मन्दीको प्रभावः कित्ताकाट खुल्यो, तर बढेन

367B408218B985F-icon.png
1088views
BF54A001C3657E0-2C53261CDEEE605-9F83C43B4F139A7-Ghar-Jagga-final.jpg

काठमाडौं । घरजग्गा कारोबारमा मन्दीको असर कायमै देखिएको छ । सरकारले देशैभर पुरानै अवस्थामा कित्ताकाट खुलाउँदा पनि कित्ताकाट बढ्न सकेन ।

साथै, घरजग्गा कारोबार पनि झनै घटेको भूमि व्यवस्था मन्त्रालयको तथ्यांकले देखाउँछ ।

भदौ महिनामा ३६ हजार २८० कित्ता जग्गा कित्ताकाट भई ८० हजार ३१७ पुगेको छ । यो संख्या साउनको तुलनामा सामान्य बढी भए पनि जेठ र असारको तुलनामा निकै कम हो ।

जेठमा एक लाख आठ हजार र असारमा एक लाख कित्ताकाट भएका थिए । क्रमशः कित्ताकाट बढ्दै जाने अपेक्षा विपरित साउन र भदौमा कित्ताकाट झनै घटेको देखिन्छ ।

भूउपयोग नियमाली–२०७९ लागू भएसँगै अघिल्लो असारदेखि रोकिएको कित्ताकाट गत साउनदेखि यथास्थितीमै खुलेको छ । सरकारले कित्ताकाट खुलेपछि घरजग्गा कारोबार बढ्ने र क्रमशः बजारमा पैसा आएर समग्र अर्थतन्त्र नै चलायमान बन्‍ने अपेक्षा राखेको थियो ।

तर, कित्ताकाट खुलेको पहिलो महिनाको कारोबार नै सुस्त देखिएको छ ।

कुन ठाउँमा कति कित्ताकाट ?

भदौ महिनामा सबैभन्दा धेरै कित्ताकाट झापाको भद्रपुरमा भएको छ । एक महिनामा भद्रपुर मालपोतबाट चार हजार ३१६ कित्ताकाट भएका छन् । 

सुनसरीको इनरुवामा चार हजार २३ कित्ताकाट भई दोस्रो नम्बरमा छ । यस्तै, मोरङको बेलवारीमा २६ सय ४८, धनुषामा २१ सय ७९, बाँकेमा २१ सय ६१, पर्सामा १९ सय ९९, बाराको कलैयामा १९ सय ७० कित्ताकाट भएको विभागले जनाएको छ ।

यस्तै, कैलालीको धनगढी मालपोतबाट १९ सय ६६, काभ्रेमा १९ सय ६१, सप्तरीको राजविराजमा १९ सय ३९, भक्तपुरमा १६ सय पाँच, झापाको दमकमा १५ सय ८९, ललितपुरमा १४ सय ९३, सिराहाको लहानमा १४ सय ४६, सर्लाहीको हरिवनमा १३ सय ७४ कित्ताकाट भएको देखिन्छ ।

राष्ट्रियसभामा सांसदले भने- बारपाकमा पुनःनिर्माण गरिएका घर मौलिक र प्राचीनयुक्त छैनन्

वर्ष ०८१ः काठमाडौं उपत्यकाभित्र ४७ हजार घरजग्गा किनबेच, सवा १९ अर्ब राजश्व संकलन

ललितपुरको एकान्तकुनामा खुल्यो आलिशान इभेन्ट भेन्यू ‘म्याजेस्टिक ग्र्यान्ड’

भूमिसम्बन्धी विधेयक चालु अधिवेशनबाट पारित गरिने

सरकारले आवास कम्पनीमार्फत व्यवस्थित आवास तथा जग्गा विकास कार्यक्रम अगाडि बढाउने

दुई वर्षदेखि ऋणात्मक रहेको निर्माण क्षेत्रको वृद्धिदर यस वर्ष २.२१ प्रतिशत हुने प्रारम्भिक अनुमान

चालु आर्थिक वर्षमा घरजग्गा क्षेत्रको वृद्धि २.७२% रहने प्रारम्भिक अनुमान, जीडीपीमा ८.२९% योगदान

एक वर्षमा तीन लाख ८२ हजार घरजग्गा रोक्का, तीन लाख फुकुवा

B05173A8C3D2580-666134673.jpg

वर्षान्त २०८१ : होटलमा लगानीको ओइरो, ३५ लाख पर्यटक अटाउने कोठा तयार

54A48C347EAAC81-home-insurance.jpg

शहरमा घरको नक्सा स्वीकृति गर्दा अनिवार्य बीमा गर्नुपर्ने व्यवस्था गर्न खनाल आयोगको सुझाव

019ED0F5CF2C032-488054221_1066312985525237_3893123713646160684_n.jpg

अंशबण्डा गर्दा जग्गा नटुक्रिने गरी तल्लाहरु बाँड्न सुझाव, कित्ताकाटमा कडाई गर्नु