दर्तावाल रियल इस्टेट कम्पनीहरुले लिने ऋणको जोखिमभार १०० प्रतिशतमा झारियो

राष्‍ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले राज्यलाई कर तिर्ने गरी दर्तावाल रियल इस्टेट कम्पनीमार्फत आवासीय घरहरु बनाएर बिक्री गर्ने कम्पनीहरुलाई मात्र कर्जाको जोखिमभार घटाएको बताएका छन्

367B408218B985F-icon.png
917views
82C14FCC692F873-NRB-Press-meet-1024x683.jpg

काठमाडौं । सरकारबाट लाइसेन्स लिएका घरजग्गा कम्पनीहरुमा प्रवाह हुने कर्जाको जोखिम भार १०० प्रतिशत कायम गरिएको छ । 

चालु आर्थिक वर्षको मौद्रिक नीतिले आवासीय घर बनाएर बिक्री गर्ने रजिष्‍टर्ड कम्पनीहरुलाई प्रवाह हुने कर्जामा सहजीकरण गरिदिएको हो ।

अहिले दर्तावाल घरजग्गा कम्पनीहरुमा प्रवाह हुने कर्जाको जोखिमभार पनि १५० प्रतिशत कायम थियो । गत आर्थिक वर्षको मौद्रिक नीतिमार्फत राष्‍ट्र बैंकले घरजग्गा क्षेत्रमा प्रवाह हुने कर्जाको जोखिमभार ७५ प्रतिशतबाट बढाएर १५० प्रतिशत पुर्याएको हो ।

राष्‍ट्र बैंकले चालु मौद्रिक नीतिमा दर्तावाला (रजिष्‍टर्ड) रियलस्टेट कम्पनीहरुमा प्रवाह हुने कर्जाको जोखिमभार घटाएको स्पष्‍ट पारेको छ । तर, अन्य घरजग्गा कारोबारमा प्रवाह हुने कर्जाको जोखिमभारबारे स्पष्‍ट बोलेको छैन । मौद्रिक नीतिमा शेयर, घरजग्गा र हायर पर्चेज कर्जाको जोखिमभार पुनरावलोकन गरिने उल्लेख छ । 

राष्‍ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आवासीय घरहरु बनाएर बिक्री गर्ने दर्तावाला रियल इस्टेट कम्पनीहरुलाई मात्र कर्जाको जोखिमभार घटाएको बताएका छन् ।

सबै खालका घरजग्गा कर्जामा भने यो व्यवस्था लागु नहुने गभर्नर अधिकारीले स्पष्ट पारे।

ठूला व्यवसायी रियल इस्टेट व्यवसायमा

साढे दुई अर्बको सिमेन्ट निर्यात

हनुमान ढोकास्थित नौ तले दरबार सर्वसाधारणका लागि खुला

भैरहवामा अधिकतम २७ करोड मूल्यांकनको जग्गालाई बैंकले दियो दुई अर्ब २० करोड ऋण !

एसवाई प्यानलको ईपीएस सिट्स बजारमा, घरको इन्सुलेशनका लागि प्रयोग गर्न सकिने

जग्गा वर्गीकरण गर्न स्थानीय तह असफल, १९९ पालिकामा मात्र सम्पन्न, समन्वय गरेर काम गर्न महालेखाको सुझाव

नौ महिनामा घरजग्गा क्षेत्रमा ३२ अर्ब कर्जा प्रवाह

आइएमई ग्रुपको लगानीमा मौलाकालीमा खुल्यो 'इला होटल'

35CC17359145C47-1ACA909F34EF8CA-7E5C8BC82213D99-4485248A7232C69-FB89AC35CF6D453-807C2BF20DB9472-CE4D9B49BB8B3BE-A54C5DD579A9A2F-4222943AE6649CA-news cover.jpg

नौ महिनामा घरजग्गा क्षेत्रमा ३२ अर्ब कर्जा प्रवाह

F45DC765FCADAB3-gharjagga-770x515.jpg

वर्ष ०८१ः काठमाडौं उपत्यकाभित्र ४७ हजार घरजग्गा किनबेच, सवा १९ अर्ब राजश्व संकलन

023209817EFD01A-488241378_1066312845525251_7751164630724238884_n.jpg

चालु आर्थिक वर्षमा घरजग्गा क्षेत्रको वृद्धि २.७२% रहने प्रारम्भिक अनुमान, जीडीपीमा ८.२९% योगदान