असोजमा फेरी घट्यो अपार्टमेन्ट खरिद बिक्री

भदौदेखि अपार्टमेन्ट किनबेचले लय समाउने अपेक्षा विपरित असोजमा उल्टै घटेको छ

367B408218B985F-icon.png
640views
8F97D2706B023DD-FDFF9644199A226-4992F6F10FD0E18-60CA937AB9CD274-CC4CD68AB65C002-E22ED9EC050024D-Grande-Towers.jpg

काठमाडौं । असोजमा अपार्टमेन्ट किनबेच फेरी घटेको छ । एक महिनामा ३८ युनिट अपार्टमेन्ट मात्रै किनबेच भएको भूमि व्यवस्थपन विभागले जनाएको छ । 

भदौमा ४५ युनिट अपार्टमेन्ट किनबेच भएका थिए, जुन गत फागुनयताकै सबैभन्दा उच्च थियो । फागुनमा ५१ युनिट अपार्टमेन्ट किनबेच भएका थिए । 

भदौदेखि अपार्टमेन्ट किनबेचले लय समाउने अपेक्षा विपरित असोजमा उल्टै घटेको छ । हाइराइज अपार्टमेन्ट खरिद गर्ने ग्राहकहरु हुँदा हुँदै पनि बिक्री गर्ने युनिटक कम हुँदा समग्र कारोबार कम देखिएको रियल इस्टेट डेभलपर्स बताउँछन् ।

सकिए नयाँ युनिट 

भूकम्पपछि नयाँ अपार्टमेन्ट निर्माण सम्पन्‍न नभएकोले अहिले पुरानै युनिट किनबेच भइरहेको अवस्था छ । पुराना अपार्टमेन्टकाे स्टक पनि करिव सकिएकाे व्यवसायीकाे भनाइ छ ।

असोजमा देशभर घरजग्गा किनबेचदेखि राजश्‍व असुली बढ्दा पनि अपार्टमेन्ट किनबेच ओरालो लागेको देखिन्छ । असोजमा ३९ हजारभन्दा बढी घरजग्गाको लिखत पारित भएको भूमि विभागको तथ्यांक छ ।

असोजमा सबैभन्दा धेरै अपार्टमेन्ट किनबेच कलंकी मालपोत कार्यालयबाट भएको देखिन्छ । कंलकी मालपोतबाट एक महिनामा २१ युनिट अपार्टमेन्ट किनबेच भएका छन् । यस्तै, ललितपुरको लगनखेल मालपोत कार्यालयबाट १० युनिट अपार्टमेन्ट किनबेच हुँदा डिल्ली बजारबाट पाँच चावहिल मालपोतबाट दुइ युनिट अपार्टमेन्ट किनबेच भएका छन् ।

६ महिनामा २०५ युनिट किनबेच

वर्ष ०८० को वैशाखदेखि असोजसम्म ६ महिनामा २०५ युनिट अपार्टमेन्ट किनबेच भएका छन् । भूमि विभागका अनुसार वैशाखमा ३० युनिट, जेठमा २९ युनिट, असारमा ३३ युनिट, साउनमा ३० युनिट र भदौमा ४५ युनिट अपार्टमेन्ट किनबेच भएका थिए ।
 

ठूला व्यवसायी रियल इस्टेट व्यवसायमा

साढे दुई अर्बको सिमेन्ट निर्यात

हनुमान ढोकास्थित नौ तले दरबार सर्वसाधारणका लागि खुला

भैरहवामा अधिकतम २७ करोड मूल्यांकनको जग्गालाई बैंकले दियो दुई अर्ब २० करोड ऋण !

एसवाई प्यानलको ईपीएस सिट्स बजारमा, घरको इन्सुलेशनका लागि प्रयोग गर्न सकिने

जग्गा वर्गीकरण गर्न स्थानीय तह असफल, १९९ पालिकामा मात्र सम्पन्न, समन्वय गरेर काम गर्न महालेखाको सुझाव

नौ महिनामा घरजग्गा क्षेत्रमा ३२ अर्ब कर्जा प्रवाह

आइएमई ग्रुपको लगानीमा मौलाकालीमा खुल्यो 'इला होटल'

F853A36D612DD46-EPS Sheets .jpg

एसवाई प्यानलको ईपीएस सिट्स बजारमा, घरको इन्सुलेशनका लागि प्रयोग गर्न सकिने

136A5B82547A933-74AAED69AE5164D-4d714748c6afc4a5d9f0d0c1437e8037e4177215.jpg

काठमाडौंमा किन बनेनन् नयाँ घर ?

E3A9775C7C9314F-605E5DEFD398608-_123891123_land.jpg

चैतमा घरजग्गा कारोबार र राजश्व संकलन बढ्यो, देखियो सुधारको शंकेत