न्यूरोड, दरबारमार्गको सरकारी मूल्य प्रतिआना ६० लाख ! कुन ठाउँको कति ? (सूचिसहित)

काठमाडौंका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यको अध्यक्षतामा गत असार २६ गते बसेको बैठकले मूल्यांकन बढाउने निर्णय गरेको थियो । सो निर्णय साउन १ गतेदेखि नै लागू भएको छ । मालपोत कार्यालयले न्यूनतम ६० लाखसम्म न्यूनतम मूल्यांकन गरेका छन् । न्यूरोड, दरबारमार्ग, माइतीघर क्षेत्रमा अधिकतम मूल्यांकन छ ।

367B408218B985F-icon.png
889views
991A181C1F23095-DurbarMarga.jpg

सरकारले काठमाडौं जिल्लाभित्र पर्ने जग्गाको न्यूनतम मूल्यांकन ४० प्रतिशतसम्म वृद्धि गरेर नयाँ मूल्य निर्धारण गरेको छ । काठमाडौं उपत्यकाको जग्गा कारोबार गर्ने ६ वटै मालपोत कार्यालयहरुले जग्गाको नयाँ न्यूनतम मूल्यांकन गरेका हुन् । सरकारले जग्गा किनबेच गर्दा रजिष्ट्रेसन हुने लिखतमा थैली रकम कायम गर्नका लागि न्यूनतम मूल्य कायम गर्छ ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यको अध्यक्षतामा गत असार २६ गते बसेको बैठकले मूल्यांकन बढाउने निर्णय गरेको थियो । सो निर्णय साउन १ गतेदेखि नै लागू भएको छ । मालपोत कार्यालयले न्यूनतम ६० लाखसम्म न्यूनतम मूल्यांकन गरेका छन् । न्यूरोड, दरबारमार्ग, माइतीघर क्षेत्रमा अधिकतम मूल्यांकन छ ।

मालपोत कार्यालय साँखुले कागेश्वरी मनहरा नगरपालिकामा १० प्रतिशत, मनमैजु पालपोतले पाँच प्रतिशत मूल्यांकन बढाएका छन् । यस्तै, चावहिल र टोखा कार्यालयले पनि आफ्नो क्षेत्रको मूल्यांकन वृद्धि गरेका छन् । कलंकी मलपोत कार्यालयले ३० प्रतिशतसम्म जग्गाको मूल्य बढाएको छ ।

सोल्टीमोडबाट कलंकी हुँदै बल्खुसम्म ३३ लाख, बल्खु चोकदेखि कीर्तिपुरको गेटसम्म प्रतिआना १८ लाख, सीतापाइला चोकदेखि छाउनी वडा नं. १३ को सीमासम्म प्रतिआना २० लाख रुपैयाँ कायम गरिएको छ ।

मालपोत कार्यालय कलंकीले बल्खुदेखि बनस्थलीसम्म चक्रपथसँग जोडिएको दायाँ बायाँको जग्गाको मूल्यांकन प्रतिआना ३५ लाख पु¥याएको छ । विष्णुमतिदेखि रविभवनसम्म प्रतिआना ३३ लाख, कालिमाटीदेखि बल्खुसम्म प्रतिआना ३३, टेकु–कालीमाटी मुल सडकको उत्तरतर्फ प्रतिआना २१ निर्धारण गरिएको छ ।

सोल्टीमोडबाट कलंकी हुँदै बल्खुसम्म ३३ लाख, बल्खु चोकदेखि कीर्तिपुरको गेटसम्म प्रतिआना१८ लाख, सीतापाइला चोकदेखि छाउनी वडा नं. १३ को सीमासम्म प्रतिआना २० लाख रुपैयाँ कायम गरिएको छ । कीर्तिपुर नगरपालिका वडा नम्बर १, २, ३, ४, ५, ६, ७, ८, ९ र १० मा सामान्य बाहेक न्यूनतम मूल्य यथावत राखिएको छ ।  

नगार्जुन नगरपालिकामा प्रतिआना ५० हजारदेखि दुई लाखसम्म मूल्यांकन वृद्धि भएको छ । चन्द्रागिरी नगरपालिकामा ३ लाखसम्म र दक्षिणकाली नगरपालिकामा १ लाखसम्म मूल्यांकन वृद्धि भएको छ । मालपोत कार्यालय साँखुले सबैभन्दा बढी प्रतिआना १७ लाखसम्म जग्गाको मूल्य कामय गरेको छ । साँखु जाने मुल सडकको दायाँ बायाँ ११ लाख तोकेको छ । सहायक सडकमा जोडिएको जग्गाको ८ लाख रुपैयाँ तोकिएको छ ।

काठमाडौं जिल्लामा ६ वटा मालपोत कार्यालय छन्, चावाहिल, डिल्लीबजार, कलंकी, मनमैजु, साँखु र टोखा । सबै मालपोत कार्यालयहरुले आ–आफ्नो क्षेत्रभित्र पर्ने जग्गाको सरकारी मुल्यांकन गरेका छन् ।

कुन क्षेत्रको सरकारी मुल्यांकन कति ? थाहा पाउन तलका लिंक क्लिक गर्नुहोस् ।

 

 

ठूला व्यवसायी रियल इस्टेट व्यवसायमा

साढे दुई अर्बको सिमेन्ट निर्यात

हनुमान ढोकास्थित नौ तले दरबार सर्वसाधारणका लागि खुला

भैरहवामा अधिकतम २७ करोड मूल्यांकनको जग्गालाई बैंकले दियो दुई अर्ब २० करोड ऋण !

एसवाई प्यानलको ईपीएस सिट्स बजारमा, घरको इन्सुलेशनका लागि प्रयोग गर्न सकिने

जग्गा वर्गीकरण गर्न स्थानीय तह असफल, १९९ पालिकामा मात्र सम्पन्न, समन्वय गरेर काम गर्न महालेखाको सुझाव

नौ महिनामा घरजग्गा क्षेत्रमा ३२ अर्ब कर्जा प्रवाह

आइएमई ग्रुपको लगानीमा मौलाकालीमा खुल्यो 'इला होटल'

B2D9E4D041B0D1F-50008A5B5C50B21-jagga-final.jpg

फेरी रोकियो कित्ताकाट, जग्गा वर्गीकरण गर्न स्थानीय तह अलमलमै

30C151D0ADCDE63-EACAA4C5D5B8FBB-1B0734DB214655E-D8CAB548150DB82-FE406F736A21166-84285D2102DF516-KTM Mahanagar final.jpg

काठमाडौं महानगरले उठायो चार महिनामा ८२ करोड घरबहाल कर

DBEBFD62879F6AA-09F40FD0BC3C400-4BE99BE21E9FCDF-Malpot.gif

निषेधज्ञा खुकुलो भएपछि उपत्यकाका मालपोत कार्यालयबाट सेवा सुरु