घरजग्गा क्षेत्रमा कुन बैंकको कति कर्जा लगानी ? हेर्नुहोस् इन्फोग्राफिक्स

घरजग्गा क्षेत्रमा सबैभन्दा धेरै कर्जा एनआईसी एशिया बैंकको ९२ अर्ब रहेको छ, जुन कुल कर्जाको १४.७४ प्रतिशत हो ।

367B408218B985F-icon.png
1386views
4222943AE6649CA-news cover.jpg

काठमाडौं । पुस मसान्तसम्म घरजग्गा क्षेत्रमा बैंक तथा वित्तीय संस्थाहरुको कर्जा लगानी ६ खर्ब २५ अर्ब ९० करोड रुपैयाँ पुगेको छ । जसमध्ये तीन खर्ब ८० अर्ब ८६ करोड रुपैयाँ व्यक्तिगत आवासीय कर्जा र दुई खर्ब ४५ अर्ब तीन करोड रुपैयाँ रियल इस्टेट कर्जा हो ।

राष्ट्र बैंकको तथ्यांकले कमर्सियल रियल इस्टेटमा भन्दा दुई करोड रुपैयाँसम्मको व्यक्तिगत आवासीय घरकर्जा धेरै प्रवाह भएको देखाउँछ ।

घरजग्गा क्षेत्रमा वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुले मात्रै कर्जा लगानी गर्न पाउने राष्ट्र बैंकको व्यवस्था छ । हालसम्म प्रवाह भएको कुल कर्जा रकममध्ये २० वटा वाणिज्य बैंकको मात्रै पाँच खर्ब १७ अर्ब नौ करोड रुपैयाँ रहेको छ । १७ वटा विकास बैंकले ८६ अर्ब ७६ करोड र १७ वटा फाइनान्स कम्पनीले २२ अर्ब पाँच करोड कर्जा प्रवाह गरेका छन् ।

एउटै बैंकको झन्डै खर्बमा कर्जा

घरजग्गा क्षेत्रमा सबैभन्दा धेरै कर्जा लगानी गर्नेमा एनआइसी एशिया बैंक पहिलो नम्बरमा रहेको छ । एनआइसी एशियाले मात्र घरजग्गामा ९२ अर्ब २३ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । यो कुल घरकर्जा रकमको १४.७४ प्रतिशत हुन आउँछ ।

दोस्रो पोजिसनमा रहेको नबिल बैंकले ४६ अर्ब १७ करोड र तेस्रो नम्बरमा रहेको ग्लोबल आइएमईले ४३ अर्ब ८८ करोड रुपैयाँ घरजग्ग कर्जा प्रवाह गरेको छ । पहिलो र दोस्रो बैंकबीच दोब्बरको फरक देखिएको छ ।

एनआइसीले ६१ अर्ब ५५ करोड व्यक्तिगत आवासीय घरकर्जा र ३० अर्ब ६८ करोड रियल इस्टेट कर्जा प्रवाह गरेको देखिन्छ । यस्तै, नबिलको २३ अर्ब ७८ करोड व्यक्तिगत आवासीय र २२ अर्ब ३९ करोड रियल इस्टेट कर्जा छ । ग्लोबल आईएमईबाट २९ अर्ब ३२ करोड व्यक्तिगत आवासीय र १४ अर्ब ५६ करोड रियल इस्टेट शिर्षकमा कर्जा प्रवाह भएको छ । 

घरजग्गा क्षेत्रमा सबैभन्दा धेरै लगानी गर्ने यिनै तीन बैंकहरु हुन् । 

राष्ट्र बैंकका अनुसार राष्ट्रिय वाणिज्य बैंकको ३२ अर्ब, नेपाल इन्भेष्टमेन्ट मेगाको ३१ अर्ब ९९ करोड, एभरेष्टको २९ अर्ब ५२ करोड, लक्ष्मीको ३० अर्ब ३३ करोड, प्रभुको २७ अर्ब ७५ करोड घरकर्जा रहेको छ ।

एसबिआई बैंकको साढे ६ अर्ब मात्रै

घरजग्गामा सबैभन्दा कम कर्जा नेपाल एसबिआई बैंकको छ । एसबिआई बैंकले ६ अर्ब ५६ करोड रुपैयाँ घरजग्गा कर्जा प्रवाह गरेको छ । माछापुच्छ«े अहिलेसम्म बैंकले आठ अर्ब १६ करोड कर्जा प्रवाह गरेको देखिन्छ । यस्तै,

