झापाकै दमक क्षेत्र पनि कित्ताकाट र घरजग्गा किनबेचमा अगाडि नै छ ।
काठमाडौं । आर्थिक गतिविधिहरु बढ्दै गइरहेको झापाको भद्रपुर रियल इस्टेटको हब बनेको छ । भद्रपुर क्षेत्रमा जग्गाको कित्ताकाटदेखि घरजग्गा किनबेच देशकै धेरै हुन थालेको छ ।
असोजमा भद्रपुर मालपोत कार्यालय कित्ताकाटमा पहिलो र घरजग्गाको लिखत पारित संख्यामा तेस्रो स्थानमा रहेको छ । एक महिनामा भद्रपुरमा २४ सय २१ जग्गा कित्ताकाट भई पाँच हजार ४१ कित्ता पुगेका छन् भने १५ सय ६३ घरजग्गाको लिखत पारित भएको छ ।
झापाकै दमक क्षेत्र पनि कित्ताकाट र घरजग्गा किनबेचमा अगाडि नै छ ।
कित्ताकाटका हिसावले धनुषा मालपोत कार्यालय दोस्रो नम्बरमा छ, त्यहाँ एक महिनामा चार हजार ४५३ कित्ताकाट भएका छन् । सुनसरीको इनरुवा मालपोतबाट तीन हजार ६२७, सप्तरीको राजविराजबाट पनि तीन हजार ६२७, पर्साबाट ३१ सय, मोरङको बेलवारीमा २९ सय ६०, नेपालगञ्जमा २७ सय ५० कित्ताकाट भएका छन् ।
यस्तै, महोत्तरीको जलेश्वरमा २५ सय ८०, भक्तपुरमा २४ सय २३, कैलालीको धनगढीमा २३ सय ६३, बाराको कलैयामा २३ सय २५, ललितपुरमा २१ सय ९४, काभ्रेमा २१ सय ५३, सिराहाको लाहानमा २१ सय १५ कित्ताकाट भएको भूमि व्यवस्थापन विभागले जनाएको छ ।
घरजग्गा किनबेचमा इनरुवा पहिलो
असोजमा इनरुवा मालपोतबाट १९ सय ४१ घरजग्गाको लिखत पारित भइ पहिलो बनेको छ । यस्तै, जनकपुरमा १७ सय ३८, झापाको भद्रपुरमा १५ सय ६३, मोरङको बेलवारीमा १४ सय १९, सप्तरीको राजविराजमा १३ सय २८ घरजग्गाको लिखत पारित भएको छ ।
यस्तै, बाँकेमा एक हजार ८८, महोत्तरीको जलेश्वरमा एक हजार २२, भक्तपुरमा ९९५, लगनलखेलमा ९५६, पर्सामा ९४४, सर्लाहीको मलंगवामा ९२१, बाराको कलैयामा ९०३ घरजग्गाको लिखत पारित भएको देखिन्छ ।
उपत्यकामा करिव १० हजार कित्ताकाट
काठमाडौं उपत्यकाका तीन जिल्लाका नौवटा मालपोतबाट असोजमा नौ हजार ६८७ कित्ताकाट भएका छन् । ललितपुरमा २२ सय २२, भक्तपुरमा २४ सय २३, डिल्लीबजारबाट ३०१, चावहिलबाट ८९०, कलंकीबाट १३ सय ८३, साँखुबाट ११ सय ३३, मनमैंजुबाट ८१२ र टोखाबाट ५२५ कित्ताकाट भएका छन् ।
उपत्यकामा ४३ सय किनबेच
असोजमा काठमाडौं उपत्यकामा चार हजार २८४ घरजग्गा किनबेच भएका छन् । जसमध्ये ९५६ घरजग्गा लगनखेलबाट किनबेच भएका छन् भने गोटीखेलबाट १८, भक्तपुरबाट ९९५, डिल्लीबजारबाट २१०, चावहिलबाट ४७०, कलंकीबाट ७२९, साँखुबाट ४६६, मनमैंजुबाट २८६ र टोखाबाट १५४ घरजग्गा किनबेच भएको विभागले जनाएको छ ।