अमेरिकामा भिषण डढेलोले २५ हजारभन्दा बढी घर तथा भवनहरु जलेर नष्ट

कैयौं हलिवुड कलाकारहरूका निवास पनि जलेर नष्ट भएका छन् । प्यारिस हिल्टन, बिली क्रिस्टलजस्ता कैयौँ चर्चित कलाकारहरूका निवास नष्ट भएको बताइएको छ ।

367B408218B985F-icon.png
490views
86CBDF88F89FC67-2025-01-09t034646z-1929406973-rc206canrc3j-rtrmadp-3-california-wildfires.jpg

काठमाडौं । तीव्र गतिमा फैलिरहेको भिषण डढेलोका संयुक्त राज्य अमेरिकाको क्यालिफोर्निया राज्यका लाखौं मान्छे र हजारौं घर तथा भवनहरु प्रभावित भएका छन् । यतिबेला क्यालिफोर्निया इतिहासकै सबैभन्दा भिषण आगलागीबाट गुज्रिरहेको छ ।

स्थानिय सञ्चार माध्यमहरुका अनुसार क्यालिफोर्नियाबाट लाखौं मान्छे घर छाडेर भाग्न बाध्य भएका छन् । डढेलोकै चपेटमा परेका लस एञ्जलसस्थित प्यासिफिक प्यालिसेड्सबाट दशौं हजार मान्छेको उद्दार गरिएको बीबीसी न्यूजमा उल्लेख छ ।

भिषण आगलागी रफ्तारमा फैलिँदै गएपछि हजारौं संख्यामा घर तथा भवनहरु जलेर नष्ट भइसकेका छन् । अझै आगलागी नियन्त्रणमा आउन सकेको छैन । 

लस एन्जलसस्थित अग्निनियन्त्रण विभागकका अनुसार आगलागी फैलिएको क्षेत्र करिव १३ सय एकरभन्दा बढी पुगेको छ । यस्तै, १० हजारभन्दा बढी घर र १३ हजार भन्दा बढी भवनहरु प्रभावित भएको प्रारम्भिक अनुमान छ ।

मंगलबार स्थानीय समयानुसार १०ः३० बजे सुरु भएको डढेलोले शक्तिशाली हुरी र सुख्खा अवस्थाका कारण भयानक रुपमा फैलिएको छ । आगो निभाउन ठूलो टोली खटिएको छ, तर तिब्र गतिमा फैलिइरहेको डढेलोका अगाडि निरिह भनेको छ ।

आगो फैलिएको क्षेत्रमा साढे दुई सयभन्दा बढी अग्नी नियन्त्रकहरु हेलिकोप्टर र दमकलसहित परिचालित छन् । भिडियोमा प्यासिफिक प्यालिसेड्स क्षेत्रका घरहरूमा आगो लागेको र मान्छेहरु आगोको लप्काबाट बच्न भागिरहेको देखिन्छ ।
गाडी छाडेर मान्छे भागेपछि सडकमा ट्राफिक जाम भएको देखिन्छ । सडकमा अलपत्र छाडिएका गाडीलाई बुलडोजर र क्रेनको सहायताले साइड लगाउने काम जारी छ । अग्नी नियन्त्रकलाई सहज आवतजावनका लागि गाडी साइड लगानुपरेको हो ।

प्यासिफिक प्यालिसेड्स एउटा दुर्गम तर उच्च जनघनत्व भएको क्षेत्र हो । लस एन्जलस क्यालिफोर्निया राज्यको सबैभन्दा उच्च जनघनत्व र अमेरिकाको न्यूयोर्क सहरपछिको दोस्रो जनघनत्व भएको शहरमा पर्छ ।

डढेलोले हलिउड चलचित्र उद्योगलाई शंकेत गर्ने चिन्ह रहेको हलिवुड हिल्समा पनि फैलिरहेको छ । यस्तै, अमेरिकी धनाढ्यहरु बस्ने कैयौं क्षेत्रहरु खाली गराइएका छन् । सबैभन्दा बढी प्रभावित प्यासिफिक प्यालिसेड्स क्षेत्र बनेको छ । 

प्यालीसेड्स, इटन, हस्र्ट, वुड्ली, भेन्टुरा काउन्टी, लस एन्जलस, इटनलगायत क्षेत्रहरुमा डढेलोको बढी प्रभाव देखिएको छ । त्यहाँबाट लाखौं मानिसले बाध्यकारी रुपमा घर छाड्नु परेको छ भने हजारौं संरचनामा क्षति पुगेको बताइएको छ ।

अग्नी नियन्त्रकहरुले घरघरमा पुगेर धेरैको ज्यान जोगाएका छन् । प्यालीसेड्स क्षेत्रमा मात्रै कम्तीमा १ हजार भवनहरू आगोले नष्ट भइसकेको बताइएको छ । कैयौं हलिवुड कलाकारहरूका निवास पनि जलेर नष्ट भएका छन् । 

प्यारिस हिल्टन, बिली क्रिस्टलजस्ता कैयौँ चर्चित कलाकारहरूका निवास नष्ट भएको बताइएको छ । 

-एजेन्सीको सहयोगमा

भैरहवामा अधिकतम २७ करोड मूल्यांकनको जग्गालाई बैंकले दियो दुई अर्ब २० करोड ऋण !

एसवाई प्यानलको ईपीएस सिट्स बजारमा, घरको इन्सुलेशनका लागि प्रयोग गर्न सकिने

जग्गा वर्गीकरण गर्न स्थानीय तह असफल, १९९ पालिकामा मात्र सम्पन्न, समन्वय गरेर काम गर्न महालेखाको सुझाव

नौ महिनामा घरजग्गा क्षेत्रमा ३२ अर्ब कर्जा प्रवाह

आइएमई ग्रुपको लगानीमा मौलाकालीमा खुल्यो 'इला होटल'

निर्माणमा नभइ नहुने सिमेन्ट सम्बन्धी ३१ जिज्ञासा र जवाफ

राष्ट्रियसभामा सांसदले भने- बारपाकमा पुनःनिर्माण गरिएका घर मौलिक र प्राचीनयुक्त छैनन्

वर्ष ०८१ः काठमाडौं उपत्यकाभित्र ४७ हजार घरजग्गा किनबेच, सवा १९ अर्ब राजश्व संकलन

F853A36D612DD46-EPS Sheets .jpg

एसवाई प्यानलको ईपीएस सिट्स बजारमा, घरको इन्सुलेशनका लागि प्रयोग गर्न सकिने

136A5B82547A933-74AAED69AE5164D-4d714748c6afc4a5d9f0d0c1437e8037e4177215.jpg

काठमाडौंमा किन बनेनन् नयाँ घर ?

C6D4A91FA5B5C50-gharjagga-770x515.jpg

०८१ लाई फर्केर हेर्दाः घरजग्गा किनबेच, राजश्व असुलीदेखि कित्ताकाटसम्म वृद्धि