घरजग्गा मेलामा अफरै अफर

मेलामा व्यवसायीले घरजग्गा खरिदमा किस्ताबन्दी सुविधा, देशको जुनसुकै ठाउँमा रहेको घरजग्गासँग राजधानीमा घर साट्न पाइनेदेखि ४० प्रतिशत नगद छुटसम्मका अफर ल्याएका छन् ।

367B408218B985F-icon.png
2232views
6C69A28D424DC4C-Mela .jpeg

काठमाडौं । भृकुटीमण्डको प्रर्दशनी हलमा आयोजित आठौं रियल इस्टेट एक्स्पोमा घरजग्गा व्यवसायीहरुले ग्राहक लोभ्याउन आकर्षक अफर पस्किएका छन् । 

मेलामा व्यवसायीले घरजग्गा खरिदमा किस्ताबन्दी सुविधा, देशको जुनसुकै ठाउँमा रहेको घरजग्गासँग राजधानीमा घर साट्न पाइनेदेखि ४० प्रतिशत नगद छुटसम्मका अफर ल्याएका छन् ।

१२ पुसदेखि सञ्‍चालन भएको मेला आज सकिँदै छ । मेलामा रियल इस्टेट, बैंक, सोलार प्यानल, फर्निचर लगायतका ६० वटा स्टल रहेका छन् । घरजग्गा खरिद गर्ने सोँचमा रहेका उपभोक्ताले मेलामा बुकिङ गरी यस्तो सुविधा लिन सक्नेछन् । 

डाउनटाउनको किस्ताबन्दी सुविधा

डाउनटाउन हाउजिङले मेलामा किस्ताबन्दीमा घरजग्गा खरिद गर्न सकिने सुविधा ल्याएको छ । कम्पनीले ललितपुरको धापाखेलमा १०२ रोपनी क्षेत्रफलमा निर्माण गरिरहेको हाउजिङ परियोजनाका लागि किस्ताबन्दी योजना ल्याएको हो ।

परियोजनामा घडेरीमात्र खरिद गरेर राख्‍न पनि पाइने डाउनटाउन हाउजिङका अध्यक्ष मिनमान श्रेष्ठले बताए । परियोजनामा ४० प्रतिशत रकम डाउनपेमेन्ट गरेपछि बाँकी किस्ता ३६ देखि ७२ महिनासम्म तिर्न सकिने व्यवस्था गरिएको छ । त्यो पनि शून्य प्रतिशत ब्याजदरको सुविधामा ।

ग्राहकले ४० प्रतिशत रकम डाउनपेमेन्ट गरेपछि कम्पनीले घरजग्गा पास गरेर हस्तान्तरण गर्नेछ । ‘बाँकी ६० प्रतिशत रकम किस्ताबन्दमिा तिर्न सकिनेछ’ श्रेष्ठले भने, ‘रियल इस्टेट क्षेत्रमा यस्तो सुविधा पहिलो पटक ल्याइएको हो ।’

किस्ताबन्दी सुविधामा ब्याजदर र बैंकिङ ह्यासल नहुने बताइएको छ । बैंकमा ब्याजदर थपघट भयो भनेर पनि चिन्ता लिनु पर्दैन । यो सुविधा मेलामा घरजग्गा बुकिङ गर्नेले मात्र प्राप्त गर्नेछन् । 

जग्गासँग घर साटफेर गर्न पाइने

व्यवसायी दीपक मलहोत्रा नेतृत्वको नेपाल रियल इस्टेट म्यानेजमेन्ट कम्पनीले देशभरका जुनसुकै ठाउँमा रहेका घरजग्गासँग ललितपुर र भक्तपुरको हाउजिङमा घर वा जग्गा साटफेर गर्न पाउने सुविधा दिएको छ । कम्पनीले मेलामा पोपर्टी एक्सचेञ्‍ज अफर ल्याएको हो ।

कम्पनीले घर वा जग्गा खरिदमा १५ प्रतिशतसम्म छुट पनि दिएको छ । चाँगुनारायण र भैंसेपाटीमा बनिरहेको हाउजिङमा यस्तो सुविधा प्राप्त गर्न सकिने छ ।

चाँगुनारायको हाउजिङमा १४२ युनिट र भैंसेपाटीमा ५५ युनिट रहेका छन् । कम्पनीले भैंसेपाटीमा प्रतिआना ४२ लाखदेखि ५० लाखसम्म र चाँगुनारायणको जग्गाको मूल्य प्रतिआन साढे २९ लाख रुपैयाँ तोकेको छ ।