 सानिमाको १३ अर्ब ४५ करोड, एनएमबिको १९ अर्ब ५८ करोड, सिटिजन्सको १३ अर्ब ७० करोड, कृषि विकास बैंकको १० अर्ब ६३ करोड, सनराइजको १५ अर्ब तीन करोड, कुमारीको १२ अर्ब ८० करोड, हिमालयनको १९ अर्ब ८२ करोड, स्टान्डर्ड चार्टर्डको १६ अर्ब ५८ करोड र नेपाल बैंकको २२ अर्ब ४५ करोड रुपैयाँ घरजग्गा क्षेत्रमा कर्जा प्रवाह भएको छ ।

मुक्तिनाथ विकास बैंक १० वटा वाणिज्य बैंकभन्दा अगाडि 

‘ख’ वर्गका विकास बैंकतर्फ मुक्तिनाथ, गरिमा, लुम्बिनी र सांग्रिला सबैभन्दा धेरै घरजग्गा कर्जा प्रवाह गर्नेमा परेका छन् । घरजग्गा क्षेत्रमा मुक्तिनाथको २१ अर्ब ५१ करोड, गरिमाको १६ अर्ब १६ करोड, लुम्बिनीको १० अर्ब ९ करोड, सांग्रिलाको नौ अर्ब ९२ करोड रुपैयाँ कर्जा लगानी रहेको छ ।

घरजग्गा कर्जामा मुक्तिनाथ विकास बैंकले १० वटा वाणिज्य बैंकलाई पछाडि पारेको छ । यस्तै, गरिमा विकास बैंकले ६ वटा वाणिज्य बैंक, लुम्बिनी र सांग्रिला विकास बैंकले दुईवटा वाणिज्य बैंकलाई उछिनेका छन् । 

घरजग्गमा अर्बभन्दा बढी कर्जा प्रवाह गर्ने विकास बैंकहरुमा महालक्ष्मी, नारायणी, एक्सेल, कामना, ज्योती, साइलन रेसुंगा रहेका छन् । 

८ फाइनान्सको अर्बभन्दा धेरै घरकर्जा

सञ्चालनमा रहेका १७ फाइनान्स कम्पनीमध्ये आठवटा फाइनान्स कम्पनीले घरजग्गा क्षेत्रमा अर्बभन्दा बढी लगानी गरेका छन् । मञ्जु श्रीको चार अर्ब ६८ करोड, आइसीएफसीको दुअर्ब ९२ करोड, एनएसएमएलको एक अर्ब ७८ करोड, गुर्खाको एक अर्ब ८५ करोड, गुडविलको एक अर्ब ७६ करोड, श्रीको एक अर्ब ६३ करोड र रिलायन्सको एक अर्ब सात करोड घरकर्जा रहेको छ ।

नेपाल फाइनान्स, बेष्ट, प्रोग्रेसिभ, जानकी, पोखरा, सेन्ट्रल, मुक्ती, समृद्धि, सि मर्चेन्टको घरजग्गामा अर्बभन्दा कम लगानी रहेको छ ।

ठूला व्यवसायी रियल इस्टेट व्यवसायमा

साढे दुई अर्बको सिमेन्ट निर्यात

हनुमान ढोकास्थित नौ तले दरबार सर्वसाधारणका लागि खुला

भैरहवामा अधिकतम २७ करोड मूल्यांकनको जग्गालाई बैंकले दियो दुई अर्ब २० करोड ऋण !

एसवाई प्यानलको ईपीएस सिट्स बजारमा, घरको इन्सुलेशनका लागि प्रयोग गर्न सकिने

जग्गा वर्गीकरण गर्न स्थानीय तह असफल, १९९ पालिकामा मात्र सम्पन्न, समन्वय गरेर काम गर्न महालेखाको सुझाव

नौ महिनामा घरजग्गा क्षेत्रमा ३२ अर्ब कर्जा प्रवाह

आइएमई ग्रुपको लगानीमा मौलाकालीमा खुल्यो 'इला होटल'

F853A36D612DD46-EPS Sheets .jpg

एसवाई प्यानलको ईपीएस सिट्स बजारमा, घरको इन्सुलेशनका लागि प्रयोग गर्न सकिने

D1A87D30557B21E-planing.jpg

जग्गा वर्गीकरण गर्न स्थानीय तह असफल, १९९ पालिकामा मात्र सम्पन्न, समन्वय गरेर काम गर्न महालेखाको सुझाव

0BE5EFE210B8793-845F41975B5239A-457805888_1058533425842663_1549223094168763092_n.jpg

भूमिसम्बन्धी विधेयक चालु अधिवेशनबाट पारित गरिने