घरजग्गा कारोबार चलायमान बनाउन व्यवसायीले अगाडि सारे ६ मागहरु

रियल इस्टेट परियोजनामा विदेशी लगानी भित्र्याउन पाउने र विदेशीले नेपालमा अपार्टमेन्ट खरिद गर्न पाउने कानूनी व्यवस्था गर्दा विदेशी मुद्रा सञ्चितिमा ठूलो योगदान पुग्ने व्यवसायीको जिकिर

367B408218B985F-icon.png
1113views
E05F84D1D2945C8-356869771_169896859413597_4860478870328989929_n.jpg

काठमाडौं । घरजग्गा कारोबारमा लामो समय मन्दी छाउँदा रियल इस्टेट व्यवसायीहरु सकसमा छन् । पछिल्लो समय देशभर घरजग्गा कारोबारले गति लँदै छ, तर यो गती पर्याप्त देखिदैन् ।

सरकारले हालै जारी गरेको भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ ला नेपाल जग्गा तथा आवास विकास महासंघले स्वागत गरेको छ । यो अध्यादेशले रियल इस्टेट उद्योगलाई जग्गाको हदबन्दीमा छुट दिएको छ ।

तर, यतिले मात्रै थलिएको घरजग्गा कारोबार तंग्रिन नसक्ने महासंघको ठहर छ । यसका लागि सरकारले ६ वटा विषय सम्बोधन र सहजीकरण गरिदिनुपर्ने जग्गा तथा आवास विकास महासंघले औंल्याएको छ । 

१) पहिल्यै खरिद बिक्री भइसकेका हाउजिङका घर तथा अपार्टमेन्टभित्रका संस्थापक÷कम्पनीकै नाममा रहेका सामुहिक प्रयोगका क्षेत्रको स्वामित्व हस्तान्तरण र त्यसको राजश्वको सम्बन्धमा समेत स्पष्ट कानूनी व्यवस्था गर्नुपर्छ ।

२) रियल इस्टेट परियोजनामा विदेशी लगानी भित्र्याउन पाउने र विदेशीले नेपालमा अपार्टमेन्ट खरिद गर्न पाउने कानूनी व्यवस्था गर्दा विदेशी मुद्रा सञ्चितिमा ठूलो योगदान पुग्छ । सरकारले पटक पटक आफ्नो वार्षिक बजेटमार्फत यो विषयलाई सम्बोधन गर्नुपर्ने प्रतिबद्धता जनाएको भएपनि सो सम्बन्धी कानूनी व्यवस्था नहुँदा यो विषय कार्यान्वयन हुन सकेको छैन । यस सम्बन्धी कानून निर्माणलाई प्राथमिकता दिइनुपर्छ ।

३) व्यवस्थित बसोबास तथा सहरीकरण सम्बन्धी आयोजना सञ्चालनका लागि ल्यान्ड पुलिङ तथा हाउस पुलिङ आयोजनाका साथसाथै ठूल्ठूला सहरी विकास आयोजनामा निजी क्षेत्रलाई सहभागी गराउने विषय समेटेर शहरी विकास ऐन जारी गर्नुपर्छ ।

४) जग्गा कारोबारमा विद्युतीय प्रणालीको प्रभावकारी प्रयोगमार्फत पारदर्शीता, सुशासन र समयको बचतलाई सुनिश्चित गर्नका लागि मालपोत तथा नापी कार्यालयहरुमा रहेका प्रकृयागत झन्झटलाई हटाई छिटो, छरितो, स्प्ष्ट र प्रभावकारी कार्यविधि लागू गरी मालपोत तथा नापी कार्यालयमा सुशासन प्रवद्र्धन गर्नुपर्छ ।

५) यस्तै, जग्गाको मूल्य र कर्जा धितोको अनुपातका साथै आवास खरिदका लागि आम्दानीको स्रोत खुलाउनुपर्ने हालको व्यवस्थालाई नेपाल राष्ट्र बैंकले लचकता अपनाएर पुनरावलोकन गरिदिनुपर्ने महासंघको आग्रह छ ।

६) सम्पत्ति सुद्धिकरण (मनी लाउन्डरिङ) निवारण ऐन तथा नियमावलीले घरजजग्गा व्यवसाय गर्ने उद्देश्य राखेका कम्पनीहरुलाई सूचक संस्था भनी कितान गरेको सन्दर्भमा घरजग्गा व्यवसाय गर्ने जुनसुकै रियल इस्टेट कम्पनीले महासंघको सिफारिस प्राप्त गर्नुपर्ने कानूनी व्यवस्था गरी यसलाई सरोकारवालाहरुको प्रतिनिधिमुलक संस्थाको रुपमा कानूनी मान्यता दिइनुपर्छ ।

ठूला व्यवसायी रियल इस्टेट व्यवसायमा

साढे दुई अर्बको सिमेन्ट निर्यात

हनुमान ढोकास्थित नौ तले दरबार सर्वसाधारणका लागि खुला

भैरहवामा अधिकतम २७ करोड मूल्यांकनको जग्गालाई बैंकले दियो दुई अर्ब २० करोड ऋण !

एसवाई प्यानलको ईपीएस सिट्स बजारमा, घरको इन्सुलेशनका लागि प्रयोग गर्न सकिने

जग्गा वर्गीकरण गर्न स्थानीय तह असफल, १९९ पालिकामा मात्र सम्पन्न, समन्वय गरेर काम गर्न महालेखाको सुझाव

नौ महिनामा घरजग्गा क्षेत्रमा ३२ अर्ब कर्जा प्रवाह

आइएमई ग्रुपको लगानीमा मौलाकालीमा खुल्यो 'इला होटल'

F853A36D612DD46-EPS Sheets .jpg

एसवाई प्यानलको ईपीएस सिट्स बजारमा, घरको इन्सुलेशनका लागि प्रयोग गर्न सकिने

136A5B82547A933-74AAED69AE5164D-4d714748c6afc4a5d9f0d0c1437e8037e4177215.jpg

काठमाडौंमा किन बनेनन् नयाँ घर ?

BFE35F0FC93D276-pool image.jpeg

चार तारे स्ट्यान्डर्डमा स्तरोन्नति हुँदै सिद्धार्थ रिभरसाइड रिसोर्ट