काठमाडौं महानगर राजश्व विभागको तथ्यांकले पछिल्ला आर्थिक वर्षहरुमा महानगरको राजश्व असुली बढ्दो ट्रेन्डमा देखाउँछ ।
काठमाडौं । चालु आर्थिक वर्षको पहिलो दुई महिना साउन र भदौमा काठमाडौं महानगरपालिकाको राजश्व संकलन २५.३९ प्रतिशतले बढेको छ । महानगरले दुई महिनामा एक अर्ब १७ करोड १४ लाख रुपैयाँ राजश्व संकलन गरेको हो ।
महानगरले गत आव ०७९/८० को साउन र भदौ महिनामा ९३ करोड ४१ लाख रुपैयाँ राजश्व संकलन गर्न सकेको थियो । यस्तै, अघिल्ला आर्थिक वर्षहरु ०७७/७८ मा ३२ करोड र ०७८/७९ मा ८९ करोड ५३ लाख रुपैयाँ राजश्व संकलन गरेको महानगरको तथ्यांक छ ।
काठमाडौं महानगर राजश्व विभागको तथ्यांकले पछिल्ला आर्थिक वर्षहरुमा महानगरको राजश्व असुली बढ्दो ट्रेन्डमा देखाउँछ ।
महानगरले सबैभन्दा धेरै घरवहाल करवापत ५२ करोड ३५ लाख रुपैयाँ राजश्व संकलन गरेको छ । यस्तै, सम्पत्ति करवापत २५ करोड ३१ लाख रुपैयाँ उठेको छ भने व्यवसाय रजिष्ट्रेसन दस्तुरवापत १३ करोड ७७ लाख र नक्सा पास दस्तुरवापत १४ करोड ३६ लाख रुपैयाँ उठेको महानगरले जनाएको छ ।
पर्यटन शुल्कवापत एक करोड ५५ लाख, अन्य सेवा शुल्क शिर्षकमा पाँच करोड ९३ लाख, सिफारिस दस्तुरवापत एक करोड ३३ लाख, पार्किङ शुल्कवापत ४७ लाख, भूमि तथा मालपोत करबाट ३९ लाख रुपैयाँ संकलन भएको छ ।
यस्तो छ शिर्षकगत राजश्व संकलन