपाल राष्ट्र बैंकलाई निजी क्षेत्रका प्रतिनिधिमुलक संगठनले संयुक्त सुझाव पेश गर्दै घरजग्गामा प्रवाह हुने जोखिमभार घटाउन र ऋण लगानी बढाउन आग्रह गरेका छन् । 

निजी क्षेत्रको संयुक्त सुझावमा भनिएको छ– ‘व्यापारिक प्रयोजनका सवारीसाधन, घरजग्गा र शेयर कर्जामा लाग्दै आएको जोखिम भार १५० प्रतिशतलाई पुनरावलोकन गरी १०० प्रतिशतमात्र कायम गर्नुपर्छ ।’

वैंकहरुबाट घरजग्गा कारोवारको लागि ऋण प्रवाह गर्दा काठमाडौं उपत्यकाभित्र मूल्यांकनको ३० प्रतिशत र काठमाडौं उपत्यकावाहिर ४० प्रतिशत प्रदान गर्ने व्यवस्था छ । यसलाई पनि परिमार्जन गरेर मूल्यांकनको ५० प्रतिशत ऋण प्रवाह गर्न पाउने व्यवस्था गर्न निजी क्षेत्रले सुझाव दिएको छ ।

राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई घरजग्गा कर्जाको जोखिम भार घटाएर १०० प्रतिशत कायम गर्न महासंघ अध्यक्ष चन्द्रसाद ढकालले आग्रह गरे ।

परिसंघका अध्यक्ष राजेश अग्रवालले अर्थव्यवस्थालाई मन्दिबाट बाहिर ल्याउनका लागि राष्ट्र वैंकले दोहोरो प्रकृतिको मौद्रिक नीति लिनुपर्ने सुझाव दिए । उनले भने, ‘ मुल्यबृद्धि नियन्त्रण गर्न संकुचित मौद्रिक नीति आवश्यक छ, वृद्धि तथा रोजगारी सिर्जना गर्न खुकुलो मौद्रिक नीतिको खाँचो छ ।’

जेठमा पनि घट्यो बैंकको ब्याजदर

बढ्न थाल्यो घरजग्गा कर्जा, नौ महिनामा साढे ४१ अर्ब प्रवाह

मालपोत ऐन यथाशीघ्र संशोधन गर्नुपर्ने भन्दै घरजग्गा व्यवसायी महासंघको ९ बुँदे सुझाव

अहिले बजारमा कुन निर्माण सामाग्रीको मूल्य कति छ ?

धुलिखेलमा आमासँगै जिपलाइन गर्न जाँदा ५० प्रतिशत छुट, अफर शुक्रबारसम्म

डिल्लीबजारबाट वर्षमा २३ सय घरजग्गा किनबेच, किन घट्यो कोर सिटीमा कारोबार ?

दक्षिणपूर्वी एशियाका देशले रियल इस्टेटमा फड्को मारिसके, हामीले कहिले ?

काठमाडौंमा रियल इस्टेट सम्मेलन सुरु, लाइसेन्स लिएर मात्र घरजग्गा कारोबार गर्न पाउने व्यवस्था गर्न जोड

82C14FCC692F873-NRB-Press-meet-1024x683.jpg

दर्तावाल रियल इस्टेट कम्पनीहरुले लिने ऋणको जोखिमभार १०० प्रतिशतमा झारियो

20A965574634631-nrb.png

पहिलो आवासीय घर किन्‍नेले दुई करोडसम्म कर्जा पाउने, जोखिमभार पनि पुनरावलोकन हुने

F7483CC03A7FBE5-C872D4EAE692774-55450BF936192D3-ghar-jaga.jpg

बढ्दो तरलता र घट्दो ब्याजले घरजग्गामा कर्जा प्रवाह बढ्दै, जेठमा ५ अर्ब थपियो