चिरिबाबु महर्जनले भने– प्लेनको झ्यालबाट हेर्दा जुन सहर झिलिमिली देखिन्छ त्यो ललितपुर महानगर हुनेछ

ललितपुर महानगरपालिकाले जडान गरेको १४ सय स्मार्ट स्ट्रीट लाइट बिहिवारदेखि बल्न थालेका छन्

367B408218B985F-icon.png
14758views
2581046D7CC840A-lalitpur.jpg

काठमाडौं । ललितपुर महानगरपालिकाले जडान गरेका १४ सय स्मार्ट स्ट्रिट लाइट (सडक वत्ती) बिहीबारदेखि बल्न थालेका छन् । बिहीबार साँझ एक कार्यक्रमबीच ललितपुरका मेयर चिरीबाबू महर्जन र नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले स्मार्ट स्ट्रिट लाइट कन्ट्रोल सेन्टरमा स्विच थिचेर उद्घाटन गरे । 

महानगरले दोस्रो चरणमा रिङरोड बाहिर जडान गरेका १४ सय स्मार्ट स्ट्रिट लाइटले भैंसेपाटी, खोकना, बुङमति, धापाखेल, सुनाकोठी, हरिसिद्धीलगायत स्थानहरु झिलिमिली भएका छन् । यी लाइट जडान गर्न सवा नौ करोड रुपैयाँ लगानी लागेको छ ।

तेस्रो चरणमा ललितपुर क्षेत्रभित्र पर्ने रिङरोड ७.९ किलोमिटर क्षेत्रमा स्ट्रिट लाइट जडान गरेर झिलिमिली पार्ने ललितपुर महानगरको योजना छ । 

महानगरपालिकाले रिङरोडभित्र तीन वर्षअघि पहिलो चरणमै पाँच करोड पाँच लाख रुपैयाँ लगानी गरेर स्मार्ट स्ट्रिट लाइट जडान गरिसकेको छ । जसले गर्दा काठमाडौं क्षेत्रका सडकहरु अँध्यारो देखिँदा ललिपुरका सडक झिलिमिली देखिन्छन् । मुख्य शहरमा ललितपुर महानगरले ५० वाट, ८० वाट, १२० वाटका लाइट जडान गरेको छ ।

‘ललितपुरका सबै सडकहरु स्मार्ट स्ट्रिट लाइट बालेर शहर उज्यालो झिलिमिली पार्ने छौं’ मेयर महर्जनले भने, ‘यदि तपाइँले रातीमा प्लेनबाट यात्रा गर्दा झ्यालबाट हेर्नुभयो भने जुन सहर उज्यालो देखिन्छ, त्यो ललितपुर महानगर हुनेछ ।’

झिलिमिली उज्यालो हेरेरै यो ललितपुर महानगर हो भन्‍ने छुट्याउन सकिने बनाउने मेयर महर्जनले घोषणा गरेका छन् ।

महानगरका अनुसार स्मार्ट स्ट्रिट लाइटलाई कम्प्युटरको सहायताले सर्भर रुमबाट नियन्त्रण (बाल्न र निभाउन) सकिन्छ, जसले गर्दा पोलपोलमा गएर वत्ती बाल्न वा निभाउन झन्झट गरिरनु पर्दैन । 

ठूला व्यवसायी रियल इस्टेट व्यवसायमा

साढे दुई अर्बको सिमेन्ट निर्यात

हनुमान ढोकास्थित नौ तले दरबार सर्वसाधारणका लागि खुला

भैरहवामा अधिकतम २७ करोड मूल्यांकनको जग्गालाई बैंकले दियो दुई अर्ब २० करोड ऋण !

एसवाई प्यानलको ईपीएस सिट्स बजारमा, घरको इन्सुलेशनका लागि प्रयोग गर्न सकिने

जग्गा वर्गीकरण गर्न स्थानीय तह असफल, १९९ पालिकामा मात्र सम्पन्न, समन्वय गरेर काम गर्न महालेखाको सुझाव

नौ महिनामा घरजग्गा क्षेत्रमा ३२ अर्ब कर्जा प्रवाह

आइएमई ग्रुपको लगानीमा मौलाकालीमा खुल्यो 'इला होटल'

AB798688BBAECD4-1736845839-Tsmra.jpg

ढुंगेधारामा बाह्रै महिना पानी झार्ने ललितपुर महानगरको योजना

4BB21BA24EEB858-Gotikhel-Bajar.jpg

बाढीले बगर बन्यो गोटीखेल बजार, ६ अर्बका संरचना ध्वस्त

BC48ACD776EEDC9-11028C130CF8EE5-WhatsApp Image 2023-04-18 at 20.16.50.jpg

किन घट्दैछ उपत्यकामा घरजग्गा कारोबार ?