कति पुग्यो सिमेन्टको मूल्य ?

सिमेन्टको भाउ बढेको विषयले मन्त्रालयदेखि संसदीय समिति, निर्माण व्यवसायी र आमउपभोक्तासम्म तात्तातो बहस चलिरहेको छ

367B408218B985F-icon.png
934views
42637D7E5B95F72-690B216FC6CEF2D-F13291C3F3E60B4-Nepali-cement-quality_202001191102431682231740.jpg

काठमाडौं । यतिबेला उद्योगीहरुले मिलेमतोमा सिमेन्टको भाउ बढाएको भन्दै चौतर्फी विरोध भइरहेको छ । निर्माण उद्योगीहरु त सिमेन्ट उद्योगीले मूल्यमा कार्टेलिङ गरेको भन्दै विरोधमा उत्रिएका छन् ।

सिमेन्टको भाउ बढेको विषयले मन्त्रालयदेखि संसदीय समिति, निर्माण व्यवसायी र आमउपभोक्तासम्म तात्तातो बहस चलिरहेको छ । बुधबार संसदको लेखा समितिको बैठकमा अधिकांश सांसद र निर्माण व्यवसायीहरुले बिनाकारण अस्वभाविक मूल्य बढाएको भन्दै आलोचना गरे ।

सरकार र उद्योगीकै मिलाेमतोमै अस्वभाविक मूल्य बढाइएको हुनसक्ने आरोपसमेत सांसदहरुले लगाएका छन् । संसदहरुले मूल्य वृद्धिमा सरकारको मौनताबारे पनि प्रश्‍न तेर्साए । 

उपभोक्तावादी संघसंगठनहरुले पनि उद्योगीहरुले मिलेमतोमा सिमेन्टको मूल्य बढाएको बताउँदै आएका छन् ।

केही महिनाअघिसम्म ओपीसी सिमेन्टको फ्याक्ट्री मूल्य औषतमा पाँच सय र पीपीसी सिमेन्टको चार सय रुपैयाँ हाराहारी थियो । उद्योगीहरुले बजारमा सिमेन्टको माग नभएको भन्दै परल (लागत) मूल्यमै सिमेन्ट बिक्री गर्न बाध्य भइरहेको बताउँदै आएका थिए ।

सिमेन्टको मूल्य बढे पनि ४०/५० रुपैयाँसम्म तलमाथि हुने गर्थ्यो । गत वर्षको मंसिर, पुस महिनातिर पनि उद्योगीहरुले कार्टेलिङ गरेर प्रतिबोरा सय रुपैयाँसम्म मूल्य बढाएको नेपाल निर्माण व्यवसायी महासंघले जनाएको थियो । त्यो बेला पनि नेपाल निर्माण व्यवसायी महासंघले उद्योगीको कार्टेलिङका बिरुद्ध बोलेको थियो ।

तर, यस वर्ष पछिल्लो दुई/तीन महिनामै उत्पादकहरुले सिमेन्टको मूल्य पटक पटक बढाएर झन्डै दोब्बर पुर्याएको गुनासो छ । 

निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंह ओपीसी सिमेन्टको मूल्य फ्याक्ट्रीमै ६८० रुपैयाँदेखि ८१५ रुपैयाँसम्म र पीपीसी सिमेन्टको ६ सयदेखि सात सयसम्म तिर्नुपरेको बताउँछन् । विगतदेखि नै बजारमा ब्रान्ड र गुणस्तरअनुसार उद्योगीले आ–आफ्नै मूल्यमा सिमेन्ट बिक्री गर्दै आएका छन् । 

‘सुन्दा अचम्म लाग्‍न सक्छ, नेपालमा उत्पादित सिमेन्ट स्वदेशी बजारमा भन्दा भारतमा सस्तो छ,’ लेखा समितिको बैठकमा अध्यक्ष सिंहले भनेका थिए, ‘भारतीय बजारमा प्रतिबोरा पाँच सय रुपैयाँ रहेको नेपाली सिमेन्टको मूल्य स्वदेशी बजारमा किन आठसय रुपैयाँभन्दा बढी छ ?’

