चितवनको दियालो दरबार वैशाखदेखि सबैका लागि खुल्ला गरिने

ट्रष्टको स्वामित्वमा रहेको दियालो बंगला तत्कालीन राजा महेन्द्रले निर्माण गरेका हुन् । राजा महेन्द्रको यही दरबारमा निधन भएको थियो । राजा महेन्द्रले करिब दुई वर्ष बंगलाको प्रयोग गरेको बताइन्छ ।

367B408218B985F-icon.png
282views
CE02C27B3D5CC34-IMG_5286-min.JPG

चितवन । चितवनको दियालो बंगला दबार सर्वसाधारणका लागि पनि खुल्ला गरिने भएको छ । भरतपुर महानगरपालिका र नेपाल ट्रष्टबीच १५ वैशाखदेखि बंगला सबैका लागि खुल्ला गर्ने द्धिपक्षिय सम्भौता भएको हो । 

भरतपुर महानगरकी मेयर रेनु दाहालले १५ वैशखमा औपचारिक कार्यक्रम गरेरै बंगला खुल्ला गर्ने बताइन् । उनले महागनर र ट्रष्टको संयुक्त लगानीमा आवश्यक कामहरु अगाडि बढाइने उल्लेख गरिन् । 

बंगलालाई संग्राहलयको रुपमा विकास गर्ने लक्ष्यका साथ महानगर अघि बढेको मेयर दाहालको भनाई छ ।

भरतपुर भ्रमण वर्ष २०२४ को सन्दर्भमा दरबार खुल्ला गर्न लागिएकोले पनि दरबार राष्ट्रिय तथा अन्तराष्ट्रिय पर्यटकको अध्ययन तथा अनुसन्धानको थलो बन्‍ने दाहालले विश्‍वास छ । 

अन्य पालिकाहरुमा पनि ट्रष्टका ऐतिहासिक धरोहर, सम्पदाहरु भए पनि भरतपुर महानगर ट्रष्टसँग सम्झौता गर्ने पहिलो पालिका बन्‍न सफल भएको छ ।

महानगरले दियालो बंगला सञ्‍चालन गर्न ट्रष्टको कार्यालयसँग आग्रह गरेपछि ट्रष्टले ऐतिहासिक एवम् सांकृतिक महत्वको सम्पदा अवलोकन तथा सञ्‍चालन कार्यविधि २०८० निर्माण गरेको थियो ।

शुक्रबार भएको सम्झौतामा ६ वटा बुँदा समावेश छन् । सम्झौतामा कार्यविधिको अधिनमा रही बंगलाको सञ्‍चालन र व्यवस्थापन गर्नुपर्ने उल्लेख छ ।

ट्रष्टको स्वामित्वमा रहेको दियालो बंगला तत्कालीन राजा महेन्द्रले निर्माण गरेका हुन् । राजा महेन्द्रको यही दरबारमा निधन भएको थियो । राजा महेन्द्रले करिब दुई वर्ष बंगलाको प्रयोग गरेको बताइन्छ । 

विशेष गरी हिउँदमा चिसो छल्न राजा र राजपरिवारका सदस्य दियालो बंगला बसाइँ सर्थे। त्यसैले यो बंगलालाई शीतकालीन दरबार पनि भन्‍ने गरिन्छ ।

राजपरिवारका सदस्यले बसोबास गर्ने र राजा महेन्द्रको निधन यहीं बंगलामा भएकाले पनि चासोको विषय बन्दै आएको छ ।

दियालो बंगला क्षेत्र ५२ बिघा क्षेत्रफलमा फैलिएको छ । बंगला क्षेत्रसँगै जोडिएको राजमार्ग पारी पनि थप पाँच बिघा जमिन छ । नेपाल ट्रष्टले व्यवस्थापन गर्दै आएको बंगलाको सुरक्षा नेपाली सेनाले गर्छ ।