वसन्त ऋतुमा घर कसरी सजाउने ? थाहा पाउनुहोस् यी सात उपयोगी सुझाव

हामीले वसन्त ऋतुका लागि घर तयार गर्न मद्दत पुगोस भनेर यो घर सजावट गाइड तयार गरेका छौं , जसमा वसन्तको लागि घर तयार गर्न केही रचनात्मक तर अत्यन्त सरल तरिकाहरू छन्

367B408218B985F-icon.png
483views
38F1B7DF77C2103-Ways-to-Prepare-Your-Home-for-Spring-Cover-26-02.jpg

काठमाडौं । वसन्त ऋतु भनेको न्यानो मौसमको समय हो । घर बाहिर सबै चीजहरू ताजा र हरियाली देखिन्छन् । तपाईंले जमीनमा वा रुखमा कलिला मुनाहरु पलाएको देख्‍न सक्नुहुन्छ ।

यस्तो लाग्छ, यो प्रकृति लामो निद्राबाट जागेको छ । यस्तो रमाइलो मौसमी परिवर्तनलाई स्वागत गर्न घरलाई ताजा बनाउनु राम्रो आइडिया हुनेछ । 

हामीले वसन्त ऋतुका लागि घर तयार गर्न मद्दत पुगोस भनेर यो घर सजावट गाइड तयार गरेका छौं । यहाँ वसन्तको लागि घर तयार गर्न केही रचनात्मक तर अत्यन्त सरल तरिकाहरू जानकारी गराउँछौं ।

घरलाई वसन्तको लागि कसरी तयार गर्ने ? 

यहाँ तपाईंको घरलाई वसन्त सिजनको लागि तयार गर्न केही सजिला सुझावहरू छन् ।

१. घरबाट अनावश्यक चीजहरू हटाउनुहोस्


सबैभन्दा पहिला तपाइँले गर्नुपर्ने पहिलो महत्वपूर्ण काम भनेको घरबाट अनावश्यक वस्तुहरु हटाउनु हो । पूरै घरलाई एकै दिनमा व्यवस्थित गर्नुपर्छ भन्ने होइन । आफ्नो सुविधाअनुसार समय लिनुहोस् र कोठा–कोठा व्यवस्थापन गर्नुहोस् ।
हामीले घरको सानो क्षेत्रहरू अलमारी, भान्सा क्याबिनेट र बाथरूमबाट सबै जाडोको सामान हटाएर वसन्त सजावटको सुरुवात गर्न सकिन्छ । पछि, बस्‍ने कोठा, खाना कोठा र सुत्‍ने कोठाहरुबाट पनि अनावश्यक चीजहरू हटाउनुहोस्।

२. बँगैचा/फुलवारी सम्भार गर्नुहोस्


तपाईंको बँगैचा वा फुलवारी (हरियो घाँस, फुलविरुवा भएको खुला ठाउँ) लाई जाडोको लामो समयपछि उचित सम्भारको आवश्यकता पर्न सक्छ । सुख्खा र हिउँदको मौसमले तपाईंको बँगैचा/फुलवारीलाई खराब अवस्थामा पुर्याएको हुन सक्छ, तर वसन्तमा व्यापक सम्भारको काम गरेर तपाईंले यसलाई फेरि आकर्षक बनाउन सक्नुहुन्छ।

यदि कुनै हिउँमा ढिस्को छ भने फ्यान रेक प्रयोग गरेर हटाउनुहोस् । घाँस काट्ने मेसिन प्रयोग गरेर बढेको घाँसलाई एकनासले काट्न सकिन्छ । साथै, विभिन्‍न प्रकारका जैविक मल प्रयोग गरेर आफ्नो बँगैचा फुलवारीलाई फेरि हरियो बनाउन सकिन्छ । नियमित रूपमा आफ्नो बगैंचा फुलवारी क्षेत्रमा पानी हाल्न नबिर्सनुहोस् ।

३. रंगीन टेक्सटाइल र सजावट


वसन्त ऋतुको रंगहरूको आनन्द लिने सबैभन्दा उत्तम उपाय वसन्त रंगहरुलाई घरभित्रै ल्याउनु हो । तपाइँले पास्टल रंगहरू र फूलदार एक्सेन्टको ताजा डिजाइनहरूले आफ्नो सजावटलाई भर्नुहोस् । रंगिबिरंगी कुशनहरूले आफ्नो सोफा सेटलाई सजाउन सकिन्छ ।

आफ्नो बस्‍ने कोठालाई चम्किलो र उज्यालो बनाउन लाउन्ज क्षेत्रमा रंगीन टेबल पोस छनौट गर्नुहोस् । पर्दा, ड्रेप, र ब्लाइन्डजस्ता रंगीन टेक्सटाइलहरू प्रयोग गरेर घरभरि आकर्षक रंग समावेश गर्न सक्नुहुन्छ ।

