देशभर घरको संख्या साढे ७५ लाख नाघ्यो, ६० प्रतिशत घर एक तले

मधेश प्रदेशमा सबैभन्दा धेरै ८४‍.४२ प्रतिशत घर एक तलाका भएको गणनामा देखिएको छ

367B408218B985F-icon.png
954views
14D695D247C11B0-Small-Village-House-Design-Bangladesh-India..jpg

काठमाडौं । देशभर ७५ लाख ५२ हजार ६६ घर पुगेका छन् । केन्द्रीय तथ्यांक विभागले सोमबार सार्वजनिक गरेको राष्ट्रिय जनगणना २०७८ को थप नतिजाले कुल घरमध्ये ५९.८२ प्रतिशत एक तले भएको देखिएको छ । 

दुई तले घर २८.७८ प्रतिशत, तीन तले घर ९.१७ प्रतिशत, चार तले घर १.३ प्रतिशत, पाँचदेखि सात तले घर ०.६४ प्रतिशत, आठदेखि नौ तले घर ०.०१ प्रतिशत र १० तलाभन्दा बढीको ०.००३ प्रतिशत घर रहेको अध्ययनले देखाएको छ ।

मधेश प्रदेशमा एक तला भएको घर सबैभन्दा बढी रहेको गणनामा देखिएको छ । मधेशमा मात्रै ८४.४२ प्रतिशत एक तला घर रहेका छन् । यस्तै, पाँच वा सोभन्दा बढी तला भएको घर बागमती प्रदेशमा सबैभन्दा धेरै अर्थात् २.३४ प्रतिशत रहेको छ ।

देशभर कुल ६६ लाख ६० हजार ८४१ परिवार (संस्थागत परिवार बाहेक) मध्ये १०.२७ प्रतिशत परिवारले आवासीय घर निर्माण गर्दा सरकारी अनुदान लिएको देखिएको छ । जसमध्ये सबैभन्दा धेरै बागमती प्रजेशमा २६.६४ प्रतिशत र सबैभन्दा कम सुदूरपश्चिम प्रदेशमा २.९८ प्रतिशत रहेको छ ।

ठूला व्यवसायी रियल इस्टेट व्यवसायमा

साढे दुई अर्बको सिमेन्ट निर्यात

हनुमान ढोकास्थित नौ तले दरबार सर्वसाधारणका लागि खुला

भैरहवामा अधिकतम २७ करोड मूल्यांकनको जग्गालाई बैंकले दियो दुई अर्ब २० करोड ऋण !

एसवाई प्यानलको ईपीएस सिट्स बजारमा, घरको इन्सुलेशनका लागि प्रयोग गर्न सकिने

जग्गा वर्गीकरण गर्न स्थानीय तह असफल, १९९ पालिकामा मात्र सम्पन्न, समन्वय गरेर काम गर्न महालेखाको सुझाव

नौ महिनामा घरजग्गा क्षेत्रमा ३२ अर्ब कर्जा प्रवाह

आइएमई ग्रुपको लगानीमा मौलाकालीमा खुल्यो 'इला होटल'

09A031381C9A85B-street-view_12-Photo-2048x1152.jpg

ठूला व्यवसायी रियल इस्टेट व्यवसायमा

9019A7574F7E066-khurkot-bajar-in.jpg

घर कस्तो ठाउँमा बनाउने ? कहाँ नबनाउने ?

8DE8A9A98AD7F45-article-2056975-0EA5BC2400000578-6_1024x615_large.jpg

बास्तु विज्ञान : घर बनाउनुअघि जान्नैपर्ने १३ कुरा