१० करोड लगानीमा 'त्रिशुली भिल्ला' सञ्चालन

भिल्लामा न्युनतम चार हजार रुपैयाँदेखि प्याकेज बुक गर्न सकिन्छ, जसमा रुम, डिनर र ब्रेकफास्टसँगै स्विमिङ पुल, साउना, स्टिम, हाइकिङजस्ता सुविधा प्राप्त हुने बताइएको छ ।

367B408218B985F-icon.png
1493views
B16CFA528F92576-Trishuli Villa.png

काठमाडौं । पृथ्वी राजमार्गको मलेखु नजिक बेनिघाटमा त्रिशुली रिभरसाइड रिसोर्ट सञ्चालन गरिरहेका उद्दव कँडेलले त्रिशुली नदीको पारीपट्टी ’त्रिशुली भिल्ला’ सञ्चालनमा ल्याएका छन् ।   

१५ रोपनी क्षेत्रफलमा फैलिएको भिल्लामा करिव १० करोड रुपैयाँ लगानी भएको कँडेलले बताए । लक्जरी सुविधाहरु भएको १२ वटा आकर्षक भिल्लामा ३७ कोठा बनाइएको छ । 

अहिले २२ कोठा सञ्चालनमा आएको र केही महिनामै बाँकी १५ कोठा पनि सञ्चालनमा ल्याउने उनले बताए । भिल्लामा तीनसय जना क्षमताको कन्फ्रेन्स हल समेत निर्माण गरिएको छ । 

‘वेलनेस’ प्रेमी पाहुनालाई ध्यानमा राख्दै भिल्लामा साउना र स्टिमको समेत व्यवस्था गरिएको छ । भिल्लामा पाहुनाहरुले प्राइभेट पार्टी, क्याम्प फायर, बार्बिक्यु लगायतको मज्जा लिन सक्नेछन् । 

भिल्लामा न्युनतम चार हजार रुपैयाँदेखि प्याकेज बुक गर्न सकिन्छ । भिल्लामा बुकिङ गर्ने ग्राहकले डिनर, रुम र ब्रेकफास्टसँगै वेलनेस प्याकेजअन्तर्गत स्विमिङ पुल, साउना, स्टिम र हाइकिङ समेत गर्न पाउने बताइएको छ । 

भिल्लामा रेस्टुरेन्ट तथा बारको समेत व्यवस्था गरिएको छ । रुमको बालकोनीबाट त्रिशुली नदीको सुन्दर दृश्यावलोकन गर्न पाउनु भिल्लाको अर्को आकर्षण हो । 
कर्पोरेट ग्राहकमात्र नभएर कुनै विशेष पार्टीको मज्जा लिन तथा विवाह गर्न समेत भिल्ला उत्तम गन्तव्य बन्ने सञ्चालक कँडेलले बताए ।

अविरल बग्ने त्रिशुली नदी र आसपासमा भएका वनजंगल लगायतको दृश्यावलोकन गर्दै भिल्लामा रमाउँदाको आनन्द शब्दमा वर्णन नै गर्न सकिँदैन् ।

रिभरसाइड रिसोर्ट साहसिक पर्यटनको हबको रुपमा विकास हुँदै गएको छ । त्रिशुली नदीमाथि स्काइ साइक्लिङ, जिपलाइन, त्रिशुली नदीमा साहसिक र्‍याफ्टिङजस्ता साहसिक पर्यटनको मज्जा समेत रिसोर्टका पाहुनाले लिन सक्नेछन् । 

भिल्ला पुग्न पृथ्वी राजमार्गको मालिंगा झरेपछि त्रिशुली रिभरसाइड रिसोर्टबाट जिपलाइन वा स्काई साइक्लिङमार्फत जान सकिन्छ । 

एडभेञ्चर नरोज्ने पाहुनाहरू झोलुङ्गे पुल तरेर भिल्ला पुग्न सक्छन् । सवारी साधन लिएर जानेका लागि नदी वारी नै पार्किङको सुविधा छ । बाइक भने झलुङ्गे पुल हुँदै भिल्लासम्मै लैजान सकिन्छ ।

ठूला व्यवसायी रियल इस्टेट व्यवसायमा

साढे दुई अर्बको सिमेन्ट निर्यात

हनुमान ढोकास्थित नौ तले दरबार सर्वसाधारणका लागि खुला

भैरहवामा अधिकतम २७ करोड मूल्यांकनको जग्गालाई बैंकले दियो दुई अर्ब २० करोड ऋण !

एसवाई प्यानलको ईपीएस सिट्स बजारमा, घरको इन्सुलेशनका लागि प्रयोग गर्न सकिने

जग्गा वर्गीकरण गर्न स्थानीय तह असफल, १९९ पालिकामा मात्र सम्पन्न, समन्वय गरेर काम गर्न महालेखाको सुझाव

नौ महिनामा घरजग्गा क्षेत्रमा ३२ अर्ब कर्जा प्रवाह

आइएमई ग्रुपको लगानीमा मौलाकालीमा खुल्यो 'इला होटल'

B05173A8C3D2580-666134673.jpg

वर्षान्त २०८१ : होटलमा लगानीको ओइरो, ३५ लाख पर्यटक अटाउने कोठा तयार

40B2218412F44D1-Galchhi Resort.jpg

धादिङको मासटारमा खुल्यो ट्रिपल क्राउन रिसोर्ट

2A316844A27B36A-PHOTO-2024-09-22-16-24-20.jpg

यस्तो बन्दैछ बुढानिलकण्ठमा ‘रोयल टुलिप’ रिसोर्ट, पौने दुई अर्ब लगानी