मेलामा ९९ हजार रुपैयाँ बुझाएर घर तथा जग्गा बुकिङ गर्न सकिने र पछि साइट भिजिट गर्दा चित्त नबुझे पैसा फिर्ता हुने कम्पनीले जनाएको छ ।

पद्मको ७ प्रतिशत छुट अफर

पद्म रेसिडेन्सीले रामकोट र ठूलो भर्याङमा निर्माण गरिरहेको हाउजिङ र अपार्टमेन्ट परियोजनामा ७ प्रतिशतसम्म छुट योजना ल्याएको छ । 

ठूलो भर्याङमा निर्माण भइरहेको १० तले अपार्टमेन्टमा १३४ युनिट तयार हुँदैछन् । अपार्टमेन्टमा ५९१ देखि १२२२ स्कायरफिटसम्मका अपार्टमेन्ट छन्, जहाँ बस्नका लागि प्रतिस्क्वायरफिट साढे २१ हजार रुपैयाँ तिर्नुपर्ने हुन्छ ।

कम्पनीले रामकोटमा पनि ४९ रोपनीमा हाउजिङ र अपार्टमेन्ट निर्माण गर्दैछ ।

भूमि डेभलपर्सको ५० लाख छुट योजना

भूमि डेभपर्सले गोदावरीमा ४० रोपनी क्षेत्रफलमा निर्माण गरिरहेको हाउजिङ परियोजनामा घर खरिद गर्नेलाई ५० लाख रुपैयाँ छुट योजना ल्याएको छ । त्यहाँ साढे दुई तलाका ७२ घर निर्माण हुनेछन् ।

पाँचदेखि ११ आनासम्म बनेका घरको मूल्य चार करोडदेखि ६ करोड रुपैयाँसम्म रहेको बताइएको छ ।

उल्लेखित कम्पनीहरुले मेलामा घरजग्गा बुकिङ गर्नेका लागि यस्तो सुविधा ल्याएका हुन् । मेलापछि यस्तो सुविधा उपलब्ध नहुन पनि सक्ने देखिन्छ ।

अन्य कम्पनीका अफर

यस्तै, मनमैजु रेसिडेन्सीले हाउजिङका घर खरिदमा ३० देखि ४० प्रतिशतसम्म छुट सुविधा ल्याएको छ । सिद्धार्थ हाउजिङले चोभारमा निर्माण गरिरहेको जलविनायक कोलोनीमा घर खरिदमा १५ प्रतिशत र जग्गा खरिदमा १२ लाख रुपैयाँ छुट दिने बताइएको छ । कम्पनीले चोभारमा ४७ रोपनीमा कोलोनी बनाउँदै छ, जहाँ घर र जग्गा खरिद गर्न पाउने सुविधा छ । 

हेटौंडामा चारवटा डेभलपर्स कम्पनीले ७० विगाहा क्षेत्रफलमा गरिरहेको प्लटिङमा जग्गा खरिद गर्दा १५ प्रतिशत छुटको व्यवस्था गरेको छ । त्यहाँ २५ सयवटा घडेरी विकास भइरहेको कम्पनीले जनाएको छ ।

ठूला व्यवसायी रियल इस्टेट व्यवसायमा

साढे दुई अर्बको सिमेन्ट निर्यात

हनुमान ढोकास्थित नौ तले दरबार सर्वसाधारणका लागि खुला

भैरहवामा अधिकतम २७ करोड मूल्यांकनको जग्गालाई बैंकले दियो दुई अर्ब २० करोड ऋण !

एसवाई प्यानलको ईपीएस सिट्स बजारमा, घरको इन्सुलेशनका लागि प्रयोग गर्न सकिने

जग्गा वर्गीकरण गर्न स्थानीय तह असफल, १९९ पालिकामा मात्र सम्पन्न, समन्वय गरेर काम गर्न महालेखाको सुझाव

नौ महिनामा घरजग्गा क्षेत्रमा ३२ अर्ब कर्जा प्रवाह

आइएमई ग्रुपको लगानीमा मौलाकालीमा खुल्यो 'इला होटल'

136A5B82547A933-74AAED69AE5164D-4d714748c6afc4a5d9f0d0c1437e8037e4177215.jpg

काठमाडौंमा किन बनेनन् नयाँ घर ?

A849A3FD60CAB53-Grande Tower.jpg

०८१ मा अपार्टमेन्ट किनबेच ३५ प्रतिशतले वृद्धि

16E2CBDE836B3FF-192FB0C74DE5229-46FC5FB8F490228-Grande Towers.jpg

खनाल आयोगको सुझावः नेपालमा विदेशी नागरिकलाई अपार्टमेन्ट खरिद गर्न पाउने व्यवस्था गरौं