४. घरको अफिसलाई ताजा बनाउनुहोस्


पछिल्लो समय घरबाटै काम गर्ने हाइब्रिड कार्यको अभ्यास बढ्दै गएको छ । अझ आइटी क्षेत्रमा प्रायः घरबाटै काम गर्नेहरु धेरै हुन्छ । यो वसन्त ऋतुका लागि आफ्नो व्यक्तिगत कार्यक्षेत्रलाई पनि ताजा बनाउन उत्तम समय हो ।
नयाँ डेस्क वा कुर्सीले आफ्नो क्षेत्रलाई उन्‍नत बनाउनुहोस् । र, आफ्नो कार्यक्षेत्र आरामदायक, मनोरञ्‍जक र कार्यात्मक बनाउन प्रयास गर्नुहोस् । 

५. सजावटमा ताजा बोटबिरुवा समावेश गर्नुहोस्


वसन्त ऋतु भनेको विभिन्‍न प्रकारका फूलहरू फुल्ने समय हो, त्यसैले तपाईंले आफ्नो आन्तरिक र बाह्य सजावटमा ताजा बोटबिरुवा प्रयोग गर्न सक्नुहुन्छ । आन्तरिक भाग, भान्सा काउन्टरटप, झ्यालको सिल र करिडोरको बाटोमा फूलदार बोटबिरुवा राख्‍न सक्नुहुन्छ ।

बाह्य भागलाई बोटबिरुवाले सजाउन सकिन्छ । तपाईंले तिनीहरूलाई बाल्कनीमा निश्‍चित ढाँचामा राख्‍न सक्नुहुन्छ वा टेरेस वा सिलिङ क्षेत्रमा झुण्डिएको भाँडामा राख्‍न सक्नुहुन्छ, जसले तपाईंको सम्पत्तिको आकर्षण बढाउँछ । 

६. वसन्त सफाइ गर्नुहोस् 


वसन्त सफाइले तपाईंले दैनिक सफाइ दिनचर्यामा ध्यान नदिने क्षेत्रहरू सरसफाइ गर्ने मूल्यवान अवसर प्रदान गर्नेछ । धूलो र कुनाहरुमा माकुराको जालो हटाएर, ब्लाइन्डहरू सफा गरेर, फुछपाछ गरेर, कुनाकाप्चासम्म सरसफाइ गरेर तपाईंले वसन्त ऋतु सुरु गर्न सक्नुहुन्छ ।

जाडो महिनाहरूमा चिसो मौसमका कारण झ्यालहरूमा कन्डेन्सेशन बन्‍न सक्छ, त्यसैले तिनीहरूलाई सफा गर्न नबिर्सनुहोस् । तिनीहरूलाई सफा गर्न एक ओसिलो माइक्रोफाइबर कपडा प्रयोग गर्न सकिन्छ । त्यसपछि सफा कपडाले पुनः पुछपाछ गर्नुहोस् ।

७. झ्याल र ढोकाहरू मर्मत गर्नुहोस्


जाडोको मौसमको आँधीबेहरी र हिउँदको मौसमले तपाईंको घरको झ्याल ढोकामा असर गर्छ । विशेष गरी झ्याल र ढोकाहरूको फ्रेम र ताल्चाहरूमा । सामान्यतया, वसन्त र यसपछिका न्यानो मौसमहरूमा झ्याल र ढोकाहरूको प्रयोग बढ्छ, किनभने तिनीहरूलाई प्रायः वायुसंचारको लागि खोलिन्छ र बन्द गरिन्छ ।

यसैले झ्याल, ढोकाहरुलाई उत्तम अवस्थामा ल्याउनु वसन्तको लागि घर तयार गर्ने सबैभन्दा महत्त्वपूर्ण कदमहरूमध्ये एक हो ।

ठूला व्यवसायी रियल इस्टेट व्यवसायमा

साढे दुई अर्बको सिमेन्ट निर्यात

हनुमान ढोकास्थित नौ तले दरबार सर्वसाधारणका लागि खुला

भैरहवामा अधिकतम २७ करोड मूल्यांकनको जग्गालाई बैंकले दियो दुई अर्ब २० करोड ऋण !

एसवाई प्यानलको ईपीएस सिट्स बजारमा, घरको इन्सुलेशनका लागि प्रयोग गर्न सकिने

जग्गा वर्गीकरण गर्न स्थानीय तह असफल, १९९ पालिकामा मात्र सम्पन्न, समन्वय गरेर काम गर्न महालेखाको सुझाव

नौ महिनामा घरजग्गा क्षेत्रमा ३२ अर्ब कर्जा प्रवाह

आइएमई ग्रुपको लगानीमा मौलाकालीमा खुल्यो 'इला होटल'

F853A36D612DD46-EPS Sheets .jpg

एसवाई प्यानलको ईपीएस सिट्स बजारमा, घरको इन्सुलेशनका लागि प्रयोग गर्न सकिने

136A5B82547A933-74AAED69AE5164D-4d714748c6afc4a5d9f0d0c1437e8037e4177215.jpg

काठमाडौंमा किन बनेनन् नयाँ घर ?

C6D4A91FA5B5C50-gharjagga-770x515.jpg

०८१ लाई फर्केर हेर्दाः घरजग्गा किनबेच, राजश्व असुलीदेखि कित्ताकाटसम्म वृद्धि