नेपाल बैंकमा पाइन्छ ७.७० प्रतिशत ब्याजदरमै घरकर्जा

यस कर्जाको भुक्तानी अवधि ५ वर्षदेखि २५ वर्षसम्म रहेको छ । र, सेवा शुल्क ३३.३३ प्रतिशतसम्म छुट दिने बैंकले जनाएको छ ।

367B408218B985F-icon.png
1427views
C7123372B4C68B8-EF399BB436CD18C-nbl-1703250362.jpeg

काठमाडौं । सरकारको बहुमत स्वामित्व रहेको नेपाल बैंकले ७.७० प्रतिशत ब्याजदरमै कर्जा लगानी गर्ने भएको छ । बैंकले ब्याजदर घटाएर कर्जा योजनाहरू सार्वजनिक गरेको हो । 

बैंकले ७.७० प्रतिशत ब्याजदरमै घरकर्जा उपलब्ध गराउने भएको छ । जबकी, बिचमा घरजग्गा कर्जाको ब्याजदर १५ प्रतिशतभन्दा धेरै पुगेको थियो । सर्वसुलभ आवासकर्जा योजनाअन्तर्गत ऋणीहरूले घर खरिद, नयाँ घर निर्माण, घर मर्मत–सम्भार, जीर्णोद्वार र अपार्टमेन्ट खरिदका लागि कर्जा लिन सक्ने बैंकले जनाएको छ ।

यस कर्जाको भुक्तानी अवधि ५ वर्षदेखि २५ वर्षसम्म रहेको छ । र, सेवा शुल्क ३३.३३ प्रतिशतसम्म छुट दिने बैंकले जनाएको छ । सेवाग्राहीले पाँच लाख रुपैयाँदेखि दुई करोडसम्म आवास कर्जा पाउने बैंकको भनाई छ ।

बैंकले समृद्ध व्यवसाय कर्जा, अटो लोनलगायत विभिन्‍न कर्जाको ब्याजदरसमेत घटाएको छ । कर्जा सीमा १० करोड रुपैयाँसम्म रहेको समृद्ध व्यवसाय कर्जाको ब्याजदर ८.२८ प्रतिशत तोकेको बैंकले जनाएको छ । 

बैंकका अनुसार नयाँ गाडी खरिद गर्नका लागि अटोकर्जाको ब्याजदर ७.७८ प्रतिशत तोकिएको छ । अटो कर्जाको भुक्तानी अवधि ५ र ७ वर्ष रहेको छ ।

चालु आर्थिक वर्षमा घरजग्गा क्षेत्रको वृद्धि २.७२% रहने प्रारम्भिक अनुमान, जीडीपीमा ८.२९% योगदान

एक वर्षमा तीन लाख ८२ हजार घरजग्गा रोक्का, तीन लाख फुकुवा

विदेशीलाई अपार्टमेन्ट खरिद गर्न पाउने व्यवस्था गर्न नेपाली कांग्रेसलाई चेम्बरको सुझाव

नारायणगढ–बुटवल सडकः दाउन्नेमा रातका समयमा सवारी आवागमन वैशाख ३१ सम्म रोकिने

यस्ता छन् व्यवस्थित शहर तथा वस्ती विकासमा ‘खनाल आयोग’ले औंल्याएका १९ समस्या र चुनौतीहरु

वैशाख कृष्ण औंसी: आज आमाको मुख हेर्ने पर्व मनाइँदै

ग्लोबल वार्मिङले मुस्ताङमा सुक्न थाल्यो खानेपानीका मुहान

भूकम्पको दशक: भत्किएका संरचनाहरू अझै अधुरा

136A5B82547A933-74AAED69AE5164D-4d714748c6afc4a5d9f0d0c1437e8037e4177215.jpg

काठमाडौंमा किन बनेनन् नयाँ घर ?

C6D4A91FA5B5C50-gharjagga-770x515.jpg

०८१ लाई फर्केर हेर्दाः घरजग्गा किनबेच, राजश्व असुलीदेखि कित्ताकाटसम्म वृद्धि

A849A3FD60CAB53-Grande Tower.jpg

०८१ मा अपार्टमेन्ट किनबेच ३५ प्रतिशतले वृद्धि