माघमा घरजग्गा किनबेच जेठयताकै उच्च, एक महिनामा ५१ हजार लिखत पारित

घरजग्गा किनबेच बढेपछि राजश्व संकलन पनि बढेको छ । माघ महिनामा तीन अर्ब ३८ करोड रुपैयाँभन्दा बढी राजश्व उठेको छ ।

367B408218B985F-icon.png
607views
F901A478E957F68-171696992_4213326522033978_614425562646410382_n.jpg

काठमाडौं । मन्दीमा फसेको घरजग्गा कारोबारमा सुधार देखिएको छ । पछिल्लो तीन महिनायता घरजग्गा कारोबार निरन्तर बढिरहेको छ ।

माघ महिनामा देशभरका मालपोत कार्यालयबाट ५० हजार ९२१ घरजग्गाको लिखत पारित भएको छ । यो संख्या अघिल्लो माघको तुलनामा ९ हजार ८३५ ले बढी हो । अघिल्लो माघमा ४१ हजार ८६ घरजग्गाको लिखत पारित भएको थियो ।

चालू वर्षकै अघिल्लो महिना पुसमा ४६ हजार ३० घरजग्गाको लिखत पारित भएको थियो । माघ महिनामा भएको घरजग्गा किनबेच गत जेठयताको सबैभन्दा उच्च रहेको भूमि व्यवस्थापन विभागले जनाएको छ ।

घरजग्गा किनबेच बढेपछि राजश्‍व संकलन पनि बढेको छ । माघ महिनामा करिव तीन अर्ब ३८ करोड रुपैयाँभन्दा बढी राजश्‍व उठेको छ । जबकी अघिल्लो महिना पुसमा तीन अर्ब २० करोड रुपैयाँमात्र राजश्‍व उठेको थियो । गत वर्षको माघ महिनासँग तुलना गर्दा भने राजश्‍व संकलन करिव ४२ कराेड रुपैयाँले घटेको छ ।

१० महिनामा सवा ४ लाख लिखत पारित, ३७ अर्ब राजश्व संकलन

चालू वर्षको वैशाखदेखि माघसम्म १० महिनामा चार लाख २५ हजार ९७९ घरजग्गाको लिखत पारित भएका छन् । यो संख्या गत वर्षको यसै अवधिको तुलनामा ४८ हजारले बढी हो । गत वर्षको वैशाखदेखि माघसम्म देशभर तीन लाख ७७ हजार ७६४ घरजग्गाको लिखत पारित भएको थियो ।

यस वर्ष वैशाखमा ४२ हजार ४६१, जेठमा ५५ हजार ०६९, असारमा ४८ हजार ७७१, साउनमा ३९ हजार २६३, भदौमा ३५ हजार ६८६, असोजमा ३९ हजार ८८१, कार्तिकमा २६ हजार ०४६, मंसिरमा ४१ हजार ८५१, पुसमा ४६ हजार ०३० र माघमा ५० हजार ९२१ घरजग्गाको लिखत पारित भएको छ ।

यस्तै, गत वर्षको वैशाखदेखि माघसम्मको तुलनामा यस वर्षको सोही अवधिमा राजश्‍व संकलन पनि बढेको छ । गत वर्ष ३७अर्ब ८ करोड रुपैयाँ राजश्‍व संकलन भएकोमा यस वर्ष घटेर ३२ अर्ब ७९ करोड रुपैयाँमा सिमित भएको देखिन्छ । यस वर्ष सबैभन्दा धेरै राजश्‍व असारमा चार अर्ब २७ करोड रुपैयाँ उठेको थियो ।

ठूला व्यवसायी रियल इस्टेट व्यवसायमा

साढे दुई अर्बको सिमेन्ट निर्यात

हनुमान ढोकास्थित नौ तले दरबार सर्वसाधारणका लागि खुला

भैरहवामा अधिकतम २७ करोड मूल्यांकनको जग्गालाई बैंकले दियो दुई अर्ब २० करोड ऋण !

एसवाई प्यानलको ईपीएस सिट्स बजारमा, घरको इन्सुलेशनका लागि प्रयोग गर्न सकिने

जग्गा वर्गीकरण गर्न स्थानीय तह असफल, १९९ पालिकामा मात्र सम्पन्न, समन्वय गरेर काम गर्न महालेखाको सुझाव

नौ महिनामा घरजग्गा क्षेत्रमा ३२ अर्ब कर्जा प्रवाह

आइएमई ग्रुपको लगानीमा मौलाकालीमा खुल्यो 'इला होटल'

D1A87D30557B21E-planing.jpg

जग्गा वर्गीकरण गर्न स्थानीय तह असफल, १९९ पालिकामा मात्र सम्पन्न, समन्वय गरेर काम गर्न महालेखाको सुझाव

0BE5EFE210B8793-845F41975B5239A-457805888_1058533425842663_1549223094168763092_n.jpg

भूमिसम्बन्धी विधेयक चालु अधिवेशनबाट पारित गरिने

136A5B82547A933-74AAED69AE5164D-4d714748c6afc4a5d9f0d0c1437e8037e4177215.jpg

काठमाडौंमा किन बनेनन् नयाँ घर ?