डिजिटल घर नम्बर प्लेट प्रणाली ‘कताहो’ सुरु, यस्ता छन् युनिक फिचरहरु

गाउँपालिका तथा नगरपालिकाले यो प्रणाली प्रयोग गरेर आफ्नो क्षेत्रभित्रका बासिन्दालाई तुरुन्तै घर नम्बर दिन सक्छन्

367B408218B985F-icon.png
688views
F3D0CAD7853CD78-Kata Ho.jpg

काठमाडौं । नेपालभित्र जुनसुकै ठाउँको ठेगाना प्लेट पाँच मिनेटमै तयार गर्न सकिने मोबाइल एप र वेबमा आधारित डिटिजल ठेगाना प्लेट प्रणाली ‘कताहो’ सञ्चालनमा आएको छ । पाँच वर्षको अनुसन्धानपछि विकास गरिएको ‘कताहो’ ठेगाना प्रणालीमा सहरी विकास मन्त्रालयले हालसम्म तयार गरेका घर नम्बर पनि समावेश गर्न सकिन्छ । 

काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको क्यान इन्फोटेकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले ‘कताहो’ को उद्घाटन गरेकी हुन् । 

देशको सम्पूर्ण भूभागलाई करिव १५ अर्ब दुई करोड प्लट (टुक्रा) मा विभाजन गरी हरेक प्लटका लागि शब्द र अंक मिलाई एउटा युनिक नाम दिएर यो प्रणाली तयार गरेको राम र लक्ष्मण रिमालले बताए । रिमाल दाजुभाई साढे दुई दशकभन्दा बढी समयदेखि नवप्रवर्तनको क्षेत्रमा सक्रिय छन् । 

उनीहरु भन्छन्– ‘कताहो’ को सहायताले देशको जुनसुकै ठाउँ पत्ता लगाएर तत्काल पुग्न सकिन्छ ।’ राम र लक्ष्मण ग्रुप संलग्न एड्रेसग्राफ प्रालिले यो प्रणाली विकास गरेको हो । 

यो डिजिटल ठेगाना प्रणालीमा सामुदायिक रूपमा टोल विकास तथा समितिबाट राखिएका घरका नम्बरसमेत राख्न सकिन्छ । यसको लक्ष्य दूरदराजमा रहेका पालिकाका घर, गोठ, टहरा, सीमाचिह्न, प्राकृतिक सम्पदाजस्ता हरेक स्थानको नम्बर तयार गर्नु रहेको रिमालद्वयको भनाइ छ ।

यो प्रणालीमा विश्वस्तरीय ठेगानाको प्लस कोड तथा घरमा टाँसिने नम्बर प्लेटबाटै घन्टी बजाउन पनि सकिन्छ । यो प्रणाली सबैका लागि बहुउपयोगी सावित हुने अपेक्षा गरिएको छ । 

‘कताहो’ एपमार्फत सर्वसाधारणले आफ्नो घरको ‘ठेगाना प्लेट’ निःशुल्क तयार गरी प्रिन्ट गराउन सक्छन् । यसको प्रयोगले ठेगानासँग सम्बन्धित अधिकांश समस्या समाधान हुने एड्रेसग्राफको भनाइ छ । 

कम्पनीले भनेको छ, ‘यसले देशका हरेक ठाउँको डिजिटल ठेगाना दिन्छ, उक्त ठेगाना मोबाइलमार्फत् शेयर गर्न, बोलेर एक अर्कामा पु¥याउन एकदमै उपयोगी र प्रभावकारी छ ।’

कम्पनीका अनुसार गाउँपालिका तथा नगरपालिकाले यो प्रणालीको प्रयोगबाट धेरै काम प्रभावकारी रूपमा गर्न सक्छन् । सबभन्दा पहिलो– यो प्रणाली प्रयोग गरेर पालिकाहरूले आफ्नो क्षेत्रभित्रका बासिन्दालाई तुरुन्तै घर नम्बर दिन सक्छन् ।

