इक्विटी डेभलपर्सको स्किमः २० हजार कमाइ हुनेले पनि घडेरी जोड्न सक्ने

महिनामा २० हजार आम्दानी गरिरहेको व्यक्तिले समेत घर खर्च कटाएर जग्गा जोड्न सक्ने स्किम इक्विटीले ल्याएको छ।

367B408218B985F-icon.png
6467views
B6E4445D1A5034E-morang.jpg

इटहरी । इक्विटी डेभलपर्स प्रालिले दैनिक खर्चलाई सम्पत्तिमा रूपान्तरण गर्ने उद्देश्यसहित नयाँ योजना सार्वजनिक गरेको छ। शनिबार विराटनगरको बिग होटेलमा इक्विटीले साना बचतबाट सम्पत्ति जोड्न सकिने योजना सार्वजनिक गरेको हो।

महिनामा २० हजार आम्दानी गरिरहेको व्यक्तिले समेत घर खर्च कटाएर जग्गा जोड्न सक्ने स्किम इक्विटीले ल्याएको छ।

मोरङको सुन्दरहरैचा, कानेपोखरी र ग्रामथानमा आकर्षक प्लटहरू व्यवस्थापन गरेको इक्विटीले जग्गा बुकिङ गरेपछि पास गर्न नसक्नेको लागि विशेष व्यवस्था मिलाएको बताएको हो। बुकिङ गरेपछि तीन महिनाभित्र लिखित जानकारी गराएको अवस्थामा, प्रत्येक महिनामा चार वटा बुकिङ रकम फिर्ता गरिने योजनामा उल्लेख छ। 

कुनै पनि सेवाग्राहीको पास खर्च नलाग्‍ने र कसैले तीन वर्षमा जग्गा बिक्री गर्न चाहेमा पहिलेकै मूल्यमा जग्गा इक्विटीले जग्गा फिर्ता गरिदिने कम्पनीका प्रबन्ध निर्देशक पर्वत दाहालले बताए। उनका अनुसार जग्गा खरिद गर्दा सुरुमा ४० प्रतिशत डाउन पेमेन्ट गर्नुपर्ने र बाँकी ६० प्रतिशतको लागि कम्पनीले बैंकसँग सहकार्यको वातावरण मिलाउँछ। कम्पनीबाट जग्गा खरिद गर्नेको लागि सम्पूर्ण बैंकिङ डकुमेन्टको जिम्मा कम्पनीले लिने उनले प्रष्ट पारे।

सामान्य निम्‍न तथा निम्‍न मध्यम वर्गका नागरिकको लागि अचल सम्पत्ति जोड्ने अवसरको रुपमा इक्विटीले कार्यक्रम ल्याएको दाहालले जानकारी दिए। मूल्यको २ प्रतिशत मात्रै भुक्तानी गरेर पनि बुकिङ गर्न सकिने बताउँदै उनले घरैबाट सम्पूर्ण कारोबार गर्न सक्ने गरी व्यवस्थापन मिलाइएको बताए।

ठूला व्यवसायी रियल इस्टेट व्यवसायमा

साढे दुई अर्बको सिमेन्ट निर्यात

हनुमान ढोकास्थित नौ तले दरबार सर्वसाधारणका लागि खुला

भैरहवामा अधिकतम २७ करोड मूल्यांकनको जग्गालाई बैंकले दियो दुई अर्ब २० करोड ऋण !

एसवाई प्यानलको ईपीएस सिट्स बजारमा, घरको इन्सुलेशनका लागि प्रयोग गर्न सकिने

जग्गा वर्गीकरण गर्न स्थानीय तह असफल, १९९ पालिकामा मात्र सम्पन्न, समन्वय गरेर काम गर्न महालेखाको सुझाव

नौ महिनामा घरजग्गा क्षेत्रमा ३२ अर्ब कर्जा प्रवाह

आइएमई ग्रुपको लगानीमा मौलाकालीमा खुल्यो 'इला होटल'

D1A87D30557B21E-planing.jpg

जग्गा वर्गीकरण गर्न स्थानीय तह असफल, १९९ पालिकामा मात्र सम्पन्न, समन्वय गरेर काम गर्न महालेखाको सुझाव

35CC17359145C47-1ACA909F34EF8CA-7E5C8BC82213D99-4485248A7232C69-FB89AC35CF6D453-807C2BF20DB9472-CE4D9B49BB8B3BE-A54C5DD579A9A2F-4222943AE6649CA-news cover.jpg

नौ महिनामा घरजग्गा क्षेत्रमा ३२ अर्ब कर्जा प्रवाह

F45DC765FCADAB3-gharjagga-770x515.jpg

वर्ष ०८१ः काठमाडौं उपत्यकाभित्र ४७ हजार घरजग्गा किनबेच, सवा १९ अर्ब राजश्व संकलन