धेरै राजश्व संकलन गर्ने प्रमुख पाँच मालपोत कार्यालय काठमाडौं उपत्यकाकै

मनाङ मालपोतबाट सबैभन्दा कम ५५ हजार ६०७ रुपैयाँ राजश्व उठेको भूमि विभागको तथ्यांक छ

367B408218B985F-icon.png
406views
BAED24939FF09B3-72341AC35F689FE-562A455C1E8EB58-Tax-final.jpg

काठमाडौं । धेरै घरजग्गा कारोबार गर्नेमा काठमाडौं उपत्यका बाहिरका मालपोत कार्यालयहरु अग्रस्थानमा रहेपनि राजश्व संकलनमा भने उपत्यकाकै मालपोत कार्यालय अगाडि छन् ।

पुस महिनामा धेरै राजश्व उठाउने प्रमुख पाँच मालपोत उपत्यकाभित्रकै रहेको भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्यांक छ । 

पुसमा देशभरबाट सवा चार अर्ब रुपैयाँ राजश्व उठेको छ । जसमा सबैभन्दा धेरै योगदान लगनखेल, भक्तपुर, चावहिल, कलंकी, डिल्लीबजार, भैरहवा, बुटवल, कास्की, विराटनगर, भरतपुर (चितवन), इनरुवा, साँखु लगायत मालपोत कार्यालयको रहेको छ ।

पुसमा ललितपुरको लगनखेल मालपोतबाट ४० कारेड ९४ लाख रुपैयाँ राजश्व उठेको छ, जसमा २५ करोड ६० लाख रजिष्ट्रेसन दस्तुर, १७ करोड १६ लाख रुपैयाँ पूँजीगत लाभकर रहेको छ ।

भक्तपुर मालपोतबाट २९ करोड ७६ लाख रुपैयाँ राजश्व उठेको छ । यसमा रजिष्ट्रेसन दस्तुर १७ करोड २८ लाख र पूँजीगत लाभकर १२ करोड ४६ लाख रहेको छ ।

चावहिलबाट २२ करोड ९४ लाख रुपैयाँ राजश्व उठेको छ । जसमा रजिष्ट्रेसन दस्तुर १५ करोड १३ लाख र पूँजीगत लाभकर ८ करोड ६० लाख रुपैयाँ रहेको छ । 

यस्तै, कलंकी मालपोतबाट २१ करोड ९४ लाख रुपैयाँ राजश्व उठ्दा रजिष्ट्रेसन दस्तुरको हिस्सा १३ करोड ८१ लाख र पुँजीगत लाभकरको हिस्सा ८ करोड ६३ लाख रुपैयाँ रहेको छ ।

डिल्लीबजारबाट २१ करोड ९१ लाख रुपैयाँ राजश्व उठेको छ । जसमा १६ करोड १८ लाख रजिष्ट्रेसन दस्तुर र ६ करोड ३५ लाख पूँजीगत लाभकर रहेको छ ।

पुसमा भैरहवाबाट २० करोड ४५ लाख, पोखराबाट १७ करोड, विराटनगरबाट १६ करोड ११ लाख, भरतपुरबाट ११ करोड ४४ लाख, बुटवलबाट ११ करोड २२ लाख, इनरुवा (सुनसरी)बाट १० करोड ९३ लाख, साँखु मालपोतबाट १० करोड ३२ लाख रुपैयाँ राजश्व उठेको छ ।

मनाङ मालपोतबाट सबैभन्दा कम ५५ हजार ६०७ रुपैयाँ राजश्व उठेको विभागले जनाएको छ । यस्तै, सिर्दिवासबाट ९६ हजार, खोटाङ बजारबाट एक लाख १७ हजार, बझाङबाट एक लाख ७६ हजार, संक्रान्तीबजारबाट दुई लाख ५८ हजार, गोटीखेल ललितपुरबाट दुई लाख ८९ हजार रुपैयाँ राजश्व उठेको देखिन्छ ।

ठूला व्यवसायी रियल इस्टेट व्यवसायमा

साढे दुई अर्बको सिमेन्ट निर्यात

हनुमान ढोकास्थित नौ तले दरबार सर्वसाधारणका लागि खुला

भैरहवामा अधिकतम २७ करोड मूल्यांकनको जग्गालाई बैंकले दियो दुई अर्ब २० करोड ऋण !

एसवाई प्यानलको ईपीएस सिट्स बजारमा, घरको इन्सुलेशनका लागि प्रयोग गर्न सकिने

जग्गा वर्गीकरण गर्न स्थानीय तह असफल, १९९ पालिकामा मात्र सम्पन्न, समन्वय गरेर काम गर्न महालेखाको सुझाव

नौ महिनामा घरजग्गा क्षेत्रमा ३२ अर्ब कर्जा प्रवाह

आइएमई ग्रुपको लगानीमा मौलाकालीमा खुल्यो 'इला होटल'

09A031381C9A85B-street-view_12-Photo-2048x1152.jpg

ठूला व्यवसायी रियल इस्टेट व्यवसायमा

D1A87D30557B21E-planing.jpg

जग्गा वर्गीकरण गर्न स्थानीय तह असफल, १९९ पालिकामा मात्र सम्पन्न, समन्वय गरेर काम गर्न महालेखाको सुझाव

0BE5EFE210B8793-845F41975B5239A-457805888_1058533425842663_1549223094168763092_n.jpg

भूमिसम्बन्धी विधेयक चालु अधिवेशनबाट पारित गरिने