पाँच महिनामा कमर्सियल जग्गा खरिद र प्लटिङमा करिव चार अर्ब कर्जा थपियो

नेपाल राष्ट्र बैंकले अधिकतम दुई करोड रुपैयाँसम्मकाे कर्जालाइ व्यक्तिगत आवासीय कर्जामा गणना गर्दै आएको छ । त्यसभन्दा माथिको घरजग्गा कर्जा रियल इस्टेट शिर्षकमा गणना हुने गर्छ ।

367B408218B985F-icon.png
557views
39BAABFB64C5BE1-2A926A06DA9346E-C872D4EAE692774-55450BF936192D3-ghar-jaga.jpg

काठमाडौं । चालू आर्थिक वर्षको पहिलो पाँच महिनामा कमर्सियल प्रयोजनका लागि जग्गा खरिद तथा प्लटिङमा बैंक तथा वित्तीय संस्थाहरुको कर्जा लगानी ८.६ प्रतिशतले बढेको छ ।

साउनदेखि मंसिरसम्म बैंकहरुले कमर्सियल जग्गा खरिद र प्लटिङ गर्न तीन अर्ब ८९ करोड ७३ लाख रुपैयाँ कर्जा लगानी गरेका हुन् ।

गत आर्थिक वर्षको यसै अवधिमा यस्तो कर्जा प्रवाह दुई अर्ब ४२ करोड ५८ लाख रुपैयाँले ऋणात्मक थियो । नयाँ कर्जा लगानीभन्दा पुरानो कर्जा असुली बढी भएमा समग्रमा कर्जा प्रवाह ऋणत्मक देखिन्छ ।

सुरुवातदेखि ०८० मंसिर मसान्तसम्म जग्गा खरिद तथा प्लटिङ शिर्षकमा बैंक तथा वित्तीय संस्थाको कर्जा लगानी ४९ अर्ब २३ करोड ६० लाख रुपैयाँ पुगेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।  

चालू आवमा व्यक्तिगत आवासीय घरकर्जा बढे पनि रियल इस्टेट कर्जा भने ऋणात्मक छ । पाँच महिनामा व्यक्तिगत आवासीय कर्जा शिर्षकमा २९ अर्ब ५४ करोड ७१ लाख रुपैयाँ कर्जा थपिएको छ । जुन गत असार मसन्तको तुलनामा ८.५ प्रतिशतले वृद्धि हो । तर, रिय इस्टेट कर्जा भने पाँच महिनामा पाँच अर्ब २१ करोड २७ लाख रुपैयाँले ऋणात्मक देखिन्छ ।

नेपाल राष्ट्र बैंकले अधिकतम दुई करोड रुपैयाँसम्मकाे कर्जालाइ व्यक्तिगत आवासीय कर्जामा गणना गर्दै आएको छ । त्यसभन्दा माथिको घरजग्गा कर्जा रियल इस्टेट शिर्षकमा गणना हुने गर्छ । 

चालू आवको पाँच महिनामा रेसिडेन्सियल रियल इस्टेट कर्जा पनि बढेको देखिन्छ । यो शिर्षकमा एक अर्ब ७५ करोड ७१ लाख रुपैयाँ कर्जा थपिएको छ ।
कमर्सियल कम्पलेक्स तथा रेसिडेन्सियल रियल इस्टेट, आम्दानी सिर्जना गर्ने व्यवसायिक कम्पलेक्स लगायतमा नयाँ कर्जा प्रवाहभन्दा पुरानो कर्जा असुली ज्यादा देखिएको छ ।

पछिल्लो समय बैंकको कर्जाको ब्याजदर घट्दै गइरहेको छ । बैंकहरु पनि सस्तो ब्याजदरका कर्जाको स्किमसहित प्रतिस्पर्धामा उत्रिएका छन् । जसले गर्दा पनि व्यक्तिगत आवासीय कर्जा बढ्दै गइरहेको देखिन्छ ।

ठूला व्यवसायी रियल इस्टेट व्यवसायमा

साढे दुई अर्बको सिमेन्ट निर्यात

हनुमान ढोकास्थित नौ तले दरबार सर्वसाधारणका लागि खुला

भैरहवामा अधिकतम २७ करोड मूल्यांकनको जग्गालाई बैंकले दियो दुई अर्ब २० करोड ऋण !

एसवाई प्यानलको ईपीएस सिट्स बजारमा, घरको इन्सुलेशनका लागि प्रयोग गर्न सकिने

जग्गा वर्गीकरण गर्न स्थानीय तह असफल, १९९ पालिकामा मात्र सम्पन्न, समन्वय गरेर काम गर्न महालेखाको सुझाव

नौ महिनामा घरजग्गा क्षेत्रमा ३२ अर्ब कर्जा प्रवाह

आइएमई ग्रुपको लगानीमा मौलाकालीमा खुल्यो 'इला होटल'

D1A87D30557B21E-planing.jpg

जग्गा वर्गीकरण गर्न स्थानीय तह असफल, १९९ पालिकामा मात्र सम्पन्न, समन्वय गरेर काम गर्न महालेखाको सुझाव

0BE5EFE210B8793-845F41975B5239A-457805888_1058533425842663_1549223094168763092_n.jpg

भूमिसम्बन्धी विधेयक चालु अधिवेशनबाट पारित गरिने

136A5B82547A933-74AAED69AE5164D-4d714748c6afc4a5d9f0d0c1437e8037e4177215.jpg

काठमाडौंमा किन बनेनन् नयाँ घर ?