एएसी ब्रिक्स उद्योग नौ पुगे, पाँच अर्ब लगानी

एएसी ब्लकमा सिमेन्ट, बालुवा, जिप्सम, आल्मुनियम लगायत कच्चा पदार्थ प्रयोग गरिन्छ ।

367B408218B985F-icon.png
304views
AAF51D32D5D1DC1-0286EEC9E619C75-AAC-Bolck-2222.jpg

काठमाडौं । आधुनिक निर्माण सामाग्री एएसी ब्रिक्स (रातो इँटको विकल्प) को प्रयोग बढ्न थालेसँगै उद्योगहरु पनि थपिँदै गइरहेका छन् । 

एक दशकको अवधिमा एएसी उद्योगको संख्या नौ पुगेको एएसी ब्रिक उत्पादक संघले जनाएको छ । यी उद्योगमा करिव पाँच अर्ब लगानी रहेको र प्रत्यक्ष/अप्रत्यक्ष पाँच हजारले रोजगारी पाइरहेको संघका अध्यक्ष निकोलस पाण्डेले बताए ।

स्वदेशी कच्चा पदार्थ सिमेन्ट र वालुवाको प्रयोग गरेर स्वदेशमै उत्पादन गरिने एएसी ब्रिक पराम्परागत रातो इँटाको विकल्पका रुपमा प्रयोग हुँदै आइरहेको छ । खासगरि ठूला भवनहरुमा एएसी ब्लक निर्विकल्प बन्‍न थालेको छ । 

एएसी ब्लक उद्योगको कुल उत्पादन क्षमता २२ सय घनमिटर प्रतिदिन रहेको छ । एएसी ब्लक जर्मन प्रविधिमा आधारित हलुका, अग्नी, ध्वनी र ओस प्रतिरोधक, वातावरणमैत्री र विश्वसिनय निर्माण सामाग्री भएको संघको दाबी छ ।

ठूला होटेलहरु नक्सालको म्यारियट र अनामनगरको बसेरा बुटिक होटेलमा एएसी प्रयोग गरिएको छ । निर्माणाधिन सर्वोच्च अदालतको भवनमा पनि एएसी ब्लक प्रयोग भइरहेको छ । 

एएसी ब्लक छोटो अवधिमै नेपालका महत्वपूर्ण आयोजना, भवन लगायतमा प्रयोग भइसकेको छ । नेपाल गुणस्तर तथा नापतौल विभागले पनि एएसी ब्लकलाई निर्माण सामाग्रीको रुपमा अंगिकृत गरी आवश्यक सुचक नेपाल गुणस्तर समेत निर्धारण गरिसकेको छ ।

केही उद्योगहरुले गुणस्तर प्रमाणपत्र समेत पाइसकेका छन् भने बाँकी उद्योगहरुले गुणस्तर प्रमाणपत्र लिने प्रकृयामा रहेको संघले जानकारी गराएको छ । एएसी ब्लकमा सिमेन्ट, बालुवा, जिप्सम, आल्मुनियम लगायत कच्चा पदार्थ प्रयोग गरिन्छ । 

एएसी ब्लकको फ्याक्ट्री प्राइस प्रतिघनमिटर नौ हजार रुपैयाँ रहेको बताइएको छ । यो रातो इँटाभन्दा करिव ३० प्रतिशत सस्तो पर्ने संघले जनाएको छ ।

यो इँटा ठूलो आकारको हुने भएकोले छिटो वाल लगाउन सकिने र सिमेन्टको मसला कम प्रयोग हुन्छ । जसले निर्माण लागत घटाउन मद्दत गर्नेछ । यस्तै, अत्यन्त हलुका र बलियो हुने भएकोले भूकम्प प्रतिरोधी रहेको दाबी छ ।

ठूला व्यवसायी रियल इस्टेट व्यवसायमा

साढे दुई अर्बको सिमेन्ट निर्यात

हनुमान ढोकास्थित नौ तले दरबार सर्वसाधारणका लागि खुला

भैरहवामा अधिकतम २७ करोड मूल्यांकनको जग्गालाई बैंकले दियो दुई अर्ब २० करोड ऋण !

एसवाई प्यानलको ईपीएस सिट्स बजारमा, घरको इन्सुलेशनका लागि प्रयोग गर्न सकिने

जग्गा वर्गीकरण गर्न स्थानीय तह असफल, १९९ पालिकामा मात्र सम्पन्न, समन्वय गरेर काम गर्न महालेखाको सुझाव

नौ महिनामा घरजग्गा क्षेत्रमा ३२ अर्ब कर्जा प्रवाह

आइएमई ग्रुपको लगानीमा मौलाकालीमा खुल्यो 'इला होटल'

F853A36D612DD46-EPS Sheets .jpg

एसवाई प्यानलको ईपीएस सिट्स बजारमा, घरको इन्सुलेशनका लागि प्रयोग गर्न सकिने

35CC17359145C47-1ACA909F34EF8CA-7E5C8BC82213D99-4485248A7232C69-FB89AC35CF6D453-807C2BF20DB9472-CE4D9B49BB8B3BE-A54C5DD579A9A2F-4222943AE6649CA-news cover.jpg

नौ महिनामा घरजग्गा क्षेत्रमा ३२ अर्ब कर्जा प्रवाह

F45DC765FCADAB3-gharjagga-770x515.jpg

वर्ष ०८१ः काठमाडौं उपत्यकाभित्र ४७ हजार घरजग्गा किनबेच, सवा १९ अर्ब राजश्व संकलन