तीन अर्बमा तयार भयो ‘होलीडे इन’, बुढानिलकण्ठ क्षेत्रकै पहिलो पाँचतारे

होलीडे इन सञ्चालनमा आएपछि बुढानिलकण्ठ क्षेत्रकै पहिलो पाँचतारे होटेल हुनेछ । र, बुढानिलकण्ठ क्षेत्रमा नयाँ आयाम पनि थपिने छ ।

367B408218B985F-icon.png
6969views
DAA4FFAED909A5D-Hotel Forest Inn .jpg

काठमाडौं । एलिटहरु बसोबास गर्ने उपत्यकाकै प्रिमियम आवासीय क्षेत्रको पहिचान बनाएको बुढानिलकण्ठमा पाँचतारे होटेल सञ्‍चालनमा आउने भएको छ । 

तीन अर्ब रुपैयाँभन्दा बढी लगानीमा बुढानिलकण्ठमा ‘फरेष्ट इन’ तयार भएको छ, जुन होटेल सन् २०२४ को सुरुवातमै सञ्‍चालनमा ल्याउने तयारी छ । यो होटेल बहुचर्चित अन्तर्राष्ट्रिय ब्रान्ड ‘होलीडे इन’ को नामबाट सञ्‍चालनमा आउनेछ ।

अन्तर्राष्ट्रिय होटेल कम्पनी इन्टरकन्टिनेन्टल होटेल ग्रुप (आइएचजी)को मिडस्केल ब्रान्ड ‘होलीडे इन’ ल्याउने सम्बन्धमा सम्झौता समेत भइसकेको छ । 

होलीडे इन सञ्‍चालनमा आएपछि बुढानिलकण्ठ क्षेत्रकै पहिलो पाँचतारे होटेल हुनेछ । र, बुढानिलकण्ठ क्षेत्रमा नयाँ आयाम पनि थपिने छ । सोही क्षेत्रमा अर्को पाँचतारे बुढानिलकण्ठ हेरिटेज निर्माणको अन्तिम चरणमा छ भने बहुराष्ट्रिय कम्पनी सूर्य नेपालले पनि ६ अर्ब लगानी गरेर लक्जरी रिसोर्ट सञ्‍चालनको तयारी थालेको छ ।

कांग्रेस सांसद दीपक खड्काको लगानी रहेको फरेष्ट इनमा ९३ प्रतिशत वित्तीय प्रगती भइसकेको बताइएको छ । २६ रोपनी क्षेत्रफलमा बनिरहेको होटेलमा १०५ कोठाहरु रहनेछन् । 

यसअघि होटेलको लगानी दुई अर्ब ६० करोड रुपैयाँ अनुमान गरिएकोमा कोभिड महामारी र मन्दीका कारण निर्माण तथा सञ्‍चालनमा ढिलाइ हुँदा बढेर तीन अर्ब १३ करोड रुपैयाँ पुगेको बताइएको छ । जसमध्ये दुई अर्ब १३ करोड रुपैयाँ बैंकको ऋण लगानी हुनेछ ।

होटेलले दुई अर्ब २५ करोड रुपैयाँ ऋणको रेटिङ गराएको छ ।

होटेलमा स्वीमिङ पुल, क्यासिनो, ब्यांक्वेट हल, रेष्टुरेन्ट, कन्फ्रेरेन्स हल, साउन, स्पा, हेल्थ क्लव, रेष्टुराँ लगायत हुने बताइएको छ । 

व्यवसायी थापाको झापास्थित होटेल इष्टर्न नेपालमा पनि लगानी रहेको छ । यो होटेलमा लगानी थपेर पाँचतारेमा स्तरोन्‍नतीको काम भइरहेको छ । साथै, उनको मन्छियाम हाइड्रोपावरमा पनि लगानी रहेको छ ।

यो होटेल सञ्‍चालनमा आएपछि काठमाडौं आएका पर्यटकका लागि नयाँ गन्तव्य तयार हुनेछ । शिवपुरी राष्ट्रिय निकुञ्‍जको काखमा रहेको बुढानिकलण्ठ शान्त र रमणीय रहेको छ । सो क्षेत्रबाट निकुञ्‍जभित्र हाइकिङ लागी जान सकिन्छ । साथै, प्राकृतिक सुन्दरताका साथै शान्त र रमणीय ठाउँ खोज्‍ने पर्यटकका लागि होलीडे इन सबैभन्दा उपयुक्त होटेल बन्‍ने अपेक्षा छ ।

ठूला व्यवसायी रियल इस्टेट व्यवसायमा

साढे दुई अर्बको सिमेन्ट निर्यात

हनुमान ढोकास्थित नौ तले दरबार सर्वसाधारणका लागि खुला

भैरहवामा अधिकतम २७ करोड मूल्यांकनको जग्गालाई बैंकले दियो दुई अर्ब २० करोड ऋण !

एसवाई प्यानलको ईपीएस सिट्स बजारमा, घरको इन्सुलेशनका लागि प्रयोग गर्न सकिने

जग्गा वर्गीकरण गर्न स्थानीय तह असफल, १९९ पालिकामा मात्र सम्पन्न, समन्वय गरेर काम गर्न महालेखाको सुझाव

नौ महिनामा घरजग्गा क्षेत्रमा ३२ अर्ब कर्जा प्रवाह

आइएमई ग्रुपको लगानीमा मौलाकालीमा खुल्यो 'इला होटल'

550607C8764280B-IMG-20250511-WA0003 (1).jpg

आइएमई ग्रुपको लगानीमा मौलाकालीमा खुल्यो 'इला होटल'

B05173A8C3D2580-666134673.jpg

वर्षान्त २०८१ : होटलमा लगानीको ओइरो, ३५ लाख पर्यटक अटाउने कोठा तयार

4FB8C94F1A0CEFE-1744171717-p4fhf.jpg

सवा अर्ब लगानीमा पोखरामा खुल्यो टेम्पल बेल बुटिक होटल