यसको प्रयोग गरेर पालिकाले विभिन्न प्रकारका लगत संकलन गर्न सक्छन् । लगत संकलनमा सबभन्दा पहिलो काम स्थान विशेषको पहिचान हो । त्यो चाहे घरको नम्बर होस्, खेतीयोग्य जमिन होस्, सार्वजनिक स्थान होस्, बाटोघाटो पुलपुलेसाजस्ता स्थिर चिजका लागि हरेकको ठेगाना अक्षांश र देशान्तरको रूपमा राख्न त सकिन्छ, तर त्यसरी राख्दा त्यो एउटा अंकको रूपमा मात्र बस्छ । 

२८० मिटर लम्बाइ तथा २८० मिटर चौडाइको क्षेत्रलाई एउटा नेपाली शब्दले प्रतिनिधित्व गर्ने हुँदा यसलाई व्यावहारिक रूपमा प्रयोग गर्न सजिलो हुने कम्पनीको भनाई छ ।

सेवाग्राहीलाई करको दायरामा ल्याउन पनि पालिकाहरुले यो डिजिटल ठेगाना प्रणाली प्रयोग गर्न सक्छन् । यसको माध्यमबाट नक्सामै कुन कुन क्षेत्रका कुन कुन घर व्यावसायिक हुन्, कुन आवासीय हुन् पत्ता लगाउन सकिन्छ । तीमध्ये कति करका दायरामा छन् र कसरी कर तिरिरहेका छन् भन्ने पनि थाहा हुन्छ ।

पालिकाले दैनिक गर्नुपर्ने कामहरु फोहर व्यवस्थापन, सामाजिक सुरक्षा, अनुगमन, सूचना तथा जानकारी लगायतमा ‘कता हो’ डिजिटल ठेगाना प्रणालीलाई प्रत्यक्ष प्रयोग गर्न सकिने बताइएको छ । ठेगाना प्लेटमा रहेको क्युआर कोड स्क्यान गरी फोहरको परिमाण, सामाजिक सुरक्षाका भत्ता लगायत सूचना तथा जानकारीका प्रमाण राख्न सकिन्छ ।

दैवी विपत्ति, घटना दुर्घटना तथा विपत्को सूचना र त्यसको प्रतिकार्यमा यो डिजिटल ठेगाना प्रणालीको प्रयोग एकदमै उपयोगी हुन्छ । पालिकाका बासिन्दालाई आपत् पर्दा ‘कताहो’ कोडको अन्तिम एक शब्द र नम्बर मात्रैले उक्त व्यक्ति कुन ठाउँमा छ, ठ्याक्कै पत्ता लगाएर उद्धार सकिन्छ ।

पालिकास्तरबाट नियमित अनुगमन गर्नुपर्ने सार्वजनिक निर्माण, भवन निर्माण जस्ता फिल्डमा हुने कामका लागि स्थान पहिचान एकदमै चुनौतीपूर्ण हुने गरेको छ । पालिकासँगको सीमित स्रोत, साधनका कारण कुनै निर्माणस्थलमा अनुमतिभन्दा अधिक स्थान ओगटेर निर्माण भइरहेको वा तोकिएभन्दा कम काम भइरहेको पत्ता लगाउन मुस्किल हुन्छ । 

‘कताहो’ डिजिटल ठेगाना प्रणालीमार्फत त्यस्ता क्षेत्रहरू कुनै पनि स्मार्टफोनको सहायताले पहिचान गर्न सकिन्छ । यसले स–साना सेक्टरलाई (३.५ मिटर लम्बाइ तथा २.८ मिटर चौडाइ) समेत समेट्न सक्ने भएकाले स्थान पहिचान तथा अनुगमन एकदमै चुस्त दुरुस्त राख्न मदत गर्छ ।

ताल तलैया, सार्वजनिक वन, पार्क लगायत स्थानको अतिक्रमण रोकथामको लागि यस ठेगाना प्रणालीको माध्यमबाट उक्त स्थानको रेखांकन गर्न सकिन्छ र त्यसको समूह ठेगाना कोडको माध्यमबाट त्यस क्षेत्र वरपरको मापदण्डसम्मका स्थानमा निर्माण तथा भोगचलनमा सहज किसिमले रोक लगाउन सकिन्छ ।  

