कति पुग्यो सिमेन्टको मूल्य ?

सिमेन्टको भाउ बढेको विषयले मन्त्रालयदेखि संसदीय समिति, निर्माण व्यवसायी र आमउपभोक्तासम्म तात्तातो बहस चलिरहेको छ

367B408218B985F-icon.png
1938views
42637D7E5B95F72-690B216FC6CEF2D-F13291C3F3E60B4-Nepali-cement-quality_202001191102431682231740.jpg

काठमाडौं । यतिबेला उद्योगीहरुले मिलेमतोमा सिमेन्टको भाउ बढाएको भन्दै चौतर्फी विरोध भइरहेको छ । निर्माण उद्योगीहरु त सिमेन्ट उद्योगीले मूल्यमा कार्टेलिङ गरेको भन्दै विरोधमा उत्रिएका छन् ।

सिमेन्टको भाउ बढेको विषयले मन्त्रालयदेखि संसदीय समिति, निर्माण व्यवसायी र आमउपभोक्तासम्म तात्तातो बहस चलिरहेको छ । बुधबार संसदको लेखा समितिको बैठकमा अधिकांश सांसद र निर्माण व्यवसायीहरुले बिनाकारण अस्वभाविक मूल्य बढाएको भन्दै आलोचना गरे ।

सरकार र उद्योगीकै मिलाेमतोमै अस्वभाविक मूल्य बढाइएको हुनसक्ने आरोपसमेत सांसदहरुले लगाएका छन् । संसदहरुले मूल्य वृद्धिमा सरकारको मौनताबारे पनि प्रश्‍न तेर्साए । 

उपभोक्तावादी संघसंगठनहरुले पनि उद्योगीहरुले मिलेमतोमा सिमेन्टको मूल्य बढाएको बताउँदै आएका छन् ।

केही महिनाअघिसम्म ओपीसी सिमेन्टको फ्याक्ट्री मूल्य औषतमा पाँच सय र पीपीसी सिमेन्टको चार सय रुपैयाँ हाराहारी थियो । उद्योगीहरुले बजारमा सिमेन्टको माग नभएको भन्दै परल (लागत) मूल्यमै सिमेन्ट बिक्री गर्न बाध्य भइरहेको बताउँदै आएका थिए ।

सिमेन्टको मूल्य बढे पनि ४०/५० रुपैयाँसम्म तलमाथि हुने गर्थ्यो । गत वर्षको मंसिर, पुस महिनातिर पनि उद्योगीहरुले कार्टेलिङ गरेर प्रतिबोरा सय रुपैयाँसम्म मूल्य बढाएको नेपाल निर्माण व्यवसायी महासंघले जनाएको थियो । त्यो बेला पनि नेपाल निर्माण व्यवसायी महासंघले उद्योगीको कार्टेलिङका बिरुद्ध बोलेको थियो ।

तर, यस वर्ष पछिल्लो दुई/तीन महिनामै उत्पादकहरुले सिमेन्टको मूल्य पटक पटक बढाएर झन्डै दोब्बर पुर्याएको गुनासो छ । 

निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंह ओपीसी सिमेन्टको मूल्य फ्याक्ट्रीमै ६८० रुपैयाँदेखि ८१५ रुपैयाँसम्म र पीपीसी सिमेन्टको ६ सयदेखि सात सयसम्म तिर्नुपरेको बताउँछन् । विगतदेखि नै बजारमा ब्रान्ड र गुणस्तरअनुसार उद्योगीले आ–आफ्नै मूल्यमा सिमेन्ट बिक्री गर्दै आएका छन् । 

‘सुन्दा अचम्म लाग्‍न सक्छ, नेपालमा उत्पादित सिमेन्ट स्वदेशी बजारमा भन्दा भारतमा सस्तो छ,’ लेखा समितिको बैठकमा अध्यक्ष सिंहले भनेका थिए, ‘भारतीय बजारमा प्रतिबोरा पाँच सय रुपैयाँ रहेको नेपाली सिमेन्टको मूल्य स्वदेशी बजारमा किन आठसय रुपैयाँभन्दा बढी छ ?’

यसले विकास निर्माणको लागत बढाउने निर्माण व्यवसायीको जिकिर छ । सिंह भन्छन्, ‘तीन महिनाअघि र अहिले घर निर्माण गर्दा सिमेन्टकै कारण लागत बढिसकेको छ, अब सर्वसाधारणले ८० लाखको घरनिर्माण गर्दा १५ लाखसम्म अतिरिक्त भार थपिने छ ।’

बजारमा सिमेन्टको मूल्य अस्वभाविक बढेपछि मंसिरमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्दी दामोदर भण्डारीकै रोहबरमा महासंघका प्रतिनिधि र उद्योगीहरुबिच छलफल भइ मूल्य घटाउने सहमति भएको थियो ।

महासंघ अध्यक्ष रबि सिंहका अनुसार काठमाडौं उपत्यकामा ओपीसी सिमेन्ट प्रतिबोरा सात सय र पीपीसी सिमेन्ट ६ सय रुपैयाँमा उपलब्ध गराउने सहमति भएको थियो । तर, त्यो सहमति पलाना नगरी उद्योगीहरुले उल्टै मूल्य बढाउँदै गइरहेको उनको गुनासो छ । 

‘ओपीसी सिमेन्ट ५४० र पीपीसी सिमेन्ट ४४० मा फ्याक्ट्रीमा उपलब्ध गराउने सहमति थियो, ढुवानीमा प्रतिबोराको करिव सय रुपैयाँ लाग्‍ने हुँदा उपत्यका आइपुग्दा मूल्य सात सय र ६ सय पर्ने हुन्यो, सिंहले भने, ‘तर, यो सहमति कार्यान्वयन भएको छैन, सिमेन्टको मूल्य फ्याक्ट्रीमै प्रतिबोरा ८ सय १५ रुपैयाँसम्म तिर्नुपरेको छ ।’

ठूला व्यवसायी रियल इस्टेट व्यवसायमा

साढे दुई अर्बको सिमेन्ट निर्यात

हनुमान ढोकास्थित नौ तले दरबार सर्वसाधारणका लागि खुला

भैरहवामा अधिकतम २७ करोड मूल्यांकनको जग्गालाई बैंकले दियो दुई अर्ब २० करोड ऋण !

एसवाई प्यानलको ईपीएस सिट्स बजारमा, घरको इन्सुलेशनका लागि प्रयोग गर्न सकिने

जग्गा वर्गीकरण गर्न स्थानीय तह असफल, १९९ पालिकामा मात्र सम्पन्न, समन्वय गरेर काम गर्न महालेखाको सुझाव

नौ महिनामा घरजग्गा क्षेत्रमा ३२ अर्ब कर्जा प्रवाह

आइएमई ग्रुपको लगानीमा मौलाकालीमा खुल्यो 'इला होटल'

3C6FCB837E1E856-1709426220_Nepali-cement -1200x560.jpg

साढे दुई अर्बको सिमेन्ट निर्यात

F853A36D612DD46-EPS Sheets .jpg

एसवाई प्यानलको ईपीएस सिट्स बजारमा, घरको इन्सुलेशनका लागि प्रयोग गर्न सकिने

A215C6A9E7130F4-cement.jpeg

निर्माणमा नभइ नहुने सिमेन्ट सम्बन्धी ३१ जिज्ञासा र जवाफ