भदौमा बढ्यो अपार्टमेन्ट किनबेच

सरकारले पुरानै अवस्थामा कित्ताकाट खुला गर्दा पनि भदौमा घरजग्गा किनबेच उल्टै घटेको छ ।

367B408218B985F-icon.png
2027views
891C1D7680676F9-5132568A41A5893-Apartment-Final.jpg

काठमाडौं । घरजग्गा किनबेच र कित्ताकाटमा मन्दीको प्रभाव कायमै देखिए पनि भदौमा अपार्टमेन्ट किनबेच भने बढेको छ ।

भदौ महिनामा ४५ युनिट अपार्टमेन्ट किनबेच भएका छन् । यो कारोबार संख्या गत फागुनयताकै सबैभन्दा उच्च हो । फागुनमा ५१ अपार्टमेन्ट किनबेच भएको भूमि व्यवस्थापन विभागको तथ्यांक छ ।

सरकारले पुरानै अवस्थामा कित्ताकाट खुला गर्दा पनि भदौमा घरजग्गा किनबेच उल्टै घटेको छ । देशभर कित्ताकाट पनि सामान्य अंकले मात्र बढेको देखिन्छ ।

भदौमा ३५ हजार ६८६ घरजग्गा किनबेच भएका छन् भने ३६ हजार २८० कित्ता जग्गा कित्ताकाट भई ८० हजार ३१७ पुगेका छन् । भदौको घरजग्गा कारोबार ०८० सालकै सबैभन्दा कम हो ।

तर, खासै आकर्षण नदेखिने अपार्टमेन्ट किनबेचमा भने भदौमा चमक देखिएको छ । भदौमा सबैभन्दा धेरै साँखु मालपोत कार्यालयबाट २३ युनिट अपार्टमेन्ट किनबेच भएको भूमि विभागले जनाएको छ ।

यस्तै, ललितपुरको लगनखेल मालपोतबाट ११ युनिट, डिल्लीबजारबाट सात युनिट, कलंकीबाट दुई युनिट र मनमैंजु मालपोतबाट दुई युनिट अपार्टमेन्ट किनबेच भएका छन् । 

भदौ महिनामा पोखरा, पर्सा, झापा लगायतका मोफसलका सहरहरुमा एउटै अपार्टमेन्ट किनबेच भएका छैनन् । यी सहरमा पनि पछिल्लो समय अपार्टमेन्ट निर्माणको लहर आएको छ ।

पाँच महिनामा १६७ अपार्टमेन्ट किनबेच

०८० सालको पहिलो पाँच महिनामा देशभरबाट एक सय ६७ अपार्टमेन्ट किनबेच भएको तथ्यांक छ । वैशाखमा ३० अपार्टमेन्ट किनबेच भएकोमा जेठमा २९, असारमा ३३ र साउनमा ३० युनिट अपार्टमेन्ट किनबेच भएका थियो ।

०९७ सालमा असार र फागुन महिनामा सबैभन्दा धेरै अपार्टमेन्ट किनबेच भएको देखिन्छ । भूमि विभागका अनुसार असारमा ९८ युनिट र फागुनमा ५१ युनिट अपार्टमेन्ट किनबेच भएका छन् । अरु महिना ४० भन्दा कम युनिट अपार्टमेन्ट किनबेच भएका थिए । 

नेपालमा अझै पनि अपार्टमेन्ट भन्दा पनि सिंगल युनिट घरकै माग बढ्दो छ । अपार्टमेन्ट छिटपुट मात्र किनबेच हुने गरेका छन् । पछिल्लो समय नयाँ अपार्टमेन्ट निर्माण नहुँदा बिक्रीका लागि स्टक अपार्टमेन्ट समेत नभएको घरजग्गा व्यवसायीको भनाई छ ।
 
 

राष्ट्रियसभामा सांसदले भने- बारपाकमा पुनःनिर्माण गरिएका घर मौलिक र प्राचीनयुक्त छैनन्

वर्ष ०८१ः काठमाडौं उपत्यकाभित्र ४७ हजार घरजग्गा किनबेच, सवा १९ अर्ब राजश्व संकलन

ललितपुरको एकान्तकुनामा खुल्यो आलिशान इभेन्ट भेन्यू ‘म्याजेस्टिक ग्र्यान्ड’

भूमिसम्बन्धी विधेयक चालु अधिवेशनबाट पारित गरिने

सरकारले आवास कम्पनीमार्फत व्यवस्थित आवास तथा जग्गा विकास कार्यक्रम अगाडि बढाउने

दुई वर्षदेखि ऋणात्मक रहेको निर्माण क्षेत्रको वृद्धिदर यस वर्ष २.२१ प्रतिशत हुने प्रारम्भिक अनुमान

चालु आर्थिक वर्षमा घरजग्गा क्षेत्रको वृद्धि २.७२% रहने प्रारम्भिक अनुमान, जीडीपीमा ८.२९% योगदान

एक वर्षमा तीन लाख ८२ हजार घरजग्गा रोक्का, तीन लाख फुकुवा

B05173A8C3D2580-666134673.jpg

वर्षान्त २०८१ : होटलमा लगानीको ओइरो, ३५ लाख पर्यटक अटाउने कोठा तयार

54A48C347EAAC81-home-insurance.jpg

शहरमा घरको नक्सा स्वीकृति गर्दा अनिवार्य बीमा गर्नुपर्ने व्यवस्था गर्न खनाल आयोगको सुझाव

019ED0F5CF2C032-488054221_1066312985525237_3893123713646160684_n.jpg

अंशबण्डा गर्दा जग्गा नटुक्रिने गरी तल्लाहरु बाँड्न सुझाव, कित्ताकाटमा कडाई गर्नु