घर नम्बर जडानका साथै माथि उल्लेखितलगायत अन्य काममा समेत यो प्रणालीको बहुउपयोगी प्रयोग गर्न सकिन्छ ।  

‘कताहो’ वेब र मोबाइल एप (एन्ड्रोइड र एप्पल) भर्सनमा उपलब्ध छ । एपमार्फत आम सर्वसाधारणले आफ्नो घरको ‘ठेगाना प्लेट’ निःशुल्क तयार गरी प्रिन्ट गराउन सक्छन् । यसको प्रयोगले ठेगानासँग सम्बन्धित अधिकांश समस्या समाधान हुन्छ ।

‘कता हो’ एप नेपाल र नेपाल जस्तै ठेगाना पूर्वाधारमा थोरै काम भएका देशका लागि विकास गरिएको हो । यसले देशका हरेक ठाउँको डिजिटल ठेगाना दिन्छ । उक्त ठेगाना मोबाइलमार्फत् शेयर गर्न, बोलेर एक अर्कामा पु¥याउन एकदमै उपयोगी र प्रभावकारी छ ।

डिजिटल नम्बर प्लेट भनेको के हो ? 

डिजिटल नम्बर प्लेट भन्नाले नेपालको सम्पूर्ण क्षेत्रफललाई ३.५ मिटर लम्बाइ र २.८ मिटर चौडाइका १५ अर्ब २ करोड हाराहारी प्लटमा विभाजन गरी हरेक प्लटका लागि शब्द र अंक मिलाएर युनिक नाम (नदोहोरिने नाम) दिइने ठेगाना प्रणाली हो ।

डिजिटल घर नम्बर प्लेट बनाउन कति खर्च लाग्छ ?

डिजिटल घर नम्बर प्लेट बनाई एक अर्कामा सेयर गर्न, बैंक तथा अन्य निकायका केवाइसी फारममा कोड राख्न कुनै शुल्क तिर्नु पर्दैन । तयार भएको ठेगाना प्लेटलाई आफ्नो घरमा टाँस्नका लागि भने नजिकको प्रिन्टरकहाँ गएर छपाउनुपर्छ । छपाउँदा प्लेट र प्रिन्टको गुणस्तर अनुसार लाग्ने मूल्य तिरे पुग्छ ।

प्लेट बनाएर नटाँसीकन पनि आफ्नो ठेगाना दिन सकिन्छ ?

भौतिक रूपमा घर नम्बर प्लेट नबनाइकन पनि तपाईंले आफ्नो ठेगाना जो कसैलाई दिन सक्नुहुन्छ । त्यसको लागि आफ्नो घरको मुख्य प्रवेशद्वारमा उभिएर ‘कता हो’ एपमार्फत् २ मिनेटमै डिजिटल प्लेट तयार गर्न सकिन्छ । त्यो डिजिटल प्लेटलाई आफन्त, प्रहरी, दमकल, राइड सेयरिङ, सामान डेलिभरी, कुरियर जस्ता सेवा प्रदायकसँग सेयर गरी तुरुन्तै सेवा लिन सकिन्छ ।

पहिल्यै ठेगाना प्लेट जडान गरिसकेका घरमा यसको के काम ?

स्थानीय सरकार वा टोल समाजबाट यहाँले ठेगाना प्लेट जडान गरिसकेको भए पनि पुरानो प्लेटको विवरण यो नयाँ डिजिटल प्लेटमा राख्न सकिनछ । ‘कता हो’ एपमार्फत् बन्ने प्लेटमा स्थानीय निकायको नाम तथा वडा नम्बर समेत समावेश हुन्छ । ती विवरणलाई क्युआर कोडमा पनि राखिएको हुनाले सेवा प्रवाहका लागि यो कुरा महत्वपूर्ण हुन्छ । 

यस्तै संघीय सरकार र स्थानीय सरकारको पहलमा मेट्रिक तथा अन्य प्रणालीबाट राखिएका ठेगानालाई समेत यस प्रणालीमा समावेश गर्न सकिन्छ ।

घर नम्बरका अलावा यसमा अरु के के सुविधा छन् ?

