घरजग्गा क्षेत्रको कुल कर्जामध्ये एनआइसी एशियाको मात्रै १३.४४% हिस्सा ! कुन बैंकको कति लगानी ?

नेपालमा वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीले मात्र घरजग्गा क्षेत्रमा कर्जा लगानी गर्न पाउँछन्

367B408218B985F-icon.png
1061views
8B1AF5B687C5257-1.jpeg

काठमाडौं । ०८१ असार मसान्तसम्म बैंक तथा वित्तीय संस्थाहरुको घरजग्गा क्षेत्रमा कुल कर्जा लगानी ६ खर्ब ५५ अर्ब १७ करोड रुपैयाँ पुगेको छ ।

कुल घरजग्गा कर्जामध्ये १३.४४ प्रतिशत हिस्सा एनआइसी एशिया बैंकको मात्र रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । असार मसान्तसम्म एनआइसी एशियाको घरजग्गा क्षेत्रमा कर्जा लगानी ८८ अर्ब सात करोड रुपैयाँ रहेको छ । 

यस्तो रकम ०८० पुस मसान्तसम्म अझ धेरै थियो । पुस मसान्तमा एनआइसी एशियाको घरजग्गामा कुल कर्जा रकम ९२ अर्ब २३ करोड रुपैयाँ रहेको थियो । पछिल्लो समय बैंकले पुरानो कर्जा असुलीमा जोडतोडले लागेपछि घरजग्गा कर्जाको आकार घट्दै गएको हो ।

दोस्रो र तेस्रो नम्बरमा रहेका नबिल बैंक र ग्लोबल आइएमई बैंकको घरजगगा क्षेत्रमा क्रमशः ४९ अर्ब ४२ करोड र ४८ अर्ब ८५ करोड रुपैयाँ कर्जा लगानी रहेको छ ।

२० वाणिज्य बैंकको साढे पाँच खर्ब लगानी 

नेपालमा वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीले मात्र घरजग्गा क्षेत्रमा कर्जा लगानी गर्न पाउँछन् । घरजग्गा क्षेत्रमा प्रवाहित कुल कर्जामध्ये २० वटा वाणिज्य बैंकहरुको पाँच खर्ब ४० अर्ब ७४ करोड रुपैयाँ लगानी रहेको छ, जसमध्ये ३ खर्ब १६ अर्ब ९ करोड रुपैयाँ व्यक्तिगत आवासीय र दुई खर्ब २४ अर्ब ६५ करोड रुपैयाँ रियल इस्टेट कर्जा रहेको छ ।

यस्तै, सञ्चालनमा रहेका १७ विकास बैंकहरुको कुल घरजग्गा कर्जा ९१ ऋर्ब ३७ करोड रुपैयाँ रहेको छ, जसमध्ये ५७ अर्ब ९९ करोड व्यक्तिगत आवासीय घरकर्जा र ३३ अर्ब ३७ करोड रुपैयाँ रियल इस्टेट कर्जा रहेको छ ।

सञ्चालनमा रहेका १७ वटा फाइनान्स कम्पनीहरुको घरजग्गा क्षेत्रमा कुल कर्जा लगानी २३ अर्ब ६ करोड रुपैयाँ रहेको छ, जसमा १२ अर्ब ९२ करोड व्यक्तिगत आवासीय घरकर्जा र १० अर्ब १३ करोड रियल इस्टेट कर्जा रहेको छ ।

वाणिज्य बैंकहरुमध्ये घरजग्गा क्षेत्रमा सबैभन्दा कम लगानी गर्नेमा नेपाल एसबिआइ, माछापुच्छ्रे, कृषि विकास, सानिमा, सिटिजन्स, सनराइज, स्टान्डर्ड चार्टर्ड, कुमारी, हिमालय बैंक लगायत रहेका छन् । यी बैंकहरुको घरजग्गामा कर्जा लगानी २० अर्बभन्दा कम रहेको देखिन्छ ।

विकास बैंकमा मुक्तिनाथ अगाडि

घरजग्गा क्षेत्रमा सबैभन्दा धेरै कर्जा लगानी गर्ने विकास बैंकमा मुक्तिनाथ विकास बैंक पहिलो नम्बरमा रहेको छ । यो बैंकले हालसम्म घरजग्गा क्षेत्रमा २१ अर्ब ७३ अर्ब लगानी गरेको छ, जुन रकम १० वटा वाणिज्य बैंकहरुको भन्दा धेरै हो ।

