काठमाडौं उपत्यकामा झनै घट्यो घरजग्गा कारोबार

तुलनात्मक रुपमा मूल्य कम र खाली जग्गा धेरै भएका दक्षिण ललितपुर, थानकोट, दहचोक, किर्तिपुर, साँखु क्षेत्रमा धेरै किनबेच

367B408218B985F-icon.png
1354views
7A6CE68FAA516AA-054B042863FC9D0-2908F17F4D17E96-902B178FAB52BBB-Kathmandu-valley.jpg

काठमाडौं । देशभर समग्रमा घरजग्गा खरिद बिक्री, राजश्व उठ्ती र कित्ताकाट बढ्दै गए पनि संघीय राजधानी काठमाडौं उपत्यकामा भने घट्दै गइरहेको देखिएको छ । 

चालू वर्ष ०८० को वैशाखदेखि पुससम्म नौ महिनामा गत वर्षको सोही अवधिको तुलनामा उपत्यकामा घरजग्गा किनबेच १४.६१ प्रतिशतले घटेको छ । मंसिर महिनामा बाहेक अरु सबै महिनाहरु घरजग्गाको लिखत पारित अघिल्लो वर्षभन्दा कम भएको भूमि व्यवस्थापन तथा अभिलेख विभागको तथ्यांकले देखाउँछ ।

चालू वर्षको नौ महिनामा उपत्यकाका तीन जिल्लाका नौ मालपोत कार्यालयबाट ३३ हजार ३९६ घरजग्गा किनबेच भएको देखिन्छ । जबकी, गत वर्षको वैशाखदेखि पुससम्म ३९ हजार १११ घरजग्गा किनबेच भएको तथ्यांकले देखाउँछ ।

चालू वर्षको मासिक तथ्यांक हेर्ने हो भने कार्तिकपछि घरजग्गा किनबेच निरन्तर बढिरहेको देखिन्छ ।

घरजग्गा कारोबार घटेसँगै राजश्व संकलन पनि घटेको छ । गत वर्षको पहिलो नौ महिनामा उपत्यकाबाट १२ अर्ब ९६ करोड ८७ लाख रुपैयाँ राजश्व संकलन हुँदा यस वर्ष नौ महिनामा १२ अर्ब नौ करोड सात लाख रुपैयाँ राजश्व संकलन भएको छ । 

गत वर्षको तुलनामा यस वर्ष मालपोत राजश्व संकलन झन्डै अर्बमा घटेको देखिन्छ ।

घरजग्गाको परम्परागत हटस्पट उपत्यकालाई घरजग्गा किनबेचमा मोफसलका मालपोत कार्यालयले पछाडि पारिसकेका छन् । पछिल्लो समय झापा, मोरङ, सुनसरी, धनुषा, दाङ, बाँके, कैलाली लगायत जिल्लाका मालपोत कार्यालयबाट सबैभन्दा धेरै घरजग्गा किनबेच हुन थालेका छन् ।

घरजग्गा किनबेच मोफसलमा धेरै हुन थालेपनि राजश्वमा भने उपत्यकाकै योगदान बढी हुने गरेको छ । उपत्यकामा महंगा पोपर्टी किनबेच हुने हुनाले रजिष्ट्रेशन शुल्कसँगै पुँजीगत लाभकर समेत धेरै उठ्ने गर्छ ।

नौ महिनाको किनबेच र राजश्व उठ्ती 

०८० को नौ महिनामा सबैभन्दा धेरै लगनखेल मालपोत कार्यालयबाट ७७ हजार ७७७ घरजग्गाको लिखत पारित भएका छन् । यस्तै, भक्तपुरबाट सात हजार ९३०, डिल्लीबजारबाट १७ सय आठ, चावहिलबाट तीन हजार ६२१, कलंकीबाट पाँच हजार ६२९, साँखुबाट तीन हजार ७०१, मनमैंजुबाट १५ सय ९६ र टोखाबाट १२ सय ७८ घरजग्गाको लिखत पारित भएको विभागले जनाएको छ ।

सबैभन्दा धेरै राजश्व पनि लगनखेल मालपोतबाटै उठेको देखिन्छ, जहाँबाट नौ महिनामा दुई अर्ब ६६ करोड ५९ लाख रुपैयाँ राजश्व उठेको छ । यस्तै, डिल्लीबजार मालपोतबाट दुई अर्ब ६९ लाख राजश्व उठेको छ । कारोबार संख्याका हिसावले डिल्ली बजारबाट कम किनबेच भएपनि महंगो पोपर्टी खरिद बिक्री हुने हुनाले सबैभन्दा धेरै पुजीगत लाभकर उठ्ने गरेको छ ।

भक्तपुर मालपोतबाट एक अर्ब ९६ करोड ४० लाख, कलंकीबाट एक अर्ब ८६ करोड ९२ लाख, चावहिलबाट एक अर्ब ७९ करोड २५ लाख, साँखुबाट ६६ करोड १५ लाख, मनमैंजुबाट ५६ करोड १७ लाख र टोखाबाट ५६ करोड ६२ लाख रुपैयाँ राजश्व संकलन भएको छ ।

कुन महिना कति किनबेच र राजश्व उठ्यो, हेर्नुहोस् चार्टमा

ठूला व्यवसायी रियल इस्टेट व्यवसायमा

साढे दुई अर्बको सिमेन्ट निर्यात

हनुमान ढोकास्थित नौ तले दरबार सर्वसाधारणका लागि खुला

भैरहवामा अधिकतम २७ करोड मूल्यांकनको जग्गालाई बैंकले दियो दुई अर्ब २० करोड ऋण !

एसवाई प्यानलको ईपीएस सिट्स बजारमा, घरको इन्सुलेशनका लागि प्रयोग गर्न सकिने

जग्गा वर्गीकरण गर्न स्थानीय तह असफल, १९९ पालिकामा मात्र सम्पन्न, समन्वय गरेर काम गर्न महालेखाको सुझाव

नौ महिनामा घरजग्गा क्षेत्रमा ३२ अर्ब कर्जा प्रवाह

आइएमई ग्रुपको लगानीमा मौलाकालीमा खुल्यो 'इला होटल'

D1A87D30557B21E-planing.jpg

जग्गा वर्गीकरण गर्न स्थानीय तह असफल, १९९ पालिकामा मात्र सम्पन्न, समन्वय गरेर काम गर्न महालेखाको सुझाव

35CC17359145C47-1ACA909F34EF8CA-7E5C8BC82213D99-4485248A7232C69-FB89AC35CF6D453-807C2BF20DB9472-CE4D9B49BB8B3BE-A54C5DD579A9A2F-4222943AE6649CA-news cover.jpg

नौ महिनामा घरजग्गा क्षेत्रमा ३२ अर्ब कर्जा प्रवाह

F45DC765FCADAB3-gharjagga-770x515.jpg

वर्ष ०८१ः काठमाडौं उपत्यकाभित्र ४७ हजार घरजग्गा किनबेच, सवा १९ अर्ब राजश्व संकलन