मार्बल र ग्रेनाइटका ढिक्कामा भन्सार महशुल घटायो, स्वदेशी उद्योग फस्टाउने

अब मार्बल र ग्रेनाइटका कच्चा पदार्थ ल्याउँदा भन्सार महशुल कम लाग्ने र अन्तःशुल्क नलाग्ने भएपछि यस्ता उद्योग फस्टाउने छन् ।

367B408218B985F-icon.png
601views
5821D185711C8B0-26DC82D5F722931-20240610_131435.jpg

काठमाडौं । सरकारले आयातकार र वर्गाकार रुपमा आउने मार्बल र ग्रेनाइटका ढिक्कामा लाग्दै आएको भन्सार महशुल घटाएको छ । ६ मंसिरमा बसेको मन्त्रिपरिषद बैठकले मार्बल र ग्रेनाइटसँगै सुनचाँदी र दलहनको भन्सार महशुल पनि घटाउने निर्णय गरेको थियो ।

आयातकार र वर्गाकार स्वरुपमा ढिक्का वा पाताका रुपमा आउने मार्बलको भन्सार महशुल ३० प्रतिशतबाट घटाएर १० प्रतिशत बनाइएको छ भने आयातमा लाग्दै आएको १५ प्रतिशत अन्तःशुल्क हटाइएको छ ।

भारत वा इटालीबाट कच्चा पदार्थका रुपमा ल्याइने मार्बलका ढिक्का चारपाटा मिलेका आयातकार र बर्गाकार हुने हुँदा सरकारले तयारी मालकै सरह भन्सार र अन्तःशुल्क लिँदै आएको थियो ।

यस्तै, आयातकार वा वर्गाकार रुपमा ल्याइने ग्रेनाइटका ढिक्का वा पाताको भन्सार पनि महशुल पनि २० बाट १० प्रतिशतमा झारिएको छ । र, यसको आयातमा लाग्दै आएको २५ प्रतिशत अन्तःशुल्क पनि हटाइएको छ ।

सरकारको भन्सार महशुल घटाउने निर्णयसँगै देशभित्र मार्बल र ग्रेनाइट उद्योग फस्टाउने वातावरण बनेको छ । तयारी र कच्चा मालको भन्सार महशुल र अन्तःशुल्क समान भएपछि ठूलो लगानीमा खुलेका डेढ दर्जन हाराहारी मार्बल र ग्रेनाइट उद्योग संकटमा थिए । कतिपय उद्योग बन्द अवस्थामा छन् ।

अब मार्बल र ग्रेनाइटका कच्चा पदार्थ ल्याउँदा भन्सार महशुल कम लाग्ने र अन्तःशुल्क नलाग्ने भएपछि यस्ता उद्योग फस्टाउने छन् ।

अहिले भारतको राजस्थानदेखि इटालीसम्मबाट मार्बल र ग्रेनाइटका ठूला ढिक्काहरु ल्याएर नेपालमा कटिङ गरी मार्बल र ग्रेनाइट बनाउने काम हुन्छ । यस्ता उद्योगमा ठूलो लगानी समेत भएको छ ।

ठूला व्यवसायी रियल इस्टेट व्यवसायमा

साढे दुई अर्बको सिमेन्ट निर्यात

हनुमान ढोकास्थित नौ तले दरबार सर्वसाधारणका लागि खुला

भैरहवामा अधिकतम २७ करोड मूल्यांकनको जग्गालाई बैंकले दियो दुई अर्ब २० करोड ऋण !

एसवाई प्यानलको ईपीएस सिट्स बजारमा, घरको इन्सुलेशनका लागि प्रयोग गर्न सकिने

जग्गा वर्गीकरण गर्न स्थानीय तह असफल, १९९ पालिकामा मात्र सम्पन्न, समन्वय गरेर काम गर्न महालेखाको सुझाव

नौ महिनामा घरजग्गा क्षेत्रमा ३२ अर्ब कर्जा प्रवाह

आइएमई ग्रुपको लगानीमा मौलाकालीमा खुल्यो 'इला होटल'

9941C4AC1CD8AFB-Nepalgunj.jpg

चहलपहल घट्दै गएपछि नेपालगञ्‍जमा तीन वर्षमा डेढ सय होटल बन्द

9A924C74B81B5BC-gandaki_province1691914550_1024.jpg

गण्डकी प्रदेशमा पनि घट्यो घर–भवनको नक्सा पास

D2DD82ABE38BF6C-Project news.jpg

औद्योगिक सहर वीरगञ्‍जमा अपार्टमेन्ट कल्चर हुर्कन नपाउँदै मन्दीको मारमा