ढुंगेधारामा बाह्रै महिना पानी झार्ने ललितपुर महानगरको योजना

लगनखेलको सप्ताताल पोखरी पुनः निर्माण गरी राजकुलोको पानी त्यहाँ जम्मा गरिने र त्यहाँबाट आसपासका ढुंगेधारामा पानी झार्ने महानगरको योजना छ। ललितपुरमा हालसम्म ५० भन्दाबढी ढुंगेधारा छन्।

367B408218B985F-icon.png
233views
AB798688BBAECD4-1736845839-Tsmra.jpg

ललितपुर । ललितपुरका प्राचीन धरोहर लिच्छवीकालीन ढुंगेधारामा बाह्रै महिना पानी झार्ने योजना शीघ्र कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गर्दै ललितपुर महानगरपालिकाले लगनखेलबाट टीकाभैरवसम्म राजकुलो पुनःनिर्माण सुरु गरेको छ।

राजकुलो विस्तारका लागि महानगरले २२ करोड रुपैयाँ बजेट छुट्टयाएको छ। महानगरका प्रमुख चिरिबाबु महर्जनले लगनखेलबाट टीकाभैरवसम्मको १४.२ किलोमिटर राजकुलो विस्तार जारी रहेको तथा हालसम्म ६ करोड रुपैयाँको लागतमा तीन दशमलव ४४ किलोमिटर कुलो खनिएको जानकारी दिए। विसं २०२७ सालमा चक्रपथ विस्तार गर्ने क्रममा कुलो मासिएको उनले बताए। 

लगनखेलको सप्ताताल पोखरी पुनः निर्माण गरी राजकुलोको पानी त्यहाँ जम्मा गरिने र त्यहाँबाट आसपासका ढुंगेधारामा पानी झार्ने महानगरको योजना उनले सुनाए। महानगरप्रमुख महर्जनका अनुसार ललितपुरमा हालसम्म ५० भन्दाबढी ढुंगेधारा छन्। 

आल्को हिटी, कोन्टी हिटी, च्यासः हिटी, टंग हिटी, पुच्व हिटी, जावलाखेल हिटी, लगनखेल हिटी, गइटल हिटी र मंगल हिटी सातौँ शताब्दीमा निर्माण भएका हुन्।  

मंगल हिटीमा बाह्रैमास पानी आउने गरेको छ। ललितपुर महानगरपालिका-६ सुन्धाराका सन्तमान महर्जन ढुंगेधारामा बाह्रै महिना पानी ल्याउने योजना चाँडोभन्दा चाँडो कार्यान्वयन गर्नुपर्नेमा जोड दिन्छन्।

ललितपुर महानगरपालिका-६ र  वडा नं १७ मा पर्ने सुन्धारा टोलमा अवस्थित लिच्छीविकालदेखिको ऐतिहासिक सुन्धारा (लँ हिति) अहिले सुकेको छ। तीनवटा धारा रहेको सुन्धारामा सात महिना मात्रै पानी आउने स्थानीय राज श्रेष्ठ बताउँछन्। 

ललितपुरको सम्पदा र पहिचान जोगाउन ‘ऐतिहासिक ढुंगेधारा संरक्षण गर्नु सबैको दायित्व’ निर्वाह गर्नुपर्ने ठानेर २०६५ सालमा ललितपुर महानगरपालिका र स्थानीय जनसमुदायले लँ हिटी पुनःनिर्माण गरेका थिए। पुनः निर्माणपश्चात बाह्रैमास धारामा पानी झरे पनि केही वर्ष यता पानी आउन छाडेको छ।

ललितपुरका स्थानीय राजकुलो भत्काएर विभिन्न संरचना निर्माण गरिँदा ऐतिहासिक  ढुंगेधारा सुक्ने अवस्थामा पुगेको बताउँछन्। ललितपुर महानगरपालिका-६ का स्थानीय रमेश श्रेष्ठ घर तथा सडक निर्माण गर्दा राजकुलो जोगाउनुपर्ने बताउँछन्।

लिच्छिवीकालदेखिको इतिहास बोकेका ढुंगेधारा संरक्षण गर्नु ललितपुर महानगरसहित जिम्मेवार निकायले ध्यान दिनुपर्नेमा उनले जोड दिए। रासस

ठूला व्यवसायी रियल इस्टेट व्यवसायमा

साढे दुई अर्बको सिमेन्ट निर्यात

हनुमान ढोकास्थित नौ तले दरबार सर्वसाधारणका लागि खुला

भैरहवामा अधिकतम २७ करोड मूल्यांकनको जग्गालाई बैंकले दियो दुई अर्ब २० करोड ऋण !

एसवाई प्यानलको ईपीएस सिट्स बजारमा, घरको इन्सुलेशनका लागि प्रयोग गर्न सकिने

जग्गा वर्गीकरण गर्न स्थानीय तह असफल, १९९ पालिकामा मात्र सम्पन्न, समन्वय गरेर काम गर्न महालेखाको सुझाव

नौ महिनामा घरजग्गा क्षेत्रमा ३२ अर्ब कर्जा प्रवाह

आइएमई ग्रुपको लगानीमा मौलाकालीमा खुल्यो 'इला होटल'

9941C4AC1CD8AFB-Nepalgunj.jpg

चहलपहल घट्दै गएपछि नेपालगञ्‍जमा तीन वर्षमा डेढ सय होटल बन्द

4BB21BA24EEB858-Gotikhel-Bajar.jpg

बाढीले बगर बन्यो गोटीखेल बजार, ६ अर्बका संरचना ध्वस्त

BC48ACD776EEDC9-11028C130CF8EE5-WhatsApp Image 2023-04-18 at 20.16.50.jpg

किन घट्दैछ उपत्यकामा घरजग्गा कारोबार ?