कुन कुन हाउजिङ र अपार्टमेन्ट डुवानमा परे ?

देशभर बाढी र पहिरोले के कति घर पुरिए, के कति घर बगे र के कति घर डुबानमा परेर भनेर अझै यकिन तथ्यांक आएको छैन् ।

367B408218B985F-icon.png
3110views
625B8AC935B31CE-4d59f9a5-a084-4be1-9eba-bf1e9f8a08da.jpeg


काठमाडौं । लगातार दुई दिन परेको अविरल वर्षाका कारण देशले ठूलो आर्थिक तथा मानवीय क्षति ब्यहोर्नुपर्यो । ठूलो संख्यामा घरहरु पहिरोले पुरिए, बाढी पसेर बगायो ।

बाढी पसेर डुवानमा पर्ने घरहरुको कुनै लेखाजोखा छैन । काठमाडौं उपत्यकामै खोलाको किनारमा रहेका अधिकांश घरहरु बाढीले डुबानमा परेका छन् । शहरमै ठूला सपिङ मल, हस्पिटल, होटेलदेखि स्कुल, कलेज र सरकारी भवनसम्म डुबानमा परेको देखियो । 

देशभर बाढी र पहिरोले के कति घर पुरिए, के कति घर बगे र के कति घर डुबानमा परेर भनेर अझै यकिन तथ्यांक आएको छैन् । तीनै तहका सरकार यतिबेला मानवीय सेवा (उद्दार तथा राहत)मा खटिइरहेका छन् ।

काठमाडौं उपत्यकामा सुविधा सम्पन्‍न र सुरक्षित भनिने हाउजिङ र अपार्टमेन्ट पनि बाढीबाट अछुतो रहेनन् । एक दर्जनभन्दा बढी हाउजिङ र अपार्टमेन्ट बाढी पसेर डुबानमा परेको अनुमान छ ।

देशकै पुरानोमध्येको एक अपार्टमेन्ट स्तुपा कोलोनीको भुइँ तलामा बाढी पसेको छ । बागमती र धोवी खोलाको दोभान बुद्धनगरमा रहेको स्तुपा कोलोनीमा बाढी पसेपछि भुइँतलाका बासिन्दा प्रभावित भए । सम्भवतः पहिलो पटक स्तुपा कोलोनीभित्र बाढी छिरेको हो । 

बाढीले हात्तीवन क्षेत्र धेरै प्रभावित भयो । हात्तीवनको वस्तीदेखि लिटिल एञ्जल स्कुल, जेम्स स्कुल पुरै डुबानमा परेका थिए । त्यहाँको मेरो सिटी अपार्टमेन्ट पुरै डुबानमा परेको छ ।

यस्तै, बालकुमारीको हिल भ्यू हाउजिङ पनि डुबानमा परेको छ । इमाडोलको डाउनटाउन रेसिडेन्सी पनि डुबानमा पर्यो । 

बालकुमारीको भेगास सिटीको बिचबाटै बाढी बगेको भिडियो सामाजिक सञ्‍जालभरी भाइरल छ । यस्तै, नख्खुमा रहेको सनराइज अपार्टमेन्टमा बल्खु खोला छिरेपछि पहिलो तला डुबानमा परेको छ ।

ठूला व्यवसायी रियल इस्टेट व्यवसायमा

साढे दुई अर्बको सिमेन्ट निर्यात

हनुमान ढोकास्थित नौ तले दरबार सर्वसाधारणका लागि खुला

भैरहवामा अधिकतम २७ करोड मूल्यांकनको जग्गालाई बैंकले दियो दुई अर्ब २० करोड ऋण !

एसवाई प्यानलको ईपीएस सिट्स बजारमा, घरको इन्सुलेशनका लागि प्रयोग गर्न सकिने

जग्गा वर्गीकरण गर्न स्थानीय तह असफल, १९९ पालिकामा मात्र सम्पन्न, समन्वय गरेर काम गर्न महालेखाको सुझाव

नौ महिनामा घरजग्गा क्षेत्रमा ३२ अर्ब कर्जा प्रवाह

आइएमई ग्रुपको लगानीमा मौलाकालीमा खुल्यो 'इला होटल'

F853A36D612DD46-EPS Sheets .jpg

एसवाई प्यानलको ईपीएस सिट्स बजारमा, घरको इन्सुलेशनका लागि प्रयोग गर्न सकिने

136A5B82547A933-74AAED69AE5164D-4d714748c6afc4a5d9f0d0c1437e8037e4177215.jpg

काठमाडौंमा किन बनेनन् नयाँ घर ?

C6D4A91FA5B5C50-gharjagga-770x515.jpg

०८१ लाई फर्केर हेर्दाः घरजग्गा किनबेच, राजश्व असुलीदेखि कित्ताकाटसम्म वृद्धि