यसले विकास निर्माणको लागत बढाउने निर्माण व्यवसायीको जिकिर छ । सिंह भन्छन्, ‘तीन महिनाअघि र अहिले घर निर्माण गर्दा सिमेन्टकै कारण लागत बढिसकेको छ, अब सर्वसाधारणले ८० लाखको घरनिर्माण गर्दा १५ लाखसम्म अतिरिक्त भार थपिने छ ।’

बजारमा सिमेन्टको मूल्य अस्वभाविक बढेपछि मंसिरमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्दी दामोदर भण्डारीकै रोहबरमा महासंघका प्रतिनिधि र उद्योगीहरुबिच छलफल भइ मूल्य घटाउने सहमति भएको थियो ।

महासंघ अध्यक्ष रबि सिंहका अनुसार काठमाडौं उपत्यकामा ओपीसी सिमेन्ट प्रतिबोरा सात सय र पीपीसी सिमेन्ट ६ सय रुपैयाँमा उपलब्ध गराउने सहमति भएको थियो । तर, त्यो सहमति पलाना नगरी उद्योगीहरुले उल्टै मूल्य बढाउँदै गइरहेको उनको गुनासो छ । 

‘ओपीसी सिमेन्ट ५४० र पीपीसी सिमेन्ट ४४० मा फ्याक्ट्रीमा उपलब्ध गराउने सहमति थियो, ढुवानीमा प्रतिबोराको करिव सय रुपैयाँ लाग्‍ने हुँदा उपत्यका आइपुग्दा मूल्य सात सय र ६ सय पर्ने हुन्यो, सिंहले भने, ‘तर, यो सहमति कार्यान्वयन भएको छैन, सिमेन्टको मूल्य फ्याक्ट्रीमै प्रतिबोरा ८ सय १५ रुपैयाँसम्म तिर्नुपरेको छ ।’

राष्ट्रियसभामा सांसदले भने- बारपाकमा पुनःनिर्माण गरिएका घर मौलिक र प्राचीनयुक्त छैनन्

वर्ष ०८१ः काठमाडौं उपत्यकाभित्र ४७ हजार घरजग्गा किनबेच, सवा १९ अर्ब राजश्व संकलन

ललितपुरको एकान्तकुनामा खुल्यो आलिशान इभेन्ट भेन्यू ‘म्याजेस्टिक ग्र्यान्ड’

भूमिसम्बन्धी विधेयक चालु अधिवेशनबाट पारित गरिने

सरकारले आवास कम्पनीमार्फत व्यवस्थित आवास तथा जग्गा विकास कार्यक्रम अगाडि बढाउने

दुई वर्षदेखि ऋणात्मक रहेको निर्माण क्षेत्रको वृद्धिदर यस वर्ष २.२१ प्रतिशत हुने प्रारम्भिक अनुमान

चालु आर्थिक वर्षमा घरजग्गा क्षेत्रको वृद्धि २.७२% रहने प्रारम्भिक अनुमान, जीडीपीमा ८.२९% योगदान

एक वर्षमा तीन लाख ८२ हजार घरजग्गा रोक्का, तीन लाख फुकुवा

136A5B82547A933-74AAED69AE5164D-4d714748c6afc4a5d9f0d0c1437e8037e4177215.jpg

काठमाडौंमा किन बनेनन् नयाँ घर ?

C6D4A91FA5B5C50-gharjagga-770x515.jpg

०८१ लाई फर्केर हेर्दाः घरजग्गा किनबेच, राजश्व असुलीदेखि कित्ताकाटसम्म वृद्धि

185BBA57E350ED5-images.jpg

नौ महिनामा सवा दुई अर्बको सिमेन्ट निर्यात