नक्सालमा खुल्यो ‘होलिडे इन एक्सप्रेस’, दुई अर्ब लगानी

इन्टरकन्टिनेन्टल होटेल ग्रुप (आइजिएच)को चेन ब्रान्ड ‘होलिडे इन एक्सप्रेस’ नेपालमा पहिलो पटक भित्रिएको हो

367B408218B985F-icon.png
1281views
5B35FD2D2AB1645-Screenshot_2023-11-08_174143_ljVmfhCzuW.png

काठमाडौं । कर्पोरेट हबको परिचय बनाइरहेको नक्सालमा चर्चित अन्तर्राष्ट्रिय चेन होटल ‘होलिडे इन एक्सप्रेस काठमाडौं’ सञ्‍चालनमा आएको छ । करिव दुई अर्ब रुपैयाँ लगानी भएको होटेल पर्यटनमन्त्री सुदन किराँतीले उद्घाटन गरे ।

हस्तकला निकासीकर्ता (व्यवसायी) नरेशलाल श्रेष्ठको अगुवाईमा सञ्‍चालनमा आएको होटेलमा महेश्‍वर श्रेष्ठ र सुजित श्रेष्ठको पनि लगानी रहेको छ । नरेशलाल नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारिणी सदस्य हुन्, जो महासंघकै निर्यात समितिका सभापति पनि छन् ।

इन्टरकन्टिनेन्टल होटेल ग्रुप (आइजिएच)को चेन ब्रान्ड ‘होलिडे इन एक्सप्रेस’ पहिलो पटक नेपालमा भित्रिएको हो । दुई रोपनी क्षेत्रफलमा निर्माण भएको होटेलमा एक सयवटा कोठा रहेका छन् । होटेलमा डेढ सय जना अटाउने दुईवटा बैंक्वेट हल र दुईवटा रेष्टुरेन्ट रहेका छन् ।

यो होटेल डिसेम्बरदेखि पूर्ण क्षमतामा सञ्‍चालनमा आउने सञ्‍चालक श्रेष्ठले बताए । होटेल छेवैको दुई रोपनी क्षेत्रफलमा सपिङ मल, विशाल बैंक्वेट हलसहित स्वीमिङ पुल निर्माण गर्ने तयारी भइरहेको उनको भनाई छ ।

होटेलको छतबाट काठमाडौं भ्याली, वरिपरिका हरियाली पहाड र उत्तरतर्फ हिमाली दृश्यावलोकन गर्न सकिन्छ । 

होलिडे इन एक्सप्रेस विश्वका ११० देशमा ६ हजारभन्दा बढी होटेल तथा रिसोर्ट सञ्‍चालनमा रहेको बताइएको छ ।

ठूला व्यवसायी रियल इस्टेट व्यवसायमा

साढे दुई अर्बको सिमेन्ट निर्यात

हनुमान ढोकास्थित नौ तले दरबार सर्वसाधारणका लागि खुला

भैरहवामा अधिकतम २७ करोड मूल्यांकनको जग्गालाई बैंकले दियो दुई अर्ब २० करोड ऋण !

एसवाई प्यानलको ईपीएस सिट्स बजारमा, घरको इन्सुलेशनका लागि प्रयोग गर्न सकिने

जग्गा वर्गीकरण गर्न स्थानीय तह असफल, १९९ पालिकामा मात्र सम्पन्न, समन्वय गरेर काम गर्न महालेखाको सुझाव

नौ महिनामा घरजग्गा क्षेत्रमा ३२ अर्ब कर्जा प्रवाह

आइएमई ग्रुपको लगानीमा मौलाकालीमा खुल्यो 'इला होटल'

550607C8764280B-IMG-20250511-WA0003 (1).jpg

आइएमई ग्रुपको लगानीमा मौलाकालीमा खुल्यो 'इला होटल'

5A5F42A22E9BC18-kmc-mahanagarpalika-kathmandu.jpg

काठमाडौं महानगरमा १५% बढ्यो घरबहाल कर, नौ महिनामा उठ्यो दुई अर्ब नौ करोड

B05173A8C3D2580-666134673.jpg

वर्षान्त २०८१ : होटलमा लगानीको ओइरो, ३५ लाख पर्यटक अटाउने कोठा तयार