‘कता हो’ प्रणाली घर ठेगाना प्लेट तयार पार्न मात्र बनेको प्रणाली हैन । यो नेपालको समग्र ठेगाना पूर्वाधारको लागि तयार भएको अत्याधुनिक विकास हो । यसले घर, गोठ मात्र नभई सम्पूर्ण जमिनको एक एक भागको ठेगाना तयार गर्न सक्छ ।

घर नम्बर प्लेट तयार गर्दा क्युआर कोड समेत राखिन्छ । घरमा आइपुगेको व्यक्तिले त्यही क्युआर कोडमार्फत् घन्टी समेत बजाउन सक्छ । त्यही क्युआर कोडमार्फत् फोहर संकलनको जानकारी दिने, सर्भे गर्ने, स्थानीय स्तरको सूचना प्रवाह जस्ता काम छिटो र कम लागतमा गर्न सकिन्छ ।

कताहो कोडमा शब्दहरू कसरी प्रयोग गरिएको छ ?

ठेगाना भनेको सबैले बोल्न र बुझ्न सक्ने हुनुपर्छ भन्ने मान्यतामा सामान्य नेपाली नागरिकले बोल्ने नेपाली भाषाका एकदमै सजिला शब्द र अंक मिलाएर यो नयाँ प्रकारको ठेगाना कोड बनाइएको छ । यसमा जम्मा ४०० नेपाली शब्द प्रयोग भएका छन् । 

यो ठेगाना प्रणालीमा ४ वटा भाग छन्– पहिलो, सेक्टर कोड नम्बरमा (१ देखि २८ वटा), दोस्रो सब–सेक्टर कोड शब्दमा । यसमा ४०० वटा शब्दले आआफ्ना सब सेक्टर जनाउँछन् । तेस्रो, लोकल कोड यसमा पनि सब–सेक्टरका शब्द ४०० वटा रहन्छन् र अन्तिम अर्थात् चौथोमा ४ वटा अंकको घर नम्बर रहन्छन् । हामीले ठेगाना सेयर गर्नुपर्दा अन्तिमको ४ वटा घर नम्बरको अंक र लोकल कोडको शब्द सेयर गरे पुग्छ ।

एउटा ठेगाना कति आकारको हुन्छ ?

३.५ मिटर लम्बाइ तथा २.८ मिटर चौडाइसम्मको सानो आकारमा ‘कता हो’ प्रणालीमार्फत् एउटा ठेगाना बनाउन सकिन्छ ।  

ठूला व्यवसायी रियल इस्टेट व्यवसायमा

साढे दुई अर्बको सिमेन्ट निर्यात

हनुमान ढोकास्थित नौ तले दरबार सर्वसाधारणका लागि खुला

भैरहवामा अधिकतम २७ करोड मूल्यांकनको जग्गालाई बैंकले दियो दुई अर्ब २० करोड ऋण !

एसवाई प्यानलको ईपीएस सिट्स बजारमा, घरको इन्सुलेशनका लागि प्रयोग गर्न सकिने

जग्गा वर्गीकरण गर्न स्थानीय तह असफल, १९९ पालिकामा मात्र सम्पन्न, समन्वय गरेर काम गर्न महालेखाको सुझाव

नौ महिनामा घरजग्गा क्षेत्रमा ३२ अर्ब कर्जा प्रवाह

आइएमई ग्रुपको लगानीमा मौलाकालीमा खुल्यो 'इला होटल'

F853A36D612DD46-EPS Sheets .jpg

एसवाई प्यानलको ईपीएस सिट्स बजारमा, घरको इन्सुलेशनका लागि प्रयोग गर्न सकिने

136A5B82547A933-74AAED69AE5164D-4d714748c6afc4a5d9f0d0c1437e8037e4177215.jpg

काठमाडौंमा किन बनेनन् नयाँ घर ?

E3A9775C7C9314F-605E5DEFD398608-_123891123_land.jpg

चैतमा घरजग्गा कारोबार र राजश्व संकलन बढ्यो, देखियो सुधारको शंकेत