आँबुखैरेनीको मर्स्याङ्दी जलासयमा मोटरबोट सुरु, कति लाग्छ शुल्क ?

मोटर बोटमा सयर गर्न ६ देखि ८ मिनेटसम्म प्रतिव्यक्ति २५० रुपैयाँ, १० देखि १२ मिनेटको लागि ५ सय रुपैयाँ र १५ देखि २० एक हजार रुपैयाँ शुल्क लाग्छ ।

367B408218B985F-icon.png
1100views
2CBACA59C23067D-14.jpg

काठमाडौं । तनहुँको आँबुखैरेनी गाउँपालिकाले पृथ्वी राजमार्गमा अवस्थित मर्स्याङ्दी जलविद्युत केन्द्रको जलासयमा मोटरबोट सुरु गरेको छ । मोटरबोट सेवा प्रदायक कम्पनी बोटेबोराले गाउँपालिकासँग सम्झौता गरेर मोटरबोट व्यवसायिक सञ्‍चालन गरेको  हो । 

जलासयमा तत्काल एक करोड रुपैयाँ लगानीमा मोटरबोट सञ्‍चालन गरिएको बोटेबोरा प्रालिका अध्यक्ष बि.बि. (बिष्णु) ढकालले जानकारी दिए । कम्पनीले थप लगानी गरी जलासय किनारमा ‘बिच रेस्टुरेन्ट’, फ्लोटिङ डेक, रिभर भ्यु पोइन्ट, शौचालय तथा मोटरबोट सर्भिस सेन्टरसहितका संरचना बनाउने योजना बनाएको छ ।

नेपालकै पहिलो र ठूलो मोटरबोट उत्पादक नेपाल सिप एन्ड बोट बिल्डिङले निर्माण गरेका अग्‍नी र फिस्टेल नामका दुई मोटरबोट सञ्‍चालनमा ल्याइएको हो ।

आइतबार मोटरबोटको उद्घाटन गर्दै गण्डकी प्रदेशका विना विभागीय मन्त्री हरि बहादुर चुमानले विभिन्‍न अप्ठ्यारो छिचोल्दै मोटरबोट सञ्‍चालन गर्नमा सफल भएकोमा खुसी व्यक्त गरे । आगामी दिनमा अन्तरपालिका पर्यटन प्रवर्द्धनमा पालिकाहरु अग्रसर हुनुपर्नेमा चुमनले जोड दिए ।

तनहुँकै अग्लो स्थान आँबुखैरेनीको छिम्केश्‍वरी र पहाडकी रानी बन्दिपुर जोड्ने बाटोको स्तरोन्‍नती गरि यस क्षेत्रको पर्यटन प्रवद्र्धन र ग्रामीण जीवन सहज बनाउने प्रदेश सरकारको योजना रहेको चुमानले बताए ।

ऐना पहरा, छिम्केश्‍वरी, होमस्टे लगायतका विभिन्‍न गन्तब्यको प्रवद्र्धन गर्दै पालिकालाई पर्यटकीय हब बनाउन लागिपरेको आबुँखैरेनीले दुई  बर्षको पहलपछि मोटरबोट सञ्‍चालन गर्न सफल भएको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले बताए ।

कति लाग्छ शुल्क ?

मोटर बोटमा घुम्‍न लाग्‍ने समय अनुसार फरक फरक शुल्क कायम गरिएको छ । मोटर बोटमा सयर गर्न ६ देखि ८ मिनेटसम्म प्रतिव्यक्ति २५० रुपैयाँ,  १० देखि १२ मिनेटको लागि ५ सय रुपैयाँ र १५ देखि २० एक हजार रुपैयाँ शुल्क लाग्‍ने कम्पनीले जनाएको छ ।

कसरी पुग्ने ?

मुग्लिनबाट पोखरातर्फ १४ किलोमिटर र डुम्रे बजारबाट काठमाडौंतर्फ १० किलोमिटर यात्रा गरेपछि बोटेबोराको मोटरबोट स्टेसन पुगिन्छ ।

स्टेसन आँबुखैरेनीबाट तीन किलोमिटर दूरीमा अवस्थित छ । उक्त रुटमा यात्रा गर्न सार्वजनिक यातायात सहजै पाइन्छ भने आफ्नै सवारीमा जाँदा पार्किङको समेत सुविधा छ ।

नेपालको जल पर्यटनमा टेवा पुर्याउँदै रोजगारी र नयाँ गन्तव्य सिर्जना गर्न अग्रसर बोटेबोरा नेपालको सबैभन्दा ठूलो मोटरबोट सन्चालन कम्पनी हो ।

यसअघि नेपालगञ्जको वाटरपार्क, चितवनको नारायणघाट र देवघाट साथै सर्लाहीको भरततालमा पर्यटकहरुलाई मोटरबोट सेवा दिँदै आएको कम्पनीले छिट्टै सुर्खेतको बुलबुल तालमा पनि मोटरबोट सञ्‍चालनमा ल्याउने योजना बनाएको छ ।

फेरिँदैछ वीरगञ्‍जको मुहार

यी हुन् लगानी सम्मेलनमा सोकेश गरिने शहरी विकासका ६ परियोजना

किन घट्यो अर्पार्टमेन्ट किनबेच ?

वर्ष ०८०ः कित्ताकाट दोब्बर वृद्धि, तर घरजग्गा किनबेच अपेक्षित बढेन

चोभारको जलविनायक कोलोनीमा १५ घर र १३ घडेरी बिक्रीमा, मूल्य कति पर्छ ?

नौ महिनामा तीन अर्बको सिमेन्ट निर्यात

काठमाडौं उपत्यकामा ४०% सम्म मूल्य घट्दा पनि किन बढेन घरजग्गा कारोबार ?

रुकुमको ‘चौरजहारी नयाँ शहर’ निर्माणका लागि जग्गा प्राप्ती सुरु, अब काम अगाडि बढ्ला ?

DAD3C9812481A61-SK-Nepal.jpg

कोरियाको चेओरवन सहर र ललितपुर महानगरबीच भगिनी सम्बन्ध कायम गर्ने तयारी

3DF22108BC87EE6-111.jpg

नापजाँच भएर पनि छुटपुट भएकाे जग्गा दर्ता गर्न खुला

18323621D99D75C-Damauli-bajar-pic--1536x974.jpg

सडक विस्तारका लागि दमौलीका घर भत्काउन सुरु