के हो ल्यान्ड युनिट कन्भर्टर ? यसले भूमि मापन गर्न कसरी सहयोग गर्छ ?

भूमिलाई मापन गर्ने एकाइहरु देशकै एक क्षेत्र र अर्को क्षेत्रमा भिन्न भिन्न हुन्छन् । नेपालमै पनि तराई र पहाड तथा हिमाली भेगको भूमि मापन एकाई भिन्न भिन्न छन् ।

367B408218B985F-icon.png
1848views
A61E9330A16A749-news cover.jpg

काठमाडौं । भूमिलाई विभिन्‍न एकाईमा मापन वा परिवर्तन गर्नका लागि प्रयोग गरिने उपकरण वा सफ्टवेयर प्रविधिलाई ‘ल्यान्ड युनिट कन्भर्टर’ भनिन्छ । भूमिलाई रोपनी, आना, विघा, धुर, वर्गफिट, वर्गमिटर, एकर, हेक्टर लगायत विभिन्‍न एकाइहरुमा रुपान्तरण गर्ने गरी ल्यान्ड यनिट कनर्भटर डिजाइन गरिएको हुन्छ ।  

भूमिलाई मापन गर्ने एकाइहरु देशकै एक क्षेत्र र अर्को क्षेत्रमा भिन्‍न भिन्‍न हुन्छन् । नेपालमै पनि तराई र पहाड तथा हिमाली भेगको भूमि मापन एकाई भिन्‍न भिन्‍न छन् । यस सफ्टवेयरले भूमि मापनसँग काम गर्न सजिलो बनाउँछ ।

यसको प्रयोगले कुनै पनि घर–जग्गा वा अन्य जुनसुकै भूमिको क्षेत्रफललाई आफुले चाहेको एकाइमा रुपान्तरण गर्न सकिन्छ । नेपालमा भौगोलिक क्षेत्रअनुसार भूमि मापन गर्ने फरक–फरक एकाइहरु प्रचलनमा छन् । सरकारले भूमि मापन एकाइ मापदण्ड पहाडी तथा हिमाली भेगमा एकथरी र तराईमा एकथरी लागू गरेको छ ।  

पहाड तथा हिमाली भेग

१) रोपनी

२) आना

३) पैसा

४) दाम

तराई क्षेत्र

१) विघा

२)कठ्ठा

३) धुर

अन्य एकाइहरु

१) वर्गफिट

२) वर्गमिटर

३) एकर

४) हेक्टर

पहाडी–हिमाली र तराई क्षेत्रमा फरक इकाइको प्रयोग हुने गरेको छ । तराईतिर क्षेत्रफललाई बिघा, कठ्ठा, धुरको आधारमा वर्गीकरण गरिन्छ । यस्तै, पहाडी तथा हिमाली क्षेत्रमा रोपनी, आना, पैसा, दाम भनेर जग्गाको क्षेत्रफलको मापन गरिन्छ । 

एउटै क्षेत्रफललाई यसरी फरक इकाइले मापन गरिदा धेरैलाई वास्तविक क्षेत्रफल कति हो भनेर मेसो पाउन पनि कठिन हुन सक्छ । आफु बसेको क्षेत्रमा चलनचल्तीमा रहेको इकाइमा दिइने विवरण मात्र आममानिसलाई बुझ्‍न सजिलो हुन्छ । 

यी सबै किसिमको कठिनाइहरुलाई सहज, सरल र उपयोगी बनाउनकै लागि नेपालहोम्स डटकमले आफ्नो वेभसाइटमा ‘ल्यान्ड युनिट कन्भर्टर’ राखेको छ । जहाँ हरेक ठाउँको भूमिलाई जुनसुकै इकाइमा परिवर्तन गर्न सकिने व्यवस्था छ । 

उदाहरणका लागि, कुनै जग्गाको क्षेत्रफल रोपनीमा उल्लेख छ भने युनिट कन्भर्टरको सहायताले सो जग्गाको क्षेत्रफललाई बिघा, कठ्ठा, धुर, वर्गफिट, वर्गमिटर लगायत इकाइमा सहजै रुपान्तरण गर्न सकिन्छ ।

