महासंघ, परिसंघ र चेम्बको एउटै स्वरः घरजग्गा कर्जामा लाग्‍ने जोखिमभार घटाउ, ऋण लगानी बढाउ

निजी क्षेत्रका प्रतिनिधिमुलक संगठनले संयुक्त सुझाव पेश गर्दै घरजग्गामा प्रवाह हुने जोखिमभार घटाउन र ऋण लगानी बढाउन आग्रह गरेका छन् । 

367B408218B985F-icon.png
1438views
F1CC5CD4B6E8060-fncci,-cni-and-chembar.jpg

काठमाडौं । निजी क्षेत्रका तीन ठूला प्रतिनिधिमूलक संस्थाहरु नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्सले घरजग्गा क्षेत्रमा प्रवाह हुने कर्जालाई खुकुलो बनाउन सुझाव दिएका छन् । 

आगामी वर्षका लागि मौद्रिक नीति ल्याउने गृहकार्य गरिरहेको नेपाल राष्ट्र बैंकलाई निजी क्षेत्रका प्रतिनिधिमुलक संगठनले संयुक्त सुझाव पेश गर्दै घरजग्गामा प्रवाह हुने जोखिमभार घटाउन र ऋण लगानी बढाउन आग्रह गरेका छन् । 

निजी क्षेत्रको संयुक्त सुझावमा भनिएको छ– ‘व्यापारिक प्रयोजनका सवारीसाधन, घरजग्गा र शेयर कर्जामा लाग्दै आएको जोखिम भार १५० प्रतिशतलाई पुनरावलोकन गरी १०० प्रतिशतमात्र कायम गर्नुपर्छ ।’

वैंकहरुबाट घरजग्गा कारोवारको लागि ऋण प्रवाह गर्दा काठमाडौं उपत्यकाभित्र मूल्यांकनको ३० प्रतिशत र काठमाडौं उपत्यकावाहिर ४० प्रतिशत प्रदान गर्ने व्यवस्था छ । यसलाई पनि परिमार्जन गरेर मूल्यांकनको ५० प्रतिशत ऋण प्रवाह गर्न पाउने व्यवस्था गर्न निजी क्षेत्रले सुझाव दिएको छ ।

राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई घरजग्गा कर्जाको जोखिम भार घटाएर १०० प्रतिशत कायम गर्न महासंघ अध्यक्ष चन्द्रसाद ढकालले आग्रह गरे ।

परिसंघका अध्यक्ष राजेश अग्रवालले अर्थव्यवस्थालाई मन्दिबाट बाहिर ल्याउनका लागि राष्ट्र वैंकले दोहोरो प्रकृतिको मौद्रिक नीति लिनुपर्ने सुझाव दिए । उनले भने, ‘ मुल्यबृद्धि नियन्त्रण गर्न संकुचित मौद्रिक नीति आवश्यक छ, वृद्धि तथा रोजगारी सिर्जना गर्न खुकुलो मौद्रिक नीतिको खाँचो छ ।’

ठूला व्यवसायी रियल इस्टेट व्यवसायमा

साढे दुई अर्बको सिमेन्ट निर्यात

हनुमान ढोकास्थित नौ तले दरबार सर्वसाधारणका लागि खुला

भैरहवामा अधिकतम २७ करोड मूल्यांकनको जग्गालाई बैंकले दियो दुई अर्ब २० करोड ऋण !

एसवाई प्यानलको ईपीएस सिट्स बजारमा, घरको इन्सुलेशनका लागि प्रयोग गर्न सकिने

जग्गा वर्गीकरण गर्न स्थानीय तह असफल, १९९ पालिकामा मात्र सम्पन्न, समन्वय गरेर काम गर्न महालेखाको सुझाव

नौ महिनामा घरजग्गा क्षेत्रमा ३२ अर्ब कर्जा प्रवाह

आइएमई ग्रुपको लगानीमा मौलाकालीमा खुल्यो 'इला होटल'

82C14FCC692F873-NRB-Press-meet-1024x683.jpg

दर्तावाल रियल इस्टेट कम्पनीहरुले लिने ऋणको जोखिमभार १०० प्रतिशतमा झारियो

20A965574634631-nrb.png

पहिलो आवासीय घर किन्‍नेले दुई करोडसम्म कर्जा पाउने, जोखिमभार पनि पुनरावलोकन हुने

F7483CC03A7FBE5-C872D4EAE692774-55450BF936192D3-ghar-jaga.jpg

बढ्दो तरलता र घट्दो ब्याजले घरजग्गामा कर्जा प्रवाह बढ्दै, जेठमा ५ अर्ब थपियो