निषेधज्ञा खुकुलो भएपछि उपत्यकाका मालपोत कार्यालयबाट सेवा सुरु

सरकारले निषेधज्ञा खुकुलो बनाएसँगै बिहिबारदेखि काठमाडौं उपत्यकाभित्र रहेका मालपोत कार्यालयहरु पनि खुलेका छन् । साउन २८ देखि मालपोत कार्यालयहरु पुनः बन्द गरिएको थियो ।

367B408218B985F-icon.png
189views
DBEBFD62879F6AA-09F40FD0BC3C400-4BE99BE21E9FCDF-Malpot.gif

काठमाडौं । सरकारले निषेधज्ञा खुकुलो बनाएसँगै बिहिबारदेखि काठमाडौं उपत्यकाभित्र रहेका मालपोत कार्यालयहरु पनि खुलेका छन् । साउन २८ देखि मालपोत कार्यालयहरु पुनः बन्द गरिएको थियो ।

भूमि व्यवस्थापन तथा अभिलेख  विभागका महानिर्देशक शेषनारायण पौडेलका अनुसार बिहीबार र शुक्रबार मालपोत कार्यालयले घरजग्गा रोक्का र फुकुवाको काम गर्नेछन भने आइतबारदेखि घरजग्गा किनबेचकै काम हुनेछ ।

काठमाडौं उपत्यकाका तीन जिल्लामा ९ वटा मालपोत कार्यालयहरु छन् जसमध्ये काठमाडौंमा ६, ललितपुरमा २ र भक्तपुरमा १ रहेका छन् ।

कोभीड–१९ को महामारी बढेसँगै मालपोत कार्यालयहरुबाट दिइने सेवा पनि अवरुद्ध हुँदै आइरहेको छ । यसअघि ११ चैतदेखि लकडाउन गरेसँगै मालपोत कार्यालय करीव अढाई महिना बन्द भएका थिए । २५ जेठपछि खुलेका उपत्यकाका मालपोत कार्यालयहरु संक्रमण फैलिँदै गएपछि पुनः २८ साउनमा बन्द गरिएको थियो । 

लकडाउन खुकुलो भएसँगै खुलेका मालपोत कार्यालयमा सेवाग्राहीको बाक्लो भिड लाग्न थालेपछि सरकारले मालपोत कार्यालय बन्द गर्ने निर्णय गरेको थियो ।

यही बिचमा सरकारले जग्गाको कित्ताकाट समेत खुकुलो बनाएको छ । गत बिहीबार भूमि व्यवस्था मन्त्री पद्या अर्यालले यसअघिका निर्देशनहरु खारेज गर्दै भूउपयोग ऐन, २०७६ र प्रचलित कानुनको अधिनमा रहेर कित्ताकाट गर्न सकिने नीतिगत निर्णय गरेकी हुन् ।

लामो समयपछि खुलेका मालपोत कार्यालयमा सेवाग्राहीको भिड लाग्न सक्ने सम्भवना रहेकोे छ । साथै, घरजग्गाको कारोबार पनि बढ्ने आंकलन गरिएको छ । आर्थिक संकट परेर घरजग्गा बिक्री गर्ने निर्णयमा पुगेकाहरु पनि मालपोत कार्यालय बन्द हुँदा पर्खिएर बसेका छन् । 

सेवाग्राहीको भिड लाग्ने सम्भवनालाई मध्यनजर गरी मालपोत कार्यालयमा उच्च सुरक्षा सतर्कता अपनाएर सेवा प्रवाह गरिने विभागको तयारी छ । विभागका अनुसार मालपोत कार्यालयहरु खुले पनि कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गरी सिमित सेवाग्राहीलाई सेवा प्रवाह गरिने छ । 

ठूला व्यवसायी रियल इस्टेट व्यवसायमा

साढे दुई अर्बको सिमेन्ट निर्यात

हनुमान ढोकास्थित नौ तले दरबार सर्वसाधारणका लागि खुला

भैरहवामा अधिकतम २७ करोड मूल्यांकनको जग्गालाई बैंकले दियो दुई अर्ब २० करोड ऋण !

एसवाई प्यानलको ईपीएस सिट्स बजारमा, घरको इन्सुलेशनका लागि प्रयोग गर्न सकिने

जग्गा वर्गीकरण गर्न स्थानीय तह असफल, १९९ पालिकामा मात्र सम्पन्न, समन्वय गरेर काम गर्न महालेखाको सुझाव

नौ महिनामा घरजग्गा क्षेत्रमा ३२ अर्ब कर्जा प्रवाह

आइएमई ग्रुपको लगानीमा मौलाकालीमा खुल्यो 'इला होटल'

B2D9E4D041B0D1F-50008A5B5C50B21-jagga-final.jpg

फेरी रोकियो कित्ताकाट, जग्गा वर्गीकरण गर्न स्थानीय तह अलमलमै

09F40FD0BC3C400-4BE99BE21E9FCDF-Malpot.gif

भदौ १५ गतेसम्म काठमाण्डौका सबै मालपोत कार्यालय बन्द

991A181C1F23095-DurbarMarga.jpg

न्यूरोड, दरबारमार्गको सरकारी मूल्य प्रतिआना ६० लाख ! कुन ठाउँको कति ? (सूचिसहित)