कर्जाको किस्ता र व्याज बुझाउने अवधि बढाउन इँटा उद्योगीको माग

कोभिड संक्रमणको समयदेखि नै इँटा उद्योग संचालनको अवस्था दयनीय रहेको उद्योगीको गुनासो छ

367B408218B985F-icon.png
365views
5BE205F4567B2C6-56543DF09AC5D91-1644065133-UXOFg.jpg

काठमाडौ । भक्तपुरका इँटा उद्योगीहरुले सरकारसँंग कर्जाको किस्ता र व्याज बुझाउने अवधि बढाइदिन माग गरेका छन् । भक्तपुरकी सिडिओ रोशनी कुमारी श्रेष्ठमार्फत इँटा उद्योगीले अर्थ मन्त्रालयलाई ज्ञापनपत्र बुझाएका छन् ।

‘भौतिक संरचना निर्माणको लागि आवश्यक सामग्रीमध्येमा इँटा प्रमुख वस्तुमा पर्छ, देशभरका इँटा उद्योगले माग परिपूर्ति गर्दै आएका छन्, आयात गर्नुपर्ने अवस्था रहेको छैन’ ज्ञापनपत्रमा भनिएको छ ।

इँटा उद्योग खुला आकाशमुनि संचालन हुने मौसमी उद्योग भएकोले उद्योग संचालनको समयमा वेमौसमी वर्षा भइदिँदा ठूलो परिमाणमा काँचो इँटा नष्ट हुने गर्छन् । जसले लगानी डुब्‍ने सम्भवना रहन्छ । साथै, ठूलो संख्यामा कार्यरत कामदारलाई तलब भत्ता दिन समेत मुस्किल परिरहेको उद्योगीको भनाई छ ।

कोभिड संक्रमणको समयदेखि नै इँटा उद्योग संचालनको अवस्था दयनीय रहेको उद्योगीको गुनासो छ । कोभिडपछि निर्माण क्षेत्र सुस्ताउनुका साथै कामदार समेत नपाउँदा ०७७ सालमा भक्तपुरमा संचालित इँटा उद्योगहरु पूर्ण रुपमा बन्द रहेको उनीहरुले सिडिओ श्रेष्ठलाई जानकारी गराए ।

‘आर्थिक वर्ष ०७८/७९ र ०७९/८० सम्म पनि जिल्लामा रहेका इँटा उद्योगमध्ये ६०/७० प्रतिशत मात्र संचालनमा आएका छन्’ ज्ञापनपत्रमा भनिएको छ, ‘यसरी संचालित इँटा उद्योगहरुले ५०/६० प्रतिशत अर्थात् २/३ राउण्डमात्र इँटा उत्पादन गरेर उद्योग बन्द गर्नुपरेको थियो ।’

यसरी इँटा उद्योगहरु संचालनको संख्यामा ह्रास आउनु र इँटा उद्योग संचालनमा नैराश्यता छाउनुको मुख्य कारण भनेको कोइलाको मूल्यबृद्धि हुनु, कोइला खरिद गर्दा अग्रिम रकम बुझाउनुपर्ने प्रावधान रहेको उद्योगीको जिकिर छ । 

इँटा उद्योगहरु वित्तीय संकटमा परेको भन्दै उद्योगीहरुले अर्थमन्त्री डा. प्रकाशशरण महतलाई वित्तीय संकटल सम्वोधनको लागि पहल गर्न ज्ञापनपत्रमार्फत आग्रह गरेका छन् ।

ज्ञापनपत्रमा भनिएको छ, ‘आन्तरिक तथा वाह्यक कारण सिर्जित मन्दीले भौतिक संरचना निर्माणको गति ठप्प हुँदा निर्माण सामग्रीहरुको माग न्यून रहेकोले विगत २/३ वर्ष अगाडिबाट उत्पादित इँटा समेत विक्री नभएर उद्योग परिसरमा नै ठूलो परिमाणमा स्टक रहँदा उद्योगी व्यवसायीहरुमा चरम वित्तीय संकट सृजना भएको छ ।’

