बाढीपहिरोबाट मकवानपुरमा ३१७ घरमा क्षति, एक अर्बभन्दा बढीको क्षति

पाँच पालिकाका १६ झोलुंगे पुल र ५१ सडक तथा २३ हजार ७९ रोपनी जग्गामा लगाइएको बालीमा क्षति भएको छ ।

367B408218B985F-icon.png
323views
7A98A455DF387A1-kunchhal gaun makwanpur11684985781.jpg

हेटौँडा । हालैको बाढीपहिरोबाट मकवानपुरमा एक अर्ब ६९ लाख रुपैयाँभन्दा बढीको भौतिक क्षति भएको छ ।

जिल्ला प्रशासन कार्यालयका अनुसार, जिल्लामा एक अर्ब ६९ लाख ३५ हजार ७३५ रुपैयाँबराबरको धनमालको क्षति भएको छ । जिल्लाका १० पालिकामध्ये सबैभन्दा बढी इन्द्रसरोवर गाउँपालिकामा मानवीय र भौतिक क्षति भएको सहायक प्रमुख जिल्ला अधिकारी घोलकराज ढकालले बताए ।

जिल्लाका १० पालिकाका ३१७ घरमा क्षति पुगेको छ, जसमध्ये १३४ घर पूर्ण रूपमा भत्किएका छन भने १८३ घरमा आंशिक क्षति भएको छ । पाँच पालिकाका १६ झोलुंगे पुल र ५१ सडक तथा २३ हजार ७९ रोपनी जग्गामा लगाइएको बालीमा क्षति भएको छ । खानेपानी, विद्युत्लगायत ५८ पूर्वाधारमा क्षति भएको उनले बताए ।

बाढीपहिरोमा परी जिल्लामा इन्द्रसरोवर गाउँपालिकामा ६, मनहरी गाउँपालिकामा दुई, मकवानपुरगढी गाउँपालिकामा एक र वाग्मती गाउँपालिकामा एक गरी १० जनाको मृत्यु भएको थियो । थाहा नगरपालिकामा दुई, भीमफेदी गाउँपालिका, मकवानपुरगढी, बकैया गाउँपालिका र वाग्मतीमा एक÷एक गरी ६ जना घाइते भएका थिए । रासस 

ठूला व्यवसायी रियल इस्टेट व्यवसायमा

साढे दुई अर्बको सिमेन्ट निर्यात

हनुमान ढोकास्थित नौ तले दरबार सर्वसाधारणका लागि खुला

भैरहवामा अधिकतम २७ करोड मूल्यांकनको जग्गालाई बैंकले दियो दुई अर्ब २० करोड ऋण !

एसवाई प्यानलको ईपीएस सिट्स बजारमा, घरको इन्सुलेशनका लागि प्रयोग गर्न सकिने

जग्गा वर्गीकरण गर्न स्थानीय तह असफल, १९९ पालिकामा मात्र सम्पन्न, समन्वय गरेर काम गर्न महालेखाको सुझाव

नौ महिनामा घरजग्गा क्षेत्रमा ३२ अर्ब कर्जा प्रवाह

आइएमई ग्रुपको लगानीमा मौलाकालीमा खुल्यो 'इला होटल'

F853A36D612DD46-EPS Sheets .jpg

एसवाई प्यानलको ईपीएस सिट्स बजारमा, घरको इन्सुलेशनका लागि प्रयोग गर्न सकिने

D1A87D30557B21E-planing.jpg

जग्गा वर्गीकरण गर्न स्थानीय तह असफल, १९९ पालिकामा मात्र सम्पन्न, समन्वय गरेर काम गर्न महालेखाको सुझाव

0BE5EFE210B8793-845F41975B5239A-457805888_1058533425842663_1549223094168763092_n.jpg

भूमिसम्बन्धी विधेयक चालु अधिवेशनबाट पारित गरिने