लक्ष्मी स्टिल र सर्वोत्तम सिमेन्टले तिर्न थाले विद्यूत महशुल बक्यौता

व्यवसायिक घराना सौरभ समूहले नवलपरासीको सुनवलमा सञ्चालित दुबै उद्योगको विद्युत महशुल बक्यौता भुक्तानी गर्न थालेको हो ।

367B408218B985F-icon.png
434views
51060F213E500B6-Laxmi Steel and Sarbottam Cement.png

काठमाडौं । लक्ष्मी स्टिल र सर्वोत्तम सिमेन्टले डेडिकेटेड तथा ट्रंकलाइनबाट विद्युत् खपत गरेबापतको बक्यौता महसुल भुक्तानी सुरु गरेका छन् । 

विष्णु न्यौपाने नेतृत्वको व्यवसायिक घराना सौरभ समूहले नवलपरासीको सुनवलमा सञ्चालित दुबै उद्योगको विद्युत महशुल बक्यौता भुक्तानी गर्न थालेको हो । 

सर्वोत्तम सिमेन्ट उद्योगले बक्यौताबापतमो दोस्रो किस्ता भुक्तानी गरिसकेको छ भने लक्ष्मी स्टिलले शुक्रबार पहिलो किस्ता बुझाएको छ । दुबै उद्योगको बक्यौता २८ किस्तामा तिर्ने समूहले प्रतिबद्धता जनाएको छ ।

लक्ष्मी स्टिलको २३  करोड ७९ लाख रुपैयाँ बक्यौता रहेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ, जसमध्ये शुक्रबार पहिलो किस्ताबापत ८४ लाख ९८ हजार रुपैयाँ बुझाएको छ । 

सर्वोत्तम सिमेन्ट उद्योगको ११ करोड ९६ लाख रुपैयाँ बक्यौता छ, जसमध्ये शुक्रबार नै दोस्रो किस्ताबापत ३७ लाख ६३ हजार रुपैयाँ बुझाएको बताइएको छ । 

ठूला व्यवसायी रियल इस्टेट व्यवसायमा

साढे दुई अर्बको सिमेन्ट निर्यात

हनुमान ढोकास्थित नौ तले दरबार सर्वसाधारणका लागि खुला

भैरहवामा अधिकतम २७ करोड मूल्यांकनको जग्गालाई बैंकले दियो दुई अर्ब २० करोड ऋण !

एसवाई प्यानलको ईपीएस सिट्स बजारमा, घरको इन्सुलेशनका लागि प्रयोग गर्न सकिने

जग्गा वर्गीकरण गर्न स्थानीय तह असफल, १९९ पालिकामा मात्र सम्पन्न, समन्वय गरेर काम गर्न महालेखाको सुझाव

नौ महिनामा घरजग्गा क्षेत्रमा ३२ अर्ब कर्जा प्रवाह

आइएमई ग्रुपको लगानीमा मौलाकालीमा खुल्यो 'इला होटल'

3C6FCB837E1E856-1709426220_Nepali-cement -1200x560.jpg

साढे दुई अर्बको सिमेन्ट निर्यात

F853A36D612DD46-EPS Sheets .jpg

एसवाई प्यानलको ईपीएस सिट्स बजारमा, घरको इन्सुलेशनका लागि प्रयोग गर्न सकिने

A215C6A9E7130F4-cement.jpeg

निर्माणमा नभइ नहुने सिमेन्ट सम्बन्धी ३१ जिज्ञासा र जवाफ