यस्तो बन्दैछ बुढानिलकण्ठमा ‘रोयल टुलिप’ रिसोर्ट, पौने दुई अर्ब लगानी

२६ रोपनी जमिनमा फैलिएको रिसोर्टमा ७५ कोठाहरू, पाँच सय क्षमताको ब्यांक्वेट हल, स्पा, स्टीम, निजी ज्याकुजी र अन्य वेलनेस सुविधाहरू उपलब्ध हुनेछन्

367B408218B985F-icon.png
970views
2A316844A27B36A-PHOTO-2024-09-22-16-24-20.jpg

काठमाडौं । काठमाडौंको बुढानिलकण्ठमा लक्जरी क्लासिक भ्यू रिसोर्ट निर्माणको अन्तिम चरणमा पुगेको छ । एक अर्ब ८० करोड रुपैयाँ लगानी हुने रिसोर्ट फ्रान्सेली लुब्र होटेल्स समूहको लक्जरी ब्रान्ड रोयल टुलिपले व्यवस्थापन सम्हाल्ने भएको छ ।

नेपालको प्राकृतिक सौन्दर्यलाई एकीकृत गर्ने गरी डिजाइन गरिएको रिसोर्टमा  ७५ वटा सुविधा सम्पन्न कोठाहरु रहेका छन् । २६ रोपनी जमिनमा फैलिएको रिसोर्टमा पाँच सय जनालाई सेवा दिन मिल्ने ब्यांक्वेट हल, विश्वस्तरीय स्पा, स्टीम रूम, निजी ज्याकुजी र अन्य वेलनेस सुविधाहरू उपलब्ध हुने रिसोर्टका अध्यक्ष मुकुन्दराज कुँवरले बताए ।

हिमालयको अनुपम दृश्यले भरिएको यो रिसोर्टले आन्तरिक र अन्तर्राष्ट्रिय पाहुनाहरूका लागि एक शान्त र अद्वितीय छुट्टीको अनुभव प्रदान गर्ने कुँवरको भनाई छ ।
रिसोर्टमा रोयल टुलिपलाई भित्र्याउन सम्झौता भइसकेको छ । रोयल टुलिप गैरआवासीय नेपाली रामेश्वर शाहले चितवनमा निर्माण गरिरहेको रिसोर्टको व्यवस्थापनमा पनि आउने सम्झौता भएको छ ।

रोयल टुलिपको दक्षिण एसियामा सारोवर होटल्सले व्यवस्थापन गर्छ । यसले नेपाललाई विश्व लक्जरी यात्रा बजारमा थप महत्वपूर्ण बनाउने दिशामा ठूलो योगदान दिने अपेक्षा छ ।

रिसोर्टमा मुकुन्दराज कुँवर र आशिष ढकाल, ग्लोबल इक्विटी फण्ड लिमिटेडका सह–संस्थापकले लगानी गरेका छन् । रिसोर्टले रोयल टुलिपजस्तो प्रतिष्ठित ब्रान्डलाई नेपालमा ल्याउन महत्वपूर्ण भूमिका खेलेका छन्, जसले यस क्षेत्रमा नयाँ लक्जरी मापदण्ड स्थापना गर्ने विश्वास छ । 

बुढानिलकण्ठको शान्त वातावरणमा अवस्थित यो लक्जरी रिसोर्ट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट केवल ३० मिनेटको ड्राइभमा रहेको शान्तिपूर्ण विश्रामस्थलको रूपमा प्रस्तुत हुनेछ ।

सारोवर होटल्सका प्रबन्ध निर्देशक अजय बाकायाले नेपालको लक्जरी बजारमा प्रवेश गर्न पाएकोमा उत्साह व्यक्त गरे । भारत, अफ्रिका, अष्ट्रेलिया, फ्रान्स, र बेलायतमा ४५ वर्षभन्दा बढीको अनुभव संगालेका बाकायाले सारोवर होटल्सको उल्लेखनीय वृद्धिमा महत्वपूर्ण योगदान पुर्याएका छन् ।

‘नेपाल भारतीय र अन्तर्राष्ट्रिय पर्यटकहरूको लागि बढ्दो आकर्षणको गन्तव्य बन्दैछ र हामी यस जीवन्त बजारमा विस्तार गर्न पाउँदा खुसी छौं’ बाकायले भने, ‘नेपालको प्राकृतिक सौन्दर्य र सांस्कृतिक धरोहरले हाम्रो पाहुनाहरूका लागि अद्वितीय पृष्ठभूमि प्रदान गर्नेछ, हामी विश्वस्त छौं कि रोयल टुलिपले यहाँ एक साँचो लक्जरी र अविस्मरणीय अनुभव प्रदान गर्नेछ ।’

रिसोर्टका अध्यक्ष कुँवरले भने, ‘रोयल टुलिपलाई नेपालमा ल्याउन पाउँदा हामी गर्वित छौं र हामी विश्वस्त छौं कि यस रिसोर्टले देशमा लक्जरी आतिथ्यको नयाँ स्तर स्थापित गर्नेछ, हाम्रो लक्ष्य भनेको पाहुनाहरूलाई उच्चतम आरामका साथ प्रकृतिको शान्तिमा रमाउन सक्ने गन्तव्य प्रदान गर्नु हो ।’

यस्तै, अर्को लगानीकर्ता आशिष ढकालले थप्दै भने, ‘यो परियोजना हामी र नेपालको पर्यटन उद्योगको लागि एक ऐतिहासिक उपलब्धि हो, बुढानिलकण्ठको सुन्दर परिवेशले पाहुनाहरूलाई प्रकृतिसँग जोड्न र शान्ति खोज्ने उत्कृष्ट गन्तव्य प्रदान गर्नेछ, हामी यस रिसोर्टलाई नेपालमा एक प्रमुख लक्जरी गन्तव्य बनाउन प्रतिबद्ध छौं ।’ 

ठूला व्यवसायी रियल इस्टेट व्यवसायमा

साढे दुई अर्बको सिमेन्ट निर्यात

हनुमान ढोकास्थित नौ तले दरबार सर्वसाधारणका लागि खुला

भैरहवामा अधिकतम २७ करोड मूल्यांकनको जग्गालाई बैंकले दियो दुई अर्ब २० करोड ऋण !

एसवाई प्यानलको ईपीएस सिट्स बजारमा, घरको इन्सुलेशनका लागि प्रयोग गर्न सकिने

जग्गा वर्गीकरण गर्न स्थानीय तह असफल, १९९ पालिकामा मात्र सम्पन्न, समन्वय गरेर काम गर्न महालेखाको सुझाव

नौ महिनामा घरजग्गा क्षेत्रमा ३२ अर्ब कर्जा प्रवाह

आइएमई ग्रुपको लगानीमा मौलाकालीमा खुल्यो 'इला होटल'

550607C8764280B-IMG-20250511-WA0003 (1).jpg

आइएमई ग्रुपको लगानीमा मौलाकालीमा खुल्यो 'इला होटल'

5A5F42A22E9BC18-kmc-mahanagarpalika-kathmandu.jpg

काठमाडौं महानगरमा १५% बढ्यो घरबहाल कर, नौ महिनामा उठ्यो दुई अर्ब नौ करोड

B05173A8C3D2580-666134673.jpg

वर्षान्त २०८१ : होटलमा लगानीको ओइरो, ३५ लाख पर्यटक अटाउने कोठा तयार