दोस्रो नम्बरमा रहेको गरिमा विकास बैंकले १७ अर्ब पाँच करोड रुपैयाँ कर्जा लगानी गरेको देखिन्छ, जुन ७ वटा वाणिज्य बैंकहरुको भन्दा धेरै हो ।

यस्तै, लुम्बिनी विकास बैंकले ११ अर्ब ५२ करोड, सांग्रिला डेभलपमेन्ट बैंकले ९ अर्ब ९० करोड, महालक्ष्मीले सात अर्ब ५१ करोड रुपैयाँ घरजग्गा कर्जा प्रवाह गरेको देखिन्छ । सबैभन्दा कम घरजग्गा कर्जा प्रवाह गर्ने विकास बैंकमा सालपा देखिन्छ, जसले एक रुपैयाँ पनि कर्जा लगानी गरेको छैन । नारायणी, कर्पोरेट, कर्णाली, सप्तकोशी, सिन्धु, मितेरी, ग्रिन लगायतका विकास बैंकको पनि घरजग्गामा कम लगानी रहेको देखिन्छ ।

फाइनान्समा मञ्जुश्री अगाडि

घरजग्गा क्षेत्रमा कर्जा लगानी गर्ने फाइनान्स कम्पनीहरुमध्ये सबैभन्दा अगाडि मञ्जुश्री फाइनान्स देखिएको छ । मञ्जुश्रीले हालसम्म घरजग्गामा पाँच अर्ब १९ करोड लगानी गरेको छ ।

यस्तै, आइसीएफसीले तीन अर्ब ६ करोड, एनएसएमएलले एक अर्ब ७८ करोड, गुहेश्वरीले एक अर्ब ७८ करोड, पोखराले एक अर्ब ६८ करोड, श्रीले एक अर्ब ६२ करोड, गोर्खाले एक अर्ब ३८ करोड लगानी गरेका छन् । घरजग्गामा सबैभन्दा कम कर्जा लगानी गर्ने फाइनान्सहरुमा मल्टीप्रपस, जानकी, समृद्धि, क्यापिटल, एनएफएल, प्रोग्रेसिभ, सेन्ट्रल रहेका छन् । यी फाइन्नान्स कम्पनीको घरजग्गा क्षेत्रमा एक अर्बभन्दा कम लगानी रहेको देखिन्छ ।

 

ठूला व्यवसायी रियल इस्टेट व्यवसायमा

साढे दुई अर्बको सिमेन्ट निर्यात

हनुमान ढोकास्थित नौ तले दरबार सर्वसाधारणका लागि खुला

भैरहवामा अधिकतम २७ करोड मूल्यांकनको जग्गालाई बैंकले दियो दुई अर्ब २० करोड ऋण !

एसवाई प्यानलको ईपीएस सिट्स बजारमा, घरको इन्सुलेशनका लागि प्रयोग गर्न सकिने

जग्गा वर्गीकरण गर्न स्थानीय तह असफल, १९९ पालिकामा मात्र सम्पन्न, समन्वय गरेर काम गर्न महालेखाको सुझाव

नौ महिनामा घरजग्गा क्षेत्रमा ३२ अर्ब कर्जा प्रवाह

आइएमई ग्रुपको लगानीमा मौलाकालीमा खुल्यो 'इला होटल'

F853A36D612DD46-EPS Sheets .jpg

एसवाई प्यानलको ईपीएस सिट्स बजारमा, घरको इन्सुलेशनका लागि प्रयोग गर्न सकिने

D1A87D30557B21E-planing.jpg

जग्गा वर्गीकरण गर्न स्थानीय तह असफल, १९९ पालिकामा मात्र सम्पन्न, समन्वय गरेर काम गर्न महालेखाको सुझाव

0BE5EFE210B8793-845F41975B5239A-457805888_1058533425842663_1549223094168763092_n.jpg

भूमिसम्बन्धी विधेयक चालु अधिवेशनबाट पारित गरिने