कोरोनापछि पहिलोपटक पुसमा वृहत घरजग्गा मेला हुँदै, ६० भन्दा बढी स्टल रहने

एक्स्पोमा ६० भन्दा बढी स्टलहरु रहनेछन्, जहाँ एक लाखभन्दा बढी अवलोकनकर्ता आउने आयोजकको अपेक्षा छ

367B408218B985F-icon.png
613views
4DD55FA59D8CFF2-real state final.jpg

काठमाडौं । चरम आर्थिक मन्दीकै बिच काठमाडौंको भृकुटीमण्डपमा आठौं रियल इस्टेट एक्स्पो आयोजना हुने भएको छ । नेपाल जग्गा तथा आवास विकास संघले १२ देखि १५ पुससम्म घरजग्गाको बृहत मेला आयोजना गर्न लागेको हो । 

संघले कोभिड महामारीअघि सातवटा रियल इस्टेट एक्स्पो सफलतापूर्वक आयोजना गरिसकेको छ । कोभिडपछि पहिलो पटक बृहत रियल इस्टेट एक्स्पो आयोजना गर्ने तयारी थालेको संघले जनाएको छ ।

एक्स्पोमा ६० भन्दा बढी स्टलहरु रहने बताइएको छ, जसको बुकिङ समेत खुला गरिसकेको संघले जनाएको छ । एक्स्पोमा एक दर्जनभन्दा बढी रियल इस्टेट व्यवसायीले स्टल राख्‍ने अनुमान गरिएको छ । एक्स्पोमा करिब एक लाखभन्दा बढी दर्शकहरुले अवलोकन गर्ने अपेक्षा गरिएको छ । 

नेपाल जग्गा तथा आवास विकास महासंघ प्रवद्र्धक भएर ललितपुर जग्गा तथा आवास विकास संघ र भक्तपुर जग्गा तथा आवास विकास संघको सहआयोजनामा आठौं रियल इस्टेट एक्स्पो आयोजना हुन लागेको हो । 

नेपालको संविधानले आवासको हकलाई मौलिक हकका रूपमा प्रत्याभूत गरेको तथ्यलाई ध्यानमा राख्दै घरजग्गा विकासकर्ताहरूले किफायती, व्यवस्थित एवं सुरक्षित आवास र जग्गा विकासको माध्यमबाट योजनाबद्ध सहरीकरण प्रक्रियामा महत्वपूर्ण योगदान पुर्याउँदै आएका छन् । 

यो एक्स्पो रियल इस्टेट क्षेत्रका विकासकर्ता र उपभोक्ताहरूबीच एकै स्थलको भेटघाट बिन्दु हुनेछ । जसमा डेभलपरहरुले आफ्ना नयाँ उत्पादनहरू उपभोक्ताहरूलाई प्रदर्शन गर्नेछन् र उपभोक्ताहरूले नेपालको आवास तथा जग्गा विकास सम्बन्धी समग्र पक्षहरुबारे पर्याप्त जानकारी प्राप्त गर्ने संघको विश्वास रहेको छ । 

नेपालमा घरजग्गा बजार र घर खरिदकर्ताहरूलाई लक्षित गरी आयोजना हुन लागेको भए पनि एक्स्पोमा व्यावसायिक र व्यापारिक सम्पत्ति, वास्तुकला, निर्माण, भवन, इन्जिनियरिङ, बैंकिङ र बीमा कम्पनीहरूसहित राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रदर्शकहरु समेतको सहभागिता हुने बताइएको छ ।

एक्स्पोमा अपार्टमेन्ट र टाउन हाउस कम्प्लेक्स, घडेरी जग्गा, बत्ती तथा विद्युतीय फिक्स्चर, फर्निचर र फर्निसिङ, सिरेमिक, फोहोर व्यवस्थापन, घरजग्गा एजेन्ट, निर्माण सामग्री आपूर्तिकर्ता र वितरक, निर्माण उपकरण तथा सेवाहरू समावेश गरिने छ । 

यो एक्स्पो जग्गा तथा भवन विकासकर्ता, जग्गा तथा घर खरीदकर्ता, लगानीकर्ता, उपभोक्ता, घर जग्गा एजेन्ट, इन्जिनियर, आर्किटेक्ट, टाउन प्लानर, इन्टेरियर डिजाइनर, प्रवलीकरण तथा पुनःनिर्माण सम्बन्धी डिजाइनर र निर्माण सामग्री आपूर्तिकर्ता तथा वितरकहरुका लागि साझा मञ्‍च हुने विश्‍वास गरिएको छ ।

साथै, निर्माण उपकरण उत्पादक एवं डिलर, प्लम्बर, इलेक्ट्रिसियन तथा लाइटिङ व्यवसायीहरु र अन्य सेवा प्रदायकहरूका लागि साझा मन्च हुने छ । 

यस एक्स्पोमा उपभोक्ताले आफ्नो छनोटअनुसार उपयुक्त मूल्यमा आवास, जग्गा र अपार्टमेन्ट खरिद गर्न पाउने अवसर प्राप्त गर्नेछन् । साथै, घरजग्गालाई सरल, किफायती, अनुमानयोग्य र व्यवस्थित बनाउन पनि यो एक्स्पो निकै उपयोगी हुने विश्वास गरिएको छ ।

यी हुन् लगानी सम्मेलनमा सोकेश गरिने शहरी विकासका ६ परियोजना

किन घट्यो अर्पार्टमेन्ट किनबेच ?

वर्ष ०८०ः कित्ताकाट दोब्बर वृद्धि, तर घरजग्गा किनबेच अपेक्षित बढेन

चोभारको जलविनायक कोलोनीमा १५ घर र १३ घडेरी बिक्रीमा, मूल्य कति पर्छ ?

नौ महिनामा तीन अर्बको सिमेन्ट निर्यात

काठमाडौं उपत्यकामा ४०% सम्म मूल्य घट्दा पनि किन बढेन घरजग्गा कारोबार ?

रुकुमको ‘चौरजहारी नयाँ शहर’ निर्माणका लागि जग्गा प्राप्ती सुरु, अब काम अगाडि बढ्ला ?

१० करोड लगानीमा 'त्रिशुली भिल्ला' सञ्चालन

B8CC07504501B76-apartment1614176585.jpg

किन घट्यो अर्पार्टमेन्ट किनबेच ?

A2BE24EA1303BB4-435712304_7531880606890040_4919092065027431720_n.jpg

वर्ष ०८०ः कित्ताकाट दोब्बर वृद्धि, तर घरजग्गा किनबेच अपेक्षित बढेन

7F45A1FB13B2EEE-F4AF1FAEB133DEC-7A6CE68FAA516AA-054B042863FC9D0-2908F17F4D17E96-902B178FAB52BBB-Kathmandu-valley.jpg

काठमाडौं उपत्यकामा ४०% सम्म मूल्य घट्दा पनि किन बढेन घरजग्गा कारोबार ?