दुई महिनामा भित्रियो २८ अर्बको फलाम तथा स्टिल

साउन र भदौमा नेपालबाट दुई अर्बको ७६ करोड रुपैयाँ बराबरको यस्ता सामाग्री निर्यात भएको छ

367B408218B985F-icon.png
1353views
96BDABADA031DA2-0A2526BB7FC5F99-iron-final.jpg

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो दुई महिनामा फलाम तथा स्टिल र तिनबाट बनेको सामाग्रीको आयात करिव ३३ प्रतिशतले घटेको छ । निर्माण क्षेत्रमा छाएको मन्दीले निर्माणजन्य सामाग्री उत्पादन गर्ने फलाम तथा स्टिलको आयात घटेको हो ।

चालु आर्थिक वर्षको साउन र भदौमा २७ अर्ब ७३ करोड रुपैयाँ बराबरको फलाम तथा स्टिल र त्यसबाट बनेका तयारी सामान आयात भएको भन्सार विभागले जनाएको छ । गत आवको सोही अवधिमा ४१ अर्ब २५ करोड मूल्यको यस्ता सामाग्री आयात भएका थिए ।

साउन र भदौमा नेपालबाट दुई अर्बको ७६ करोड रुपैयाँ बराबरको यस्ता सामाग्री निर्यात भएको छ । गत वर्षको सोही अवधिमा सवा दुई अर्ब रुपैयाँको निर्यात भएको थियो ।

भन्सार विभागका अनुसार,चालु आर्थिक वर्षको साउन र भदौमा २४ अर्ब ४९ करोड रुपैयाँको फलाम तथा स्टिल आयात गरिएको छ । यस्तै, तीन अर्ब २३ करोड रुपैयाँभन्दा बढीको फलाम तथा स्टिलबाट बनेका सामाग्रीहरु आयात गरिएका छन् ।

सोही अवधिमा नेपालबाट दुई अर्ब ६२ करोडको फलाम तथा स्टिल निर्यात भएको छ । १४ करोड रुपैयाँ बराबरको फलाम तथा स्टिलबाट बनेका सामाग्रीहरु निर्यात भएको देखिन्छ ।

दुई महिनामा फलाम तथा स्टिलजन्य सामाग्रीको व्यापारमा नेपाललाई २४ अर्ब ९६ करोड रुपैयाँ व्यापार घाटा भएको छ । यो व्यापारबाट सरकारले चार अर्ब ९० करोड रुपैयाँ राजश्व संकलन गर्न सकेको छ ।

गच आर्थिक वर्षभरीमा एक खर्ब ६७ अर्ब रुपैयाँ मूल्य बराबरको फलाम तथा स्टिल र तीनका सामाग्री आयात भएको थियो । नेपालबाट १० अर्ब ८२ करोड रुपैयाँको मात्रै यस्ता सामाग्रीहरु निर्यात भएको भन्सार विभागले जनाएको छ । 

यस्तै, अघिल्लो आर्थिक वर्ष ०७८÷७९ मा एक खर्ब ८५ अर्बको फलाम तथा स्टिल र तिनबाट बनेका सामाग्री आयात गरिँदा तीन अर्ब ८७ करोडको मात्रै निर्यात भएको देखिन्छ ।

राष्ट्रियसभामा सांसदले भने- बारपाकमा पुनःनिर्माण गरिएका घर मौलिक र प्राचीनयुक्त छैनन्

वर्ष ०८१ः काठमाडौं उपत्यकाभित्र ४७ हजार घरजग्गा किनबेच, सवा १९ अर्ब राजश्व संकलन

ललितपुरको एकान्तकुनामा खुल्यो आलिशान इभेन्ट भेन्यू ‘म्याजेस्टिक ग्र्यान्ड’

भूमिसम्बन्धी विधेयक चालु अधिवेशनबाट पारित गरिने

सरकारले आवास कम्पनीमार्फत व्यवस्थित आवास तथा जग्गा विकास कार्यक्रम अगाडि बढाउने

दुई वर्षदेखि ऋणात्मक रहेको निर्माण क्षेत्रको वृद्धिदर यस वर्ष २.२१ प्रतिशत हुने प्रारम्भिक अनुमान

चालु आर्थिक वर्षमा घरजग्गा क्षेत्रको वृद्धि २.७२% रहने प्रारम्भिक अनुमान, जीडीपीमा ८.२९% योगदान

एक वर्षमा तीन लाख ८२ हजार घरजग्गा रोक्का, तीन लाख फुकुवा

B05173A8C3D2580-666134673.jpg

वर्षान्त २०८१ : होटलमा लगानीको ओइरो, ३५ लाख पर्यटक अटाउने कोठा तयार

54A48C347EAAC81-home-insurance.jpg

शहरमा घरको नक्सा स्वीकृति गर्दा अनिवार्य बीमा गर्नुपर्ने व्यवस्था गर्न खनाल आयोगको सुझाव

019ED0F5CF2C032-488054221_1066312985525237_3893123713646160684_n.jpg

अंशबण्डा गर्दा जग्गा नटुक्रिने गरी तल्लाहरु बाँड्न सुझाव, कित्ताकाटमा कडाई गर्नु