कुनै पनि भूमिको क्षेत्रफललाई आफुअनुकुल इकाइमा रुपान्तरण गर्न सक्नु नै यसको ‘युनिक’ विशेषता हो । यसबाट सरल र छिटो ततिरकाले त्रुटिरहित रुपान्तरित नतिजा निकाल्न सकिने हुनाले अन्य जटिल र झन्झटिलो विकल्पबारे सोच्‍न पर्दैन । 

यस युनिट कन्भर्टरमा पहाडी र तराई क्षेत्रमा मापन गरिने इकाइबारे संक्षिप्तमा विवरण पनि दिइएको हुनाले आमप्रयोगकर्तालाई कुनै एउटा ठूलो इकाइलाई स–साना इकाइमा मापन गर्दा कति क्षेत्रफल हुने रहेछ भनेर बुझ्‍न सजिलो छ । 

यस्तै, बायाँतर्फ रहेको कोठाहरुमा कुनै पनि अंक राख्दा सो अंकअनुसारको अन्य इकाइहरुको रुपान्तरित मापन यस उपकरणले देखाउने गर्छ । 

तलको स्क्रिनसट तस्वीरमा रोपनीको ठाउँमा २ भनेर राख्दा २ रोपनी क्षेत्रफल बराबर हुने अन्य इकाइहरुको विवरण यस उपकरणले देखाएको छ । यसको मद्दतले हामीले सजिलै जान्‍न सक्छौं कि २ रोपनी बराबर ३ कठ्ठा र करिव १ धुर हुने रहेछ । यस्तै फिट तथा वर्गमिटरमा हेर्यौ भने २ रोपनी भनेको १०,९५२ फिट र १०१७.४७ वर्गमिटर हुने रहेछ ।

यसरी यस युनिट कन्भर्टरको प्रयोगको सहायताले हामीले सजिलै कुनै पनि क्षेत्रफललाई आफूलाई चाहिएको इकाइमा परिवर्तन गरी आफ्नो काम कारबाहीलाई सजिलो बनाई आफ्नो आवश्यकता पुरा गर्न सक्छौ ।

युनिट कन्भर्टरको प्रयोगको लागि नेपालहोम्स डटकममा गई ‘टुल्स’ भन्‍ने मेनुमा गएर ‘युनिट कन्भर्टर’मा क्लिक गर्न सकिन्छ । 

अथवा, सोझै यो लिंक क्लिक गर्न पनि सकिन्छ । 
 

ठूला व्यवसायी रियल इस्टेट व्यवसायमा

साढे दुई अर्बको सिमेन्ट निर्यात

हनुमान ढोकास्थित नौ तले दरबार सर्वसाधारणका लागि खुला

भैरहवामा अधिकतम २७ करोड मूल्यांकनको जग्गालाई बैंकले दियो दुई अर्ब २० करोड ऋण !

एसवाई प्यानलको ईपीएस सिट्स बजारमा, घरको इन्सुलेशनका लागि प्रयोग गर्न सकिने

जग्गा वर्गीकरण गर्न स्थानीय तह असफल, १९९ पालिकामा मात्र सम्पन्न, समन्वय गरेर काम गर्न महालेखाको सुझाव

नौ महिनामा घरजग्गा क्षेत्रमा ३२ अर्ब कर्जा प्रवाह

आइएमई ग्रुपको लगानीमा मौलाकालीमा खुल्यो 'इला होटल'

D1A87D30557B21E-planing.jpg

जग्गा वर्गीकरण गर्न स्थानीय तह असफल, १९९ पालिकामा मात्र सम्पन्न, समन्वय गरेर काम गर्न महालेखाको सुझाव

35CC17359145C47-1ACA909F34EF8CA-7E5C8BC82213D99-4485248A7232C69-FB89AC35CF6D453-807C2BF20DB9472-CE4D9B49BB8B3BE-A54C5DD579A9A2F-4222943AE6649CA-news cover.jpg

नौ महिनामा घरजग्गा क्षेत्रमा ३२ अर्ब कर्जा प्रवाह

F45DC765FCADAB3-gharjagga-770x515.jpg

वर्ष ०८१ः काठमाडौं उपत्यकाभित्र ४७ हजार घरजग्गा किनबेच, सवा १९ अर्ब राजश्व संकलन