काठमाडौं । भूमि व्यवस्थापन तथा अभिलेख विभागले अत्यावश्यक र आकस्मिक बाहेकका सेवा बन्द गर्ने निर्णय गरेको छ । कोभीड–१९ को महामारी फैलिँदै गएपछि विभागले २८ साउनदेखि १५ भदौसम्मका लागि मालपोत कार्यालय बन्द गर्ने भएको हो ।

मालपोत कार्यालयहरुमा सेवाग्रहीको बढी भिडभाड हुन थालेपछि कोभीड संक्रमणको जोखिमबाट बच्नका लागि मालपोतका सेवाहरु बन्द गर्ने निर्णय गरेको हो ।
विभागले विज्ञप्ती जारी गर्दै भनेको छ, ‘काठमाडौं उपत्यकास्थित भूमिसुधार तथा मालपोत कार्यालयबाट हुने अत्यावश्यक र आकस्मिक बाहेकका सेवाहरु १५ गतेसम्मका लागि स्थगन गर्ने र उक्त अवधिमा कार्यालयको आन्तरिक तथा प्रशासनिक कार्यहरु भने सुचारु हुनेछन् ।’
विभागले काठमाडौं उपत्यका बाहिरका मालपोत कार्यालयहरुको हकमा सेवा प्रवाह प्रदेश र स्थानीय सरकारको समन्वयमा स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्ने गरी प्रबन्ध मिलाउने व्यवस्थाका लागि २७ गतेको मन्त्रीस्तरीय निर्णयअनुसार अनुरोध गरेको छ ।
भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयले विभागलाई मन्त्रीस्तर निर्णय बमोजिम कामकाज गराउन पत्र पठाएको थियो ।
यसअघि सरकारले ११ चैतदेखि लकडाउन गरेसँगै देशभरका मालपोत कार्यालय बन्द भएकोमा २५ जेठदेखि खोलिएको थियो ।