उपत्यकामा २३% ले घट्यो घरजग्गा कारोबार, पाँच महिनामा २० हजार लिखत पारित

कुनै समय सबैभन्दा धेरै संख्यामा घरजग्गा किनबेच गराउने उपत्यकाका मालपोत कार्यालयलाई अहिले उपत्यका बाहिरका मालपोतले पछाडि पारिसकेका छन् । 

367B408218B985F-icon.png
1947views
67E77BE48A4FE92-Kathmandu Valley-1597749993.jpg

काठमाडौं । वर्ष ०८० को पहिलो पाँच महिनामा काठमाडौं उपत्यकाभित्र घरजग्गा किनबेच २३ प्रतिशतले घटेको छ । वैशाखदेखि भदौसम्म उपत्यकामा रहेका तीन जिल्लामा २० हजार ५०६ घरजग्गाको लिखत पारित भएको छ ।

गत वर्षको सोही अवधि (वैशाख–भदौ)मा २६ हजार ६८४ घरजग्गाको लिखत पारित भएको थियो । भूउपयोग नियमावली २०७९ जारी भएर कित्ताकाटमा कडाई हुनुका साथै तरलता अभाव, चर्को ब्याजदर र महंगीको प्रभाव घरजग्गा किनबेचमा गहिरो परेको देखिन्छ ।

काठमाडौं उपत्यकाका तीन जिल्ला ललितपुर, भक्तपुर र काठमाडौंमा नौवटा मालपोत कार्यालय छन् । ललितपुरमा दुई, काठमाडौंमा ६ र भक्तपुरमा एउटा मालपोत कार्यालय छन् । उपत्यकामा सबैभन्दा धेरै घरजग्गाको लिखत पारित हुने मालपोत कार्यालयमा लगनखेल, भक्तपुर र कलंकी अग्रणी रहेका छन् ।

यस्तो छ उपत्यकामा घरजग्गाको लिखत पारित

कुनै समय सबैभन्दा धेरै संख्यामा घरजग्गा किनबेच गराउने उपत्यकाका मालपोत कार्यालयलाई अहिले उपत्यका बाहिरका मालपोतले पछाडि पारिसकेका छन् । 

अहिले धेरै घरजग्गा किनबेच गराउनेमा झापा, मोरङ, सुनसरी, धनुषा, बाँके र कैलालीका मालपोत अग्रस्थानमा रहेको भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्यांकले देखाउँछ ।

उपत्यका नौ वटा मालपोत कार्यालयबाट वैशाखमा तीन हजार ६८३, जेठमा चार हजार ७३५, असारमा पाँच हजार ३०, साउनमा तीन हजार ४१२ र भदौमा तीन हजार ६४६ घरजग्गाको लिखत पारित भएको छ । 

वैशाखदेखि भदौसम्म पाँच महिनामा लगनखेल मालपोतबाट चार हजार ७५३, गोटिखेलबाट १०३, भक्तपुरबाट चार हजार ८७०, डिल्ली बजारबाट एक हजार ३९, चावाहिलबाट दुई हजार १२५, कलंकीबाट तीन हजार २९१, साँखुबाट दुई हजार २५७, मनमैंजुबाट एक हजार ३१० र टोखा मालपोतबाट ७५८ घरजग्गाको लिखत पारित भएको छ ।
 

राष्ट्रियसभामा सांसदले भने- बारपाकमा पुनःनिर्माण गरिएका घर मौलिक र प्राचीनयुक्त छैनन्

वर्ष ०८१ः काठमाडौं उपत्यकाभित्र ४७ हजार घरजग्गा किनबेच, सवा १९ अर्ब राजश्व संकलन

ललितपुरको एकान्तकुनामा खुल्यो आलिशान इभेन्ट भेन्यू ‘म्याजेस्टिक ग्र्यान्ड’

भूमिसम्बन्धी विधेयक चालु अधिवेशनबाट पारित गरिने

सरकारले आवास कम्पनीमार्फत व्यवस्थित आवास तथा जग्गा विकास कार्यक्रम अगाडि बढाउने

दुई वर्षदेखि ऋणात्मक रहेको निर्माण क्षेत्रको वृद्धिदर यस वर्ष २.२१ प्रतिशत हुने प्रारम्भिक अनुमान

चालु आर्थिक वर्षमा घरजग्गा क्षेत्रको वृद्धि २.७२% रहने प्रारम्भिक अनुमान, जीडीपीमा ८.२९% योगदान

एक वर्षमा तीन लाख ८२ हजार घरजग्गा रोक्का, तीन लाख फुकुवा

B05173A8C3D2580-666134673.jpg

वर्षान्त २०८१ : होटलमा लगानीको ओइरो, ३५ लाख पर्यटक अटाउने कोठा तयार

54A48C347EAAC81-home-insurance.jpg

शहरमा घरको नक्सा स्वीकृति गर्दा अनिवार्य बीमा गर्नुपर्ने व्यवस्था गर्न खनाल आयोगको सुझाव

019ED0F5CF2C032-488054221_1066312985525237_3893123713646160684_n.jpg

अंशबण्डा गर्दा जग्गा नटुक्रिने गरी तल्लाहरु बाँड्न सुझाव, कित्ताकाटमा कडाई गर्नु