यस्तो अवस्थामा उद्योगीहरुले वैंकबाट लिएको ऋणको किस्ता र व्याज तोकिएको भाखामा नै बुझाउन नसकेको यथार्थता उद्योगीहरुले सरकारसँग राखेका छन् । एकातर्फ निर्माण कार्य गरेवापत व्यवसायीहरुले समयमा नै भुक्तानी पाउन नसक्दा त्यसको प्रत्यक्ष असर इँटा उद्योगहरुमा पर्न गएको छ भने अर्कोतर्फ पुँजीगत खर्च बढाउन नसक्दा भौतिक निर्माणका कामले गति लिन नसक्दा अपेक्षाकृत रुपमा इँटा विक्री हुन नसकी इँटा उद्योगहरुलाई पूँजी अभाव भएको उनीहरुको गुनासो छ ।

‘उद्योग संचालन गर्न सक्ने सामथ्र्य नै नभएर हामी पानी विनाको माछा झैं छटपटाइरहेका छौं, अहिले उद्योग व्यवसाय आर्थिक संकटको चपेटाले तहस नहस भइरहेको छ’ सिडिओसमक्ष उनीहरुको सामुहिक गुनासो थियो ।
इँटा उद्योगहरुमाथि मडारिरहेको आर्थिक संकटको कालो वादल हटाउन अर्थमन्त्रीबाट विशेष पहल हुने उद्योगीको अपेक्षा छ ।

बैंकहरुले ऋणको किस्ता र व्याज बुझाउन ताकेता गर्दा भाखाभित्र साँवा र व्याजको किस्ता बुझाउन नसक्दा इँटा उद्योगीहरुले धितो सुरक्षणवापत बैंकमा धितो बन्धक राखेको घरजग्गा लिलाम विक्रीको प्रक्रियालाई अगाडि बढाएर आफुहरुलाई उठिबास गराउन लागेको उनीहरुको भनाई छ ।

अहिलेको संकटपूर्ण अवस्थाको गम्भिर्यतालाई मनन गरी तत्कालको लागि बैंकको व्याजदरलाई एकल अंकमा झारेर इँटा उद्योगीहरुले लिइरहेको कर्जाको किस्ता बुझाउने अवधी ०८२ साल असार मसान्तसम्म कायम गरिदिन उद्योगीले अर्थमन्त्रीसँग आग्रह गरेका छन् ।
 

फेरिँदैछ वीरगञ्जको मुहार

यी हुन् लगानी सम्मेलनमा सोकेश गरिने शहरी विकासका ६ परियोजना

किन घट्यो अर्पार्टमेन्ट किनबेच ?

वर्ष ०८०ः कित्ताकाट दोब्बर वृद्धि, तर घरजग्गा किनबेच अपेक्षित बढेन

चोभारको जलविनायक कोलोनीमा १५ घर र १३ घडेरी बिक्रीमा, मूल्य कति पर्छ ?

नौ महिनामा तीन अर्बको सिमेन्ट निर्यात

काठमाडौं उपत्यकामा ४०% सम्म मूल्य घट्दा पनि किन बढेन घरजग्गा कारोबार ?

रुकुमको ‘चौरजहारी नयाँ शहर’ निर्माणका लागि जग्गा प्राप्ती सुरु, अब काम अगाडि बढ्ला ?

7F45A1FB13B2EEE-F4AF1FAEB133DEC-7A6CE68FAA516AA-054B042863FC9D0-2908F17F4D17E96-902B178FAB52BBB-Kathmandu-valley.jpg

काठमाडौं उपत्यकामा ४०% सम्म मूल्य घट्दा पनि किन बढेन घरजग्गा कारोबार ?

7A6CE68FAA516AA-054B042863FC9D0-2908F17F4D17E96-902B178FAB52BBB-Kathmandu-valley.jpg

काठमाडौं उपत्यकामा झनै घट्यो घरजग्गा कारोबार

5CC7609B0C700C3-hetauda-cement-780x470.jpg

प्राधिकरणले विद्युत् कटौती गर्दा एउटा उद्योगमा ७ करोडसम्म घाटा