धेरै घरजग्गा कारोबार हुनेमा मोरङ पहिलो, काठमाडौं चौथो स्थानमा, मनाङ र मुस्ताङ पुछारमा

काठमाडौं उपत्यका, पोखरा, चितवन, रुपन्देहीजस्ता परम्परागत घरजग्गा कारोबारका हटस्पट पछाडि पर्दै गइरहेका छन्

367B408218B985F-icon.png
272views
F45519E163BCE2E-476958839_1341435693663267_1821604850385103110_n.jpg

काठमाडौं । यतिबेला तराइका जिल्लाहरुमा सबैभन्दा धेरै घरजग्गा कारोबार भइरहेका छन् । त्यसमा पनि पूर्वी तराइ अग्रस्थानमा देखिन्छ ।

पश्चिमका दाङ, बाँके र कैलाली जिल्लामा पनि घरजग्गा किनबेच बढ्दै गइरहेको देखिन्छ । काठमाडौं उपत्यका, पोखरा, चितवन, रुपन्देहीजस्ता परम्परागत घरजग्गा कारोबारका हटस्पट पछाडि पर्दै गइरहेका छन् । 

यद्यपी, घरजग्गा कारोबार र कित्ताकाट संख्यामा पछाडि परेपनि राजश्व संकलनमा भने परम्परागत हटस्पट नै अग्रस्थानमा रहेको भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्यांकले देखाउँछ ।

माघ महिनामा सबैभन्दा धेरै घरजग्गा मोरङ जिल्लामा किनबेच भएका छन् । मोरङमा रहेका तीनवटा मालपोत कार्यालयबाट एक महिनामा २८ सय १६ घरजग्गाको लिखत पारित भएका छन् ।

दोस्रो स्थानमा झापा जिल्ला रहेको छ, जहाँ रहेका दुई मालपोत कार्यालयबाट एक महिनामा २४ सय २३ घरजग्गाको लिखत पारित भएको छन् । एक महिनामा २१ सय ५५ लिखत पारित भएर दाङ तेस्रो स्थानमा छ । दाङमा घोराही, लमही र तुलसीपुरमा गरी तीनवटा मालपोत कार्यालय छन् । 

देशको संघीय राजधानी काठमाडौंमा २१ सय एक घरजग्गाको लिखत पारित भएका छन् । काठमाडौंमा सबैभन्दा धेरै ६ वटा मालपोत कार्यालय रहेका छन् । १९ सय ६४ लिखत पारित भएको सुनसरी जिल्ला पाँचौं स्थानमा छ । सुनसरीमा इनरुवा र धरानमा मालपोत कार्यालय छन् ।

सुनसरीको इनरुवा र मोरङको बेलवारी देशमै सबैभन्दा धेरै घरजग्गा कारोबार हुने मालपोत कार्यालयमा पर्छन् । 

रुपन्देहीबाट १८ सय ४२, धनुषामा १८ सय २९, सिराहामा १७ सय ८१, बाँकेमा १७ सय २०, सर्लाहीमा १७ सय पाँच, सप्तरीमा १५ सय पाँच, बारामा १४ सय ६०, रौतहटमा १४ सय ४१, कपिलवस्तुमा १४ सय आठ घरजग्गाको लिखत पारित भएको देखिन्छ ।

सबैभन्दा कम घरजग्गा कारोबार हुनेमा मनाङ र मुस्ताङ जिल्ला रहेका छन् । यी जिल्लाबाट माघमा पाँच/पाँचवटा लिखत पारित भएका हुन् ।

अछामबाट १०, डोल्पामा १२, मुगुमा १३, हुम्लामा २१, बैतडीमा २८, बाजुरामा २८, जुम्लामा ३१, डोटीमा ३८, बझाङमा ४१, दार्चुलामा ५०, रुकुम पूर्व ५५, कालिकोट ५६, रसुवा ६४, तेह्रथुममा ६५, डढेल्धुरमा ६९, म्याग्दीमा ८१, पर्वतमा ८५ घरजग्गाको लिखत पारित भएका छन् ।  

ठूला व्यवसायी रियल इस्टेट व्यवसायमा

साढे दुई अर्बको सिमेन्ट निर्यात

हनुमान ढोकास्थित नौ तले दरबार सर्वसाधारणका लागि खुला

भैरहवामा अधिकतम २७ करोड मूल्यांकनको जग्गालाई बैंकले दियो दुई अर्ब २० करोड ऋण !

एसवाई प्यानलको ईपीएस सिट्स बजारमा, घरको इन्सुलेशनका लागि प्रयोग गर्न सकिने

जग्गा वर्गीकरण गर्न स्थानीय तह असफल, १९९ पालिकामा मात्र सम्पन्न, समन्वय गरेर काम गर्न महालेखाको सुझाव

नौ महिनामा घरजग्गा क्षेत्रमा ३२ अर्ब कर्जा प्रवाह

आइएमई ग्रुपको लगानीमा मौलाकालीमा खुल्यो 'इला होटल'

09A031381C9A85B-street-view_12-Photo-2048x1152.jpg

ठूला व्यवसायी रियल इस्टेट व्यवसायमा

D1A87D30557B21E-planing.jpg

जग्गा वर्गीकरण गर्न स्थानीय तह असफल, १९९ पालिकामा मात्र सम्पन्न, समन्वय गरेर काम गर्न महालेखाको सुझाव

0BE5EFE210B8793-845F41975B5239A-457805888_1058533425842663_1549223094168763092_n.jpg

भूमिसम्बन्धी विधेयक चालु अधिवेशनबाट पारित गरिने