काठमाडौं महानगरपालिकाले आर्थिक वर्ष ०७६/७७ का लागि ल्याएको आर्थिक ऐनमा महानगरभित्र घर, जग्गा र बहालमा विभिन्न किसिमको कर निर्धारण गरेको छ । काठमाडौं महानगरपालिकाले तोकेको विभिन्न प्रकारका करहरुको बारमा जान्नका लागि आर्थिक ऐन २०७६ क्लिक गर्नुहोस् ।

काठमाडौं महानगरपालिकाले आर्थिक वर्ष ०७६/७७ का लागि ल्याएको आर्थिक ऐनमा महानगरभित्र घर, जग्गा र बहालमा विभिन्न किसिमको कर निर्धारण गरेको छ ।
काठमाडौं महानगरपालिकाले तोकेको विभिन्न प्रकारका करहरुको बारमा जान्नका लागि आर्थिक ऐन २०७६ क्लिक गर्नुहोस् ।
आर्थिक ऐनमा काठमाडौं महानगरपालिका क्षेत्रभित्रका प्रमुख सडक एवं सडकको दायाँ बायाँको जग्गाहरुको सम्पत्ती कर निर्धारणका लागि प्रतिआना जग्गााको मूल्य निर्धारण गरिएको छ ।
यस्तै, आर्थिक ऐनमार्फत संयुक्त तथा सामुहिक (हाउजिङ/अपार्टमेन्ट) आवासको सम्पत्ती कर पनि निर्धारण गरिएको छ । भवनको बनोटको आधारमा भवनको मूल्यांकन दर पनि कायम गरिएको छ । काठमाडौं महानगरपालिका क्षेत्रभित्रका घर जग्गा वा अन्य सम्पत्तिहरुको रजिष्ट्रेसन पारित गर्दा लाग्ने रजिष्ट्रेसन शुल्क प्रदेश सरकारले तोके बमोजिम असुल उपर गरिँदै आएको छ ।
काठमाडौं महानगरपालिका क्षेत्रभित्र कुनै व्यक्ति वा संस्थाले भवन, घर, पसल, ग्यारेज, गोदाम, टहरा,जग्गा वा पोखरी वा अन्य सम्पत्ति पुरै वा आंशिक तबरले बहाल लगाए बहाल रकममा आर्थिक ऐनमा उल्लेख भएअनुरुप बहाल कर उठाउने बताइएको छ ।