१० करोड लगानीमा बानेश्‍वरमा खुल्यो दीपक दीपाको सिनेमा हल

नयाँ बानेश्वरको एनबी सेन्टरमा पाँचौं र छैटौं रहेको हलमा दीपकराज गिरी, दीपाश्री निरौला र निर्मलराज शर्माको करिव १० करोड भएको छ ।

367B408218B985F-icon.png
3832views
8A9DDA2C0BA8EF5-Hall-final.jpg

काठमाडौं । चरम आर्थिक मन्दीकै बिच चर्चित कलाकारहरुको लगानीमा नयाँ बानेश्‍वरको शंखमुल रोडमा मल्टिप्लेक्स सिनेमा हल सञ्‍चालनमा आएको छ । 

शुक्रबार बरिष्ठ कलाकार हरिवंश आचार्य र नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्दप्रसाद ढकालले संयुक्त रुपमा सिनेमा हल उद्घाटन गरे ।

नयाँ बानेश्वरको एनबी सेन्टरमा पाँचौं र छैटौं रहेको हलमा दीपकराज गिरी, दीपाश्री निरौला र निर्मलराज शर्माको करिव १० करोड भएको छ । हलमा रहेका दुईवटा अडिटोरियममा ३ सय ८७ जना अटाउने बताइएको छ ।

दीपक दिपाकै चर्चित सिनेमा ‘छक्का पञ्‍जा ४’ प्रर्दशन गरी हल औपचारिक रुपमा सञ्‍चालनमा ल्याइएको हो । उदघाटनका दिन आजदेखि हलमा ‘नाङ्गो गाउँ’, ‘एक भगवत र एक गीता’, ‘द नन २’ र ‘जवान’ फिल्म प्रर्दशन गरिएको छ ।

आर्थिक मन्दीकै बिच सिमयमा सिनेमा हलमा लगानी गर्ने हिम्मत गरेको भन्दै महासंघ अध्यक्ष ढकालले लगानीकर्ता कलाकारहरुलाई बधाई दिए । 

कलाकार आचार्यले आफुले गर्न नसकेको काम दीपक, दीपा र निर्मलले गरेको भन्दै खुशी व्यक्त गरे । उनले भने– ‘फिल्मबाट पैसा कमाएर हलमा लगानी गर्ने तपाईंहरु पहिलो कलाकार हो ।’

जिज्ञासा र जवाफ : सिमेन्ट के हो र कसरी प्रयोग हुन्छ ?

राष्ट्रियसभामा सांसदले भने- बारपाकमा पुनःनिर्माण गरिएका घर मौलिक र प्राचीनयुक्त छैनन्

वर्ष ०८१ः काठमाडौं उपत्यकाभित्र ४७ हजार घरजग्गा किनबेच, सवा १९ अर्ब राजश्व संकलन

ललितपुरको एकान्तकुनामा खुल्यो आलिशान इभेन्ट भेन्यू ‘म्याजेस्टिक ग्र्यान्ड’

भूमिसम्बन्धी विधेयक चालु अधिवेशनबाट पारित गरिने

सरकारले आवास कम्पनीमार्फत व्यवस्थित आवास तथा जग्गा विकास कार्यक्रम अगाडि बढाउने

दुई वर्षदेखि ऋणात्मक रहेको निर्माण क्षेत्रको वृद्धिदर यस वर्ष २.२१ प्रतिशत हुने प्रारम्भिक अनुमान

चालु आर्थिक वर्षमा घरजग्गा क्षेत्रको वृद्धि २.७२% रहने प्रारम्भिक अनुमान, जीडीपीमा ८.२९% योगदान