दशैंले पनि रियल इस्टेटमा ल्याएन रौनकता, कर्जादेखि किनबेचसम्म सुस्त

कित्ताकाट खुले पनि घरजग्गा किनबेच झनै सुस्त, बैंकबाट रियल इस्टेट कर्जा उल्टै घट्यो

367B408218B985F-icon.png
997views
8EA477B2031A80A-169D3A0AC18711C-Bhaisepati-Photo.jpg

काठमाडौं । दशैंदेखि घरजग्गा कारोबारले लय समात्‍ने ‍अपेक्षा विपरित झनै निरासा देखिएको छ । सरकारले कित्ताकाट खुला गरे पनि घरजग्गा किनबेचदेखि बैंकको कर्जा प्रवाहसम्म झन सुस्त बनेको छ । 

असोज महिनामा देशभर ३९ हजार ७९३ घरजग्गाको लिखत पारित भएको छ । यो संख्या भदौ महिनामा पारित भएका ३५ हजार ६८६ लितको तुलनामा सामान्य बढी हो । तर, कित्ताकाट खुल्नुअघिकै वैशाख, जेठ, असारको तुलनामा भने असोजको कारोबार अत्यन्तै कम हो ।

भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार वैशाखमा ४२ हजार ४६१, जेठमा ५५ हजार ६९, असारमा ४८ हजार ७७१ र साउनमा ३९ हजार २६३ घरजग्गाको लिखत पारित भएको थियो ।

असोज महिनामा देशभरका मालपोत कार्यालयहरुले चार अर्ब ४३ करोड रुपैयाँ राजश्‍व संकलन गरेका छन् ।

चालु आर्थिक वर्षको पहिलो दुई महिना साउन र भदौमा घरजग्गा क्षेत्रमा प्रवाह हुने कर्जा पनि घटेको छ । दुई महिनामा आठ अर्ब ६९ करोड रुपैयाँ घरजग्गा नयाँ कर्जा थपिएको छ । जबकी, गत वर्षको सोही अवधिमा मन्दीकै बिच पनि १८ अर्ब ७६ करोड रुपैयाँ घरजग्गा कर्जा प्रवाह भएको तथ्यांकले देखाउँछ । 

पछिल्लो दुई महिनामा रियल इस्टेट कर्जाको वृद्धि ८ अर्ब ३८ करोडले ऋणात्मक देखिएको छ । तर, दुई करोडसम्मको व्यक्तिगत आवासीय घरकर्जा भने बढेको देखिन्छ । यस अवधिमा व्यक्तिगत आवासीय घरकर्जा १७ अर्ब नौ करोड प्रवाह भएको छ । गत वर्षको साउन र भदौमा चार अर्ब १४ करोड रुपैयाँ मात्रै व्यक्तिगत घरकर्जा प्रवाह भएको थियो ।

यो वर्ष व्यक्तिगत आवासीय घरकर्जा लिने बढेका छन् भने रियल इस्टेटतर्फ नयाँ कर्जा लिने भन्दा पुरानो कर्जा चुक्ता गर्ने बढेको देखिन्छ । घरजग्गा किनबेच सुस्ताएपछि प्लटिङ, हाउजिङ, अपार्टमेन्ट, कमर्सियल कम्पलेक्सको निर्माण सुस्ताएको छ ।

सुविधा दिँदा पनि छैन उत्साह

सरकारले घरजग्गा कारोबार बढाउन पुरानै अवस्थामा देशैभर कित्ताकाट खुला गरेको छ । स्थानीय तहले कृषि र गैरकृषि भनी वर्गीकरण नगरेको जग्गा पनि धमाधम कित्ताकाट भइरहेको छ । 

तर, कित्ताकाट खुला भएपछि भदौ र असोजमा घरजग्गा किनबेच तथा कित्ताकाटमा सुधार आउन सकेको छैन । 

नेपाल राष्ट्र बैंकले व्यक्तिगत आवासीय कर्जाको सिमा दुई करोड पुर्याएको छ भने जोखिमभार पनि घटाएर सय प्रतिशतमा झारेको छ । बैंकमा तरलता बढ्दै गएपछि कर्जाको ब्याजदर पनि घट्दै गइरहेको छ । बैंक तथा वित्तीय संस्थाहरुले सस्तो ब्याजदरको कर्जाका स्किम ल्याउन थालिसकेका छन् ।

यस्तै, लाइसेन्स लिएका रियल इस्टेट कम्पनी र सरकारबाट अनुमति लिएका प्लटिङ तथा हाउजिङ अपार्टमेन्ट परियोजनालाई बैंकबाट कर्जा लिन खुकुलो व्यवस्था बनाइदिएको छ । 

तैपनि घरजग्गा कारोबार बढ्न नसक्नुको पछाडि मन्दीकै प्रभाव देखिएको व्यवसायीको बुझाई छ । अहिले उपभोक्ताहरु घरजग्गा खरिद गर्न ‘पर्ख र हेर’ कै अवस्थामा छन् । निर्माण सुरु गरिएका र निर्माणको तयारीमा रहेका आवास परियोजनाहरु पनि होल्डमा छन् ।

राष्ट्रियसभामा सांसदले भने- बारपाकमा पुनःनिर्माण गरिएका घर मौलिक र प्राचीनयुक्त छैनन्

वर्ष ०८१ः काठमाडौं उपत्यकाभित्र ४७ हजार घरजग्गा किनबेच, सवा १९ अर्ब राजश्व संकलन

ललितपुरको एकान्तकुनामा खुल्यो आलिशान इभेन्ट भेन्यू ‘म्याजेस्टिक ग्र्यान्ड’

भूमिसम्बन्धी विधेयक चालु अधिवेशनबाट पारित गरिने

सरकारले आवास कम्पनीमार्फत व्यवस्थित आवास तथा जग्गा विकास कार्यक्रम अगाडि बढाउने

दुई वर्षदेखि ऋणात्मक रहेको निर्माण क्षेत्रको वृद्धिदर यस वर्ष २.२१ प्रतिशत हुने प्रारम्भिक अनुमान

चालु आर्थिक वर्षमा घरजग्गा क्षेत्रको वृद्धि २.७२% रहने प्रारम्भिक अनुमान, जीडीपीमा ८.२९% योगदान

एक वर्षमा तीन लाख ८२ हजार घरजग्गा रोक्का, तीन लाख फुकुवा

A849A3FD60CAB53-Grande Tower.jpg

०८१ मा अपार्टमेन्ट किनबेच ३५ प्रतिशतले वृद्धि

16E2CBDE836B3FF-192FB0C74DE5229-46FC5FB8F490228-Grande Towers.jpg

खनाल आयोगको सुझावः नेपालमा विदेशी नागरिकलाई अपार्टमेन्ट खरिद गर्न पाउने व्यवस्था गरौं

FB68CCC54E723D0-1ACA909F34EF8CA-7E5C8BC82213D99-4485248A7232C69-FB89AC35CF6D453-807C2BF20DB9472-CE4D9B49BB8B3BE-A54C5DD579A9A2F-4222943AE6649CA-news cover.jpg

आठ महिनामा ८% थपियो रियल इस्टेट कर्जा, व्यक्तिगत घरकर्जा प्रवाह सुस्त