विनोद चौधरीले सञ्‍चालनमा ल्याए १५ अर्ब लगानीमा पाल्पा सिमेन्ट उद्योग, निर्यात पनि सुरु

तीनवटा उद्योगमा चौधरी समूहले २० अर्ब रूपैयाँभन्दा बढी लगानी गरिसकेको छ । 

367B408218B985F-icon.png
10772views
41B8ABFEC9ADFA6-cg-cement-palpa-final.jpg

काठमाडौं । पाल्पाको सोमादी सर्देवामा स्थापना गरिएको सिजी पाल्पा सिमेन्ट उद्योगले उत्पादन सुरु गरेको छ । चर्चित व्यवसायिक घराना चौधरी ग्रुपले करिव १५ अर्ब रुपैयाँ लगानी गरेर ठूलो क्षमतामा क्लिंकरसहितको सिमेन्ट उद्योग सञ्‍चालनमा ल्याएको हो ।

करिव पाँच सय रोपनी क्षेत्रफलमा फैलिएको यस उद्योगको अहिलेलाई दैनिक उत्पादन क्षमता चार हजार मेट्रिक टन रहेको बताइएको छ । यो चौधरी समूहको तेस्रो सिमेन्ट उद्योग हो । 

सिजी सिमेन्ट इन्डष्ट्रिज पाल्पा प्रालिले वार्षिक नौ लाख २४ हजार मेट्रिक टन क्लिंकर र नौ लाख ७३ हजार मेट्रिक टन सिमेन्ट उत्पादन गर्ने गरी उद्योग विभागबाट अनुमति लिएको छ । जसमा ओपीसी सिमेन्ट आठ लाख ३२ हजार मेट्रिक टन र पीपीसी सिमेन्ट एक लाख ४१ हजार मेट्रिक टन उत्पादन हुनेछ ।

कोभिड महामारी, निर्माण क्षेत्रमा छाएको मन्दीलगायत विविध कारणले ढिलो गरी सञ्‍चालनमा आएको उद्योगबाट क्लिंकर उत्पादनलाई बढी जोड दिइएको छ । यस उद्योगले नवलपरासीको दुम्किवासमा रहेको चौधरी समूहकै सिजी सिमेन्ट उद्योगलाई क्लिंकर आपूर्ति गर्नेछ । साथै, अन्य उद्योगमा पनि क्लिंकर आपूर्ति गरिने बताइएको छ ।

चौधरी ग्रुपले नयाँ उद्योग सञ्चालनमा ल्याएसँगै सिमेन्ट निर्यातको समेत थालनी गरेको छ । यही २१ भदौदेखि सिजीले सिमावर्ती भारतीय बजारमा सिमेन्ट निर्यात सुरु गरेको हो ।

सिमेन्ट निर्यातका लागि सिजीले भारतीय चर्चित व्यवसायिक घराना अदानी ग्रुपसँग रणनीतिक साझेदारी गरेको छ । सिजीले आफ्नै मौलिक ब्रान्डमा नभएर अदानी ग्रुपले उत्पादन गर्ने ब्रान्डमा सिमेन्ट निर्यात सुरु गरेको बताइएको छ ।

अब सिजीसँगै सिमेन्ट निर्यात गर्ने उद्योग चार पुगेका छन् । २४ असारमा पहिलो पटक आरएमसी ग्रुपले तानसेन ब्रान्डको सिमेन्ट निर्यात सुरु गरेको थियो । त्यसपछि अर्घाखाँची र बालाजी सिमेन्ट उद्योगले पनि सिमेन्ट तथा क्लिंकर निर्यात सुरु गरिसकेका छन् ।

गत आर्थिक वर्षभरीमा करिव ७८ करोड रुपैयाँ बराबरको सिमेन्ट तथा क्लिंकर निर्यात भएकोमा चालु आवको साउनमा मात्रै निर्यात साढे २३ करोड पुगेको छ । ठूला घरानाहरु थपिएसँगै यस वर्ष सिमेन्ट तथा क्लिंकर निर्यात करिव ५÷६ अर्ब पुग्‍ने अनुमान छ ।

एक दशकअघि नवलपरासीको दुम्किवासमा उद्योग खोलेर चौधरी ग्रुप पहिलो पटक सिमेन्ट उत्पादनमा प्रवेश गरेको थियो । सुरुमा दैनिक १२ सय मेट्रिक टनको ग्रान्डिङ युनिट राखिएको सो उद्योगको उत्पादन क्षमता बढाएर अहिले दैनिक तीन हजार मेट्रिक टन पुर्याइएको छ ।

चौधरी समूहले दाङमा रहेको सम्राट सिमेन्ट उद्योग पनि खरिद गरिसकेको छ । सम्राट सिमेन्ट उद्योगको ३० प्रतिशत शेयर खरिद गर्न करिव तीन अर्ब लगानी गरेको बताइएको छ । यो पश्‍चिम नेपालकै ठूलोमध्येको उद्योग हो ।

तीनवटा उद्योगमा चौधरी समूहले २० अर्बभन्दा बढी लगानी गरिसकेको छ । 
 

राष्ट्रियसभामा सांसदले भने- बारपाकमा पुनःनिर्माण गरिएका घर मौलिक र प्राचीनयुक्त छैनन्

वर्ष ०८१ः काठमाडौं उपत्यकाभित्र ४७ हजार घरजग्गा किनबेच, सवा १९ अर्ब राजश्व संकलन

ललितपुरको एकान्तकुनामा खुल्यो आलिशान इभेन्ट भेन्यू ‘म्याजेस्टिक ग्र्यान्ड’

भूमिसम्बन्धी विधेयक चालु अधिवेशनबाट पारित गरिने

सरकारले आवास कम्पनीमार्फत व्यवस्थित आवास तथा जग्गा विकास कार्यक्रम अगाडि बढाउने

दुई वर्षदेखि ऋणात्मक रहेको निर्माण क्षेत्रको वृद्धिदर यस वर्ष २.२१ प्रतिशत हुने प्रारम्भिक अनुमान

चालु आर्थिक वर्षमा घरजग्गा क्षेत्रको वृद्धि २.७२% रहने प्रारम्भिक अनुमान, जीडीपीमा ८.२९% योगदान

एक वर्षमा तीन लाख ८२ हजार घरजग्गा रोक्का, तीन लाख फुकुवा

30A061DD36AB2FC-HvvJI0lH-Mining_36-3.jpg

निर्माण क्षेत्र जुर्मुराउँदा खानी तथा उत्खनन् उद्योगसम्म तरङ्गित

122372EF269AFAE-Blog-Image02-940x630px.jpg

के तपाईंलाई थाहा छ, घर निर्माण अनुमतिका सात प्रकृयाहरु ?

E7EE0E75BD6A756-G Ramayana Hotel.jpg

रोयल थिम’सहित जी–रामायण होटल सञ्‍चालनमा