घर कस्तो ठाउँमा बनाउने ? कहाँ नबनाउने ?

दलदल भएको ठाउँ, पानी जम्ने ठाउँ, भिरालो जग्गा, चिरा परेको ठाउँ, ढुंगा झर्ने ठाउँहरुमा घर बनाउँदा पनि क्षति हुने सम्भवना रहन्छ ।

367B408218B985F-icon.png
1579views
9019A7574F7E066-khurkot-bajar-in.jpg

काठमाडौं । अविरल वर्षा, बाढीपहिरो, भूकम्पलगायत कारण नेपालमा धेरै धनजनको क्षति हुने गरेको छ । 

०७२ मा गएको महाभूकम्पले देशैभर ठूलो संख्यामा घर तथा भवन भत्किए, घरमा पुरिएर हजारौंले ज्यान गुमाउनुपर्यो । गत वर्ष पश्‍चिम नेपालमा गएको भूकम्पले थप क्षति पुरायो ।

नेपालमा वर्षाको समयमा बाढी आएर, पहिरो खसोर धनजनको क्षति हुने सामान्य भइसक्यो । भौगोलिक बनावट छ नै त्यस्तै । यो वर्ष ११ र १२ अशोजमा लगाता आएको अविरल वर्षाका कारण काठमाडौं उपत्यकासहित धेरै ठाउँ डुबानमा परे । बाढीपहिरोमा परेर ठूलो संख्यामा घरहरु पुरिए/बगे भने धेरैले ज्यान गुमाउनु पर्यो ।

वर्षेनी बाढीपहिरोमा परेर धनजनको क्षति हुन थालेपछि खोला तथा नदी किनाराका परिवारलाई सुरक्षित स्थानमा सार्ने सरकारको तयारी छ । नेपालमा नदी तथा खोला किनारमा बस्‍ने परिवारहरु वर्षाको समयमा सबैभन्दा धेरै प्रभावित हुने गरेका छन् ।

यसको अलवा दलदल भएको ठाउँ, पानी जम्ने ठाउँ, भिरालो जग्गा, चिरा परेको ठाउँ, ढुंगा झर्ने ठाउँहरुमा घर बनाउँदा पनि क्षति हुने सम्भवना रहन्छ ।

हामीले शहरी विकास तथा भवन निर्माण विभागले तयार पारेको घरधनीहरुका लागि भवन निर्माण सम्बन्धी सहयोगी पुस्तिकालाई आधार बनाएर कस्तो ठाउँमा घर बनाउन हुँदैन, जोखिम बढी हुन्छ भनेर जानकारी गराउँदै छौं ।  

घर तथा भवन निर्माणका लागि कस्तो निर्माणस्थल छनोट गर्ने ?

१) भवन निर्माणका लागि समथर जमिन उपयुक्त स्थान हो । यस्तो ठाउँमा ढुंगा खस्‍ने वा पहिलो जाने सम्भवना कम हुँदैन ।

२) पहिरो जान सक्ने क्षेत्र, पहिरो गइरहेको क्षेत्र, भौगर्भिक चिरा परेको ठाउँ, नदीको बगर वा सिमसार (दलदल), ढुंगा झर्ने ठाउँ, भिरालो क्षेत्र, माटो भरेको वा पुरुवा माटो भएको ठाउँमा  घर बनाउन नहुने शहरी विभागको सुझाव छ ।

उल्लेखित स्थानहरुमा घर वा भवन निर्माण कार्यका लागि अनुपयूक्त हुने हुँदा त्यस्ता स्थानमा निर्माण कार्य नगर्न सुझाव छ । तर, यदि निर्माण कार्य गर्नैपर्ने भएमा प्राविधिकसँग सरसल्लाह लिएर मात्र गर्न विभागले सतर्क बनाएको छ ।

ठूला व्यवसायी रियल इस्टेट व्यवसायमा

साढे दुई अर्बको सिमेन्ट निर्यात

हनुमान ढोकास्थित नौ तले दरबार सर्वसाधारणका लागि खुला

भैरहवामा अधिकतम २७ करोड मूल्यांकनको जग्गालाई बैंकले दियो दुई अर्ब २० करोड ऋण !

एसवाई प्यानलको ईपीएस सिट्स बजारमा, घरको इन्सुलेशनका लागि प्रयोग गर्न सकिने

जग्गा वर्गीकरण गर्न स्थानीय तह असफल, १९९ पालिकामा मात्र सम्पन्न, समन्वय गरेर काम गर्न महालेखाको सुझाव

नौ महिनामा घरजग्गा क्षेत्रमा ३२ अर्ब कर्जा प्रवाह

आइएमई ग्रुपको लगानीमा मौलाकालीमा खुल्यो 'इला होटल'

09A031381C9A85B-street-view_12-Photo-2048x1152.jpg

ठूला व्यवसायी रियल इस्टेट व्यवसायमा

D1A87D30557B21E-planing.jpg

जग्गा वर्गीकरण गर्न स्थानीय तह असफल, १९९ पालिकामा मात्र सम्पन्न, समन्वय गरेर काम गर्न महालेखाको सुझाव

0BE5EFE210B8793-845F41975B5239A-457805888_1058533425842663_1549223094168763092_n.jpg

भूमिसम्बन्धी विधेयक चालु अधिवेशनबाट पारित गरिने