बढ्दो तरलता र घट्दो ब्याजले घरजग्गामा कर्जा प्रवाह बढ्दै, जेठमा ५ अर्ब थपियो

367B408218B985F-icon.png
1360views
F7483CC03A7FBE5-C872D4EAE692774-55450BF936192D3-ghar-jaga.jpg

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुको घरजग्गा क्षेत्रमा कर्जा प्रवाह बढ्न थालेको छ । चालु आर्थिक वर्षको ११ महिना(साउन जेठ)सम्म घरजग्गा क्षेत्रमा २९ अर्ब ४३ करोड रुपैयाँ कर्जा प्रवाह भएको छ ।

यो कर्जा रकम वैशाखको तुलनामा पाँच अर्बले बढी हो । तर, गत वर्षको यसै अवधिको तुलनामा भने ५२ अर्बले कम हो । कर्जा प्रवाह पुरानै लयमा फर्किन भने अझै समय लाग्‍ने नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको तथ्यांकले देखाउँछ ।

बैंकमा तरलता अभाव हुनुका साथै कर्जाको ब्याजदर बढेपछि कर्जा प्रवाह करिव ठप्पजस्तै भएको थियो । तर, पछिल्लो समय बढ्दो तरलता र घट्दो ब्याजदरका कारण कर्जा प्रवाह बढ्न थालेको हो ।

जेठ महिनामा पछिल्लो ११ महिनाकै सर्वाधिक धेरै ५५ हजारभन्दा बढी घरजग्गा कारोबार भएको थियो । जबकी वैशाखमा ४२ हजार हाराहारी घरजग्गा किनबेच भएका थिए ।

सरकारले पनि घरजग्गा क्षेत्रलाई खुकुलो बनाई चलायमान बनाउने नीति लिएपछि कारोबारमा चमक आउन थालेको हो ।

चालु आवको जेठ मसान्तसम्म प्रवाह भएको कुल कर्जा रकममध्ये ११ अर्ब ५९ करोड रुपैयाँ व्यक्तिगत आवासीय कर्जा रहेको छ भने १७ अर्ब ८४ लाख रुपैयाँ रियल इस्टेट कर्जा रहेको छ ।

रियल इस्टेट शिर्षकमा प्रवाह भएको कर्जा मध्ये रेसिडेन्सियल रियलस्टेट (डेढ करोडसम्मको व्यक्तिगत आवासीय कर्जा बाहेक) २ अर्ब ६९ करोड कर्जा प्रवाह भएको छ ।

यस्तै, कमर्सियल कम्पलेक्स एन्ड रेसिडेन्सियल अपार्टमेन्ट निर्माणमा ७ अर्ब २० करोड, आम्दानी सिर्जना गर्ने कमर्सियल कम्पलेक्समा २ अर्ब २४ करोड र जग्गा खरिद तथा प्लटिङ गर्न ७ अर्ब २४ करोड रुपैयाँ कर्जा प्रवाह भएको देखिन्छ ।

ठूला व्यवसायी रियल इस्टेट व्यवसायमा

साढे दुई अर्बको सिमेन्ट निर्यात

हनुमान ढोकास्थित नौ तले दरबार सर्वसाधारणका लागि खुला

भैरहवामा अधिकतम २७ करोड मूल्यांकनको जग्गालाई बैंकले दियो दुई अर्ब २० करोड ऋण !

एसवाई प्यानलको ईपीएस सिट्स बजारमा, घरको इन्सुलेशनका लागि प्रयोग गर्न सकिने

जग्गा वर्गीकरण गर्न स्थानीय तह असफल, १९९ पालिकामा मात्र सम्पन्न, समन्वय गरेर काम गर्न महालेखाको सुझाव

नौ महिनामा घरजग्गा क्षेत्रमा ३२ अर्ब कर्जा प्रवाह

आइएमई ग्रुपको लगानीमा मौलाकालीमा खुल्यो 'इला होटल'

82C14FCC692F873-NRB-Press-meet-1024x683.jpg

दर्तावाल रियल इस्टेट कम्पनीहरुले लिने ऋणको जोखिमभार १०० प्रतिशतमा झारियो

20A965574634631-nrb.png

पहिलो आवासीय घर किन्‍नेले दुई करोडसम्म कर्जा पाउने, जोखिमभार पनि पुनरावलोकन हुने

F1CC5CD4B6E8060-fncci,-cni-and-chembar.jpg

महासंघ, परिसंघ र चेम्बको एउटै स्वरः घरजग्गा कर्जामा लाग्‍ने जोखिमभार घटाउ, ऋण